सुन्तला खेतिको भरमा धानिएको जीवन

यो समाचार 285 पटक पढिएको

  • शेर बहादुर ऐर

बिपीनगर, डोटी  । कैलालीको निगाली र डोटीका बर्छेन, निरौली, गडसेरा गाविसका स्थानियहरु सुन्तला बेचेर घरको जोहो गर्दै आएका छन् ।suntala 1सिजनमा यी गाविसका बासिन्दाहरुले सुन्तला बिक्रिबाट आएको पैसाले बर्षभरी घरको जोहो गर्ने गर्दछन् । कैलालीको निगाली र डोटीको बर्छेन, निरौली र गडसेरा गाविसलाई सुन्तलाको पकेट क्षेत्र मानिन्छ । यस क्षत्रका स्थानीयहरुले सिजनमा ४० हजार रुपैयाँसम्म कमाउने गरेको बताउंछन् । यी क्षेत्रमा उत्पादित सुन्तला कैलालीको अत्तरिया, धनगढी, महेन्द्रनगर लगायतको क्षेत्रमा बिक्रि बितरण गरिन्छ ।

बारीमै आएर ब्यापारीहरुले सुन्तलाको बोट हेरेर मोलमोलाई गर्छन र धनीहरुले संकलन केन्द्रसम्म सुन्तला पुर्याएपछि ब्यापारीले पैसा दिने गर्छन् । सुन्तलाको बोट हेरेर ब्यापारीहरुले ५ हजारदेखि ४० हजारसम्म र संकलन केन्द्रसम्म पुर्याएको थप प्रतिकिलो ७ रुपैयासम्म दिने गरेको स्थानीयहरुको भनाई छ । डोटी निरौली गाविस–८ गुलडबाट ३ घण्टा पैदल यात्रा गरेर सुन्तला बोकेर आएकी चन्द्रदेबी बिष्टले यो सिजनमा ४० हजार रुपैयामा सुन्तलाको पूरै बारी नै ठेक्का दिएको बताईन् । सुन्तला बिक्रिबाट आएको रकमले दैनिक गुजारा चलाउने चन्द्रदेवी बिष्टको भनाई छ । उनले सो बाट आएको पैसाले नुन, तेल, चामल किन्नुको साथै छोराछोरीको शुल्क तिर्ने गरेको बताईन् ।

डोटी निरौली–८ गुलगाडकै हिक्मत साउूदले पनि सुन्तला बिक्रिबाट घरको खर्च चलाउदै आएको बताउनुभयो । बारीमा रहेको ६५ बोट सुन्तला बेचेर बर्षभर घर खर्च चलाउने गरेको साउदको भनाई छ । बिकट ठाउंमा अन्य आम्दानीको श्रोत समेत नभएको अवस्थामा घरखर्च चलाउने एउटा मात्र श्रोत सुन्तला भएको उनको भनाई छ ।

सुन्तला नभएको भए बिजोग हुने उनको भनाई छ । गुलडकै केशब साउूदको भनाई भने छुट्टै छ । अघिल्लो बर्षको तुलनामा यो बर्ष भने सुन्तला बिक्रिबाट आम्दानी निक्कै कम भएको केशबको भनाई छ । अघिल्लो बर्ष निक्कै राम्रो आम्दानी गरेको भएपनि यस बर्ष भने बोट सुकेपछि निक्कै कम आम्दानी भएको केशबले बताउनुभयो । अहिले केही भएन, बोट सबै सुके केशबले भन्नुभयो,–‘दाना साना भए बिक्रि भएन, कसैले हेरेन ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :