दुग्धको मूल्य श्रृखलासम्बन्धी दुई दिने गोलमेच सम्मेलन

यो समाचार 331 पटक पढिएको

नगरकोट (काभे्र) , २३ भदौ / दुधमा मुलुक आत्मनिर्भर भइरहेको बेला आम उपभोक्तामा दुध र दुध जन्य पदार्थको सेवनमा आएको कमी दुुधमा शुद्धता अर्थात नेपाली दुधमा देखिएको गुणस्तर सुधार गर्न नसकेको भन्दै कृषि विकास मन्त्रालयकै सचिव उत्तमकुमार भटट्राईले असन्तुष्टि जनाउनु भएको छ ।

Pactगोठदेखि ओठसम्म नेपाली दुधको शुद्धतामा ध्यान नदिदा नेपाली दुधमा देखिएको गुणस्तर समस्या अहिलेको ठूलो चुनौती रहेको सचिव भटट्राईको भनाई छ । व्यवसायिक कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) ले काभ्रेको नगरकोटमा बुधवारबाट सुरु गरेको दुई दिने दुग्ध विकास मूल्य श्रृख्ला सम्बन्धी गोलमेच सम्मेलनलाई सम्बोधन गर्दे सचिव भटट्राईले नेपाली दुधको शुद्धतामा देखिएको समस्या अहिलेको ठूलो चुनौती रहेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले दुधको सेवनमा आएको कमी कम गर्न नेपाली दुधको शुद्धतामा ध्यान दिनुपर्नेमा जोड दिदै अन्तराष्टिय रुपमा दुध निर्यात गर्न प्रतिस्पर्धा गर्न सक्नु पर्ने भनाई थियो ।सचिव भटट्राईले दुधको उत्पादन बढनु तर बजारमा दुधको खपत नभई मिल्क होली डेको समस्या आउनु पनि नेपाली दुधको शुद्धता अर्थात गुणस्तर नहुनुको मुख्य कारकतत्व भएको भनाई थियो । उहाँले अहिले नेपाली किसानहरुले उत्पादन गरेको दुध खेर जान नदिन अर्थात मिल्क होली डे कुनै पनि हालतमा हुन नदिनेमा जोड दिदै भारतमा दुध निर्यात गर्न अनुदानका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिएको र केही दिन मै मिल्क होली डेको समस्या समाधान हुने जानकारी पनि दिनुभयो ।

सचिव भट्राईले निर्यात प्रर्वद्धनमा जोड दिदै चितवन डेरीलाइर्मा तत्काल सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको जानकारी दिदै आयोजित गोलमेच सम्मेलनबाट समग्र रुपमा दुग्ध क्षेत्रमा देखिएको समस्याको तत्कालिन, मध्यकालिन र दिर्घकालिन समाधान खोज्न दुधसँग आबद्ध सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । सम्मेलनमा व्यवसायिक कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) का प्रमख डाक्टर इन्द्रकान्त झाले दुधको उत्पादन, दुधको खपतमा आएको कमी, बजार व्यवस्थापनको समस्या र त्यसको समाधान खोज्न सम्मेलनले ठोस योजना बनाउने जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय दुग्ध क्षेत्रमा देखिएको मिल्क होली डे लगायतका समस्याहरुलाई लिएर समग्र रुपमा दुग्ध क्षेत्रको समस्या पहिचान गरि त्यसको दिगो समाधान गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले समग्र कृषि क्षेत्रको मुद्या पहिचान गर्न यसअघि कफीमा पनि यस प्रकारको सम्मेलन गरिएको र अगामी दिनहरुमा कृषिका अन्य क्षेत्रमा सम्मेलन गरिने जानकारी दिनुभयो ।

प्रमुख झाले नेपाली किसानले उत्पादन गरेको दुध र दुध जन्य उपजहरु सहज ढंगले बजारमा नपुग्नु, दुध उत्पादन भएपनि बजारमा दुधको खपत नहुनु, बजारको सही ढंगले व्यवस्थापन नहुनु र उत्पादन भएको दुधको खपतमा कमी आउनु अहिलेको मुख्य समस्या भएका कारण दुध सम्बन्धी उत्पादक, डेरी व्यवसाय, विज्ञ, सहकारी, निति निर्माता, मूल्य श्रृख्लाविज्ञहरुको सहभागितामा दुई दिन सम्म सम्मेलन चल्ने जानकारी दिनुभयो । सम्मेलनमा कृषि विकास मन्त्रालयका योजना प्रमुख योगे्रद्रकुमार कार्की, सह सचिव उदयचन्द्र ठाकुुर, पशु सेवा विभाग अन्तगर्तका निकाय, लगायतका प्रमुखहरुले आ आफना विचास व्यक्त गर्नुभएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :