पुष्पखेती तथा बगैँचा विषयको पाठ्यक्रम परिमार्जन

यो समाचार 160 पटक पढिएको

काठमाडौं, २३ भदौ / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले पुष्पखेती तथा बगैँचा व्यवस्थापनसंग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरेको छ । फ्लोरिकल्चरसँग सम्बन्धित ३ देखि ५ महिने अवधीका ३ वटा विषयका पाठ्यक्रम परिमार्जन गरिएको हो ।


एसियाली विकास बैंक (एडिबी) का सहयोगमा सन् २००७ मा तयार गरिएको पाठ्यक्रम पूरानो भएपछि त्यसमा नयाँ विषयहरु समेटेर नयाँ रुप दिईएको सिटिइभिटीका पाठ्यक्रम अधिकृत बिनोद बडालले जानकारी दिए । फ्लोरिकल्चरमा बिस्तारै युवाको आकर्षण बढिरहेकाले कोर्षलाई समयसापेक्ष परिमार्जन गरिएको बडालले बताए । गार्डेन डिजाईनर, फ्लावर डेकोरेटर, गार्डेन एण्ड नर्सरी असिष्टेन्ट कोर्षको परिमार्जन भएको हो । फ्लोरिकल्चरका सीप सिक्ने युवाको संख्या धेरै कम भएपनि यसै क्षेत्रमा सम्भावना भने निकै रहेको फ्लोरिकल्चर एसोसियशन नेपालका अध्यक्ष लोकनाथ गैरेले बताए ।

घर तथा पार्कमा बगैँचाको डिजनाईन गर्ने, विभिन्न होटल, समारोह लगायतमा फूलको सजावटमा डिजाईन गर्ने र नर्सरी तथा बगैँचाको व्यवस्थापन गर्ने काममा अहिलेपनि जनशक्तिको अभाव छ । पाठ्यक्रम परिमार्जनपछि फ्लोरिकल्चरको तालिम दिने संस्था सहित तालिम लिनेहरुको संख्या बढ्ने अपेक्षा गरिएको सिटिईभिटीले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :