कृषकहरु जैबिक खेतीप्रति आकर्षित

यो समाचार 296 पटक पढिएको

पर्वत, २३ भदौ /विगत दुई वर्ष अघि सम्म बजारबाट बोराका बोरा रासायनिक मल खरिद गरी खेतीपातीमा हाल्ने गरेका पर्वतका कृषकहरु पछिल्लो समयमा जैविक खेतीतर्फ आकर्षित बनेका छन् ।

Kauliजिल्लाको शंकरपोखरीका कृषकहरु जैबिक खेतीतर्फ आकर्षित भएका हुन् । कृषकहरुले गाईभैंसीको मलमूत्रको सुधार गरि तरकारी खेती गरेसँगै उत्पादनमा समेत बृद्धी भएको छ । २ वर्ष अघिसम्म बजारबाट किनेर तरकारी खाने किसानहरु अहिले तरकारी बेचेर आम्दानी गर्न थालेका छन् । गाउँका सबैजसोको घरमा टनेलमा तरकारी फलाउने घरमै गाई भैंसीको गहुँत संकलन गर्ने र गहुँतबाट जैबिक विषादि बनाउने तथा मलखाद सुधार गरेर उत्पादन बढाउने कार्यमा कृषकहरु लागेसँगै तरकारी निर्यात समेत गर्न सुरु गरेका छन् ।

कृषकहरुले भकारो सुधार गरेर खेर जाने मलमुत्र ट्याकिमा संकलन गरि त्यसलाई तरकारी तथा अन्यबालीमा प्रयोग गर्न सुरु गरेसँगै उत्पादनमा समेत बृद्धी हुँदै गएको स्थानीय दुर्गाप्रसाद तिवारीले बताए । भकारोबाट त्यसै खेर जाने गहुँतको प्रयोगले तरकारी खेती तीन गुनासम्म उत्पादन बढेको तिवारीले बताए । परम्परागत भकारोमा गाई भैँसीको मलमुत्र खेर जाने गरेको थियो तर अहिले खेर गइरहेको गाईवस्तुको मलमुत्र ट्यांकीमा संकलन गरि खेत बारीमा प्रयोग गरेपछि रासायनिक मलको प्रयोगमा कमी आएको उनले बताए ।

अहिले गाउँका प्रायजसो घरहरुमा मलमुत्र संकलन गर्न सबैले ट्यांकि बनाएका छन् भने मलखादमा समेत छाहरीको व्यवस्था गरि घाम पानीबाट जोगाउने कार्य हुँदै आएको छ । घर घरमा सुधारिएको भकारो बनाएर गहुँतको संकलन र मलखादको व्यवस्थाप भएपछि वर्षाको भलसँगै बगेर जाने मलमूत्रको सदुपयोग भएको स्थानीयहरुको भनाई छ । स्थानीय सोडेक नेपाल नामक गैर सरकारी संस्थाको सहयोगले शंकरपोखरी गाविसका ९ वटै वडामा भकारो सुधार कार्यक्रम सञ्चालन गरिएको हो । १८ महिने अवधिमा २ सय वटा भकारो सुधार गरिएको छ ।

भकारो सुधारपछि पहिले बाहिरबाट तरकारी किनेर खाने गरेका स्थानीय शिक्षक दुर्गाप्रसाद तिवारीको घरमा हिजोआज टनेलमा गोलभँेडा र बारीमा तरकारी फलाउने तथा बेच्ने गरेका छन् । तिवारीले मलमुत्रको प्रयोगले रसायनिक मल र बिषादीलाई बिस्थापित गरेको बताए । स्थानीय कोपिला अधिकारीले पनि पोहोर भकारो सुधारसँगै सुरु गरेको दुईवटा टनेलको तरकारीले राम्रो आम्दानी गरिरहेकी छन् । उनले तरकारी बेचेर गतवर्ष ४० हजार आम्दानी गरेकी थिइन् । भकारो सुधारबाट खेर गएको मलमुत्रको सदुपयोग गरि तरकारी खेती गर्दा माटोको उत्पाकत्व पनि बढ्ने विज्ञहरु बताउँछन् ।

सोडेक नेपालका कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सीनाका अनुसार भकारो सुधार कार्यक्रम कृषकमा लोकप्रिय बनेको छ । भकारो पनि सफा चिटिक्क हुने हुँदा गाईबस्तु पनी लायकका हुने अनि मलमुत्रको सदुपयोग गरि खेतबारीमा प्रयोग गर्दा खेतीवाली सप्रिने भएकाले संस्थाले यो कार्यक्रम सुरु गरेको तिमिल्सीनाले बताए । संस्थाले ठानामौला र भंगारा गाविसमा आयआर्जनका लागि पशुपालन कार्यक्रम, थापाठाना, शंकरपोखरी, खानीगाउँ, देविस्थान र लिमिठानामा सहकारी मार्फत आयआर्जन कार्यक्रम सञ्चालन गरेको तिमिल्सीनाले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :