छुट्टै कफी विकास वोर्ड गठन गरिने

यो समाचार 238 पटक पढिएको

काठमाडौं,  नेपालमा अर्गानिक कफी उत्पादनको इतिहासले २५ बर्ष पुरा गरेको छ । यो अबधिमा अर्गानिक कफीको विकास दिनदिनै बढ्दै गएको भन्दै सरोकारवालाले अर्गानिक कफी उत्पादनलाई महत्वपूर्ण निर्यातजन्य बस्तुमा समावेश गरी यसको विकासमा सरकारले ध्यन दिनुपर्ने बताएका छन् ।

नेपाल अर्गानिक कफी प्रोडक्टसको रजत महोत्सवका अबसरमा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले अर्गानिक कफीको उत्पादन सोँचे भन्दा बढी भइरहेको बताउदै कफीका लागि सरकारले छुट्टै नीति बनाएर कफी विकास वोर्ड गठन गर्ने बताउनुभयो । उहाँले नेपाल अर्गानिक कफी प्रोडक्टस्ले २५ बर्ष मनाउनु देशकै गौरबको कुरा भएको उल्लेख गर्नुभयो । सोही कार्यक्रममा प्याक्टका कार्यक्रम निर्देशक योगेन्द्र कार्कीले कफीको

Coffe Fruit

व्यबसायीकरणले आधुनिक कृषिमा नयाँ फड्को मारेको बताउनुभयो ।

कार्यक्रममा कफी व्यबसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरेले कफी उत्पादनलाई राज्यले महत्व दिए स्वरोजगार सृजनामा उल्लेख्य बृद्धि हुने बताउनुभयो । अर्का कफी उद्यमी कृष्ण घिमिरेले कफी व्यबसायमा सम्भावना धेरै भएपनि चाहे अनुसारको उत्पादन गर्न नसकिएको बताउनुभयो । कार्यक्रममा नेपाल अर्गानिक कफी प्रोडक्टकी अध्यक्ष शान्तिदेवी घिमिरेले अर्गानिक कफी उत्पादनको २५ बर्ष पुरा गर्न सक्नु आफैमा उपलव्धि भएको बताउँदै आगामी दिनमा यसको विस्तारमा अझ जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :