अकबरे खुर्सानीको स्वाद देशदेखि बिदेशसम्म

यो समाचार 719 पटक पढिएको

akbare 3newsagro final

‘बालकमा हरियो, तन्‍नेरीमा रातो, मानिसले खायो भने जान्छ, उसको सातो’ 

राजेश बर्मा

केही समयअघि बजारमा पुर्नजन्म चलचित्रकोपिरो पिरो अकबरे खुर्सानी…………….भन्ने बोलको गित निक्कै धुम मचाएको थियो। नेपाली जनजिव्रो भाषामा लोकप्रिय मानिएको खाँदा पनि निक्कै पिरो मानिएको अकबरे खुर्सानी शब्दलाई ढालेर उक्त गित बनाइएको हो।  यो गीत त्यतिकै बनाइएको होइन, अकबरे खुर्सानीले पछिल्लो समयमा कमाउदै गरेको ख्यातीका कारण गीतमा ढालिएको हो। औषधीय गुणले भरिपूर्ण अकबरे खुर्सानीको बारेमा अहिले बुझने जान्ने निक्कै कम संख्यामा छन्।
कहाँसम्म भनेबालकमा हरियो, तन्नेरीमा रातो, मानिसले खायो भने जान्छ, उसको सातोभन्ने वाक्याँश पनि यतिखेर गाउँघरमा निक्कै प्रख्यात बनेको छ। हेर्दा डल्ले, गोलो, चुच्चे, लामो चुच्चे, झोले, अकाशे, धेंडे, ठाडो, ज्यानमारा, वयेरे, राङ्गेलगायतका जेजस्तो नामबाट चिनिने भएपनि यसको सक्कली नाम भने अकबरे खुर्सानी नै हो।  विभिन् जन श्रृतिअनुसार एउटा सिङ्गो राङ्गालाई एउटै अकबरे खुर्सानीको पीरोले पुग्छ भनेर राङ्गे खुर्सानी नामाकरण गरिएको हो। त्यसैगरी पौराणिक कथाहरुका अनुसार राजा अकबर निक्कै कडा मिजाज दहे राजा मानिन्छ। त्यही भएर उनकै नामबाट यो खुर्सानीको नामाकरण गरिएको पनि गाउँघरमा जन श्रृति पाइन्छ।

Akbare Chilly Health Importanceअकबरे सुनलाई कसी लाउनु पर्दैन्भन्ने उखानजस्तै यो खुर्सानीलाई दोष लगाउने अवस्था छैन्। खाँदा मुखै पिरो बनाउने तर अन्य खुर्सानीको रागले जस्तो यसले पेट नपोल्ने तथा मल गुद्दारसमेत नदुख्ने बिशेषताको धनी यो खुर्सानीलाई मानिन्छ। खुर्सानीमध्ये अकबरे खुर्सानीलाई माथिल्लो बीसभित्र राखिएको छ। धेरै क्याप्सीसीन(पिरोको अत्याधिक मात्रा) को मात्रा भएकाले यो खुर्सानीलाई औषधीय गुणले भरिपूर्ण मानिएको यो खुर्सानीको भने हालसम्म बैज्ञानिक नामाकरण गरिएको छैन्।

अकबरे खुर्सानीभित्र पाइने तत्व क्याप्सीसीनका कारण यसलाई प्रशोधन गरेर तयार पारिएको औषधी मानसिक असन्तुलन, मोटोपना, पिनास, थकाई लाग्ने, हाड तथा जोर्नी दुखाई, मधुमेह, अल्सर, ग्यास्टिकलगायतका रोगीका लागि निक्कै लाभदायक मानिन्छ। यसका साथै क्याप्सीसीनका कारण क्यान्सरको तत्तु मरेको अध्ययनले पुष्टि गरेको छ। यति मात्रै होइन, यसको बिशेषता। यसको फल धेरै पिरो हुने हुँदा यसको मिठो बास्नाले खानाको रुची पनि बढाउने गर्छ। नेपाल भारतीय क्षेत्रमा मसलाको रुपमा प्रयोग हुनुका साथै पाकेको फल तोरीको तेल, नुन वा भेनेगारमा डुवाएर मुखै रसाउने गरी स्वादिलो अचार बनाउर घरमा सजाएर राख्ने चलन पनि सुरु भएको छ।

झुलो बनाएर आवश्यकतअनुसार तरकारीमा हाल्ने पनि त्यतिकै चलन छ। अझै भन्दा अहिले वैदेशिक रोजगारमा जाने युवायुवतिहरुले कोशेलीको रुपमा अकबरे खुर्सानीको अचार आफुसँगै लगि हुन्न।  मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारबाट मात्रै साताको एक पटक बैंकक अमेरिका पनि हरियो अकबरे खुर्सानी ५० देखि ६० किलोसम्म असंगठित रुपमा निर्यात पनि हुँदै आएको छ। अन्य स्थानबाट पनि सोही परिमाणमा विभिन्न मुलुक निर्यात भएपनि कुनै निकायसँंग आधिकारिक तथ्याँक छैंन्।

अकबरे खुर्सानीको लहर भने पछिल्लो दश बर्ष यतादेखि सुरु भएको कृषि बिज्ञहरुको भनाई छ।पछिल्लो दश बर्षदेखि यसले गज्जब तरिकाले बजार पाएको ,’ राष्ट्रिय मसला वाली विकास कार्यक्रमका बरिष्ट मसला बिज्ञ राजेन्द्रनाथ अधिकारीले भने,’यसको मुख्य बिशेषता औषधीय गुण नै हो।  यसको नियमित सेवनका कारण ग्यास्टिक नहुने जनविश्वासका कारण पछिल्लो समयमा गाउँदेखि सहरसम्म यसको व्यापकता छाएको छ। कतिसम्म भने घरको करेशावारी, कौशी गमलामा पनि यसको बोट मज्जाले हेर्न सकिन्छ।


akbare 5

बिस्तारै बजार छप्पकै छोप्न लागेको अकबरे खुर्सानीको बिस्तृत जानकारी, बैज्ञानिक अवस्था, निर्यात, यसका पाइने बिशेष प्रकारका मौलिक गुणहरुको बारेमा भने राज्य मौन छ। पूर्वी नेपालका केही पहाडी जिल्लाका नगदे वालीको रुपमा चिनिएको यसको बारेमा भने हालसम्म सरकारी तवरबाट कुनै अध्ययन अनुसन्धान गरिएको छैंन्।अहिलेसम्म यसको बारेमा कुनै अध्ययन भएको छैंन्,’ नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का मसला वालीसम्बन्धि बिज्ञ दिपा सिंहले भनिन्, ‘परम्पराकालदेखि यसको खेती भएको पाइएपनि कहिलेदेखि कसको पालादेखि यसको खेतीको सुरुआत भएको भन्ने बारेमा कुनै अध्ययन प्रतिवेदन छैंन्।‘  तर विश्वभरमै बिछट्टै प्रकारको पिरोपना भएको अकबरे खुर्सानीको बारेमा भने निकट समयमै नार्कले जापान जर्मनीको सहयोगमा अकबरे खुर्सानीको बारेमा बिस्तृत अध्ययन गर्ने तयारी गरेको छ।


Akbare 1

जापानका बैज्ञानिकहरुले चासो देखाएकाले आगामी बर्षदेखि यो बिषयमा अध्ययन गरिने उनले जानकारी दिइन्। हाल नार्कले एक सय ५५ प्रकारको अकवरे खुर्सानीको नमूना संकलन गरेको छ। मुलुककै सबैभन्दा ठूलो तरकारी बजारकालीमाटीबाट मात्रै साताको एकपटक बैंकक अमेरिकामा हरियो खोर्सानी ५० देखि ६० किलोसम् निर्यात हुँदै आएको छ।

अकबरे खुर्सानीकै बिषयमा विद्यापारिधी गर्न लागेकी सिंहकाअनुसार यो खुर्सानीको स्थल पूर्वी नेपालको इलाम जिल्ला मानिएपनि हालसम्म ठोस प्रमाण भेटिएको छैन्। उनकाअनुसार करिब एक दर्जनको संख्यामा यसको नामाकरण गरिएपनि इलाममा पाइने अकबरे खुर्सानीको जस्तो अन्य स्थानको अकबरे खुर्सानीको स्वाद वास्ना पाइदैंन्।  अकबरे खुर्सानी नेपालको मौलिक वाली भएको जानकारहरु बताएपनि हालसम्म यससम्बन्धि पनि कुनै तथ्य भेटिएको छैन् अकबरेमा पनि इलामकै मिठो मानिन्छ,’ उनले थप्दै भनिन्,‘इलामको हावापानीमा हुर्केको अकबरेजस्तो अन्य स्थानको अकबरेमा स्वाद पाइदैंन्।

१३ सय मिटरदेखि १९ सय मिटरसम्मको उचाँईमा अकबरे खुर्सानीको व्यवसायिक खेती गर्न सकिने सुझाव दिदैं सिंहले उच्च पहाडदेखि तराई क्षेत्रसम्म समय मिलाएर यसको खेती गर्न सकिने जानकारी दिइन्।  तुषारो नपर्ने न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा तल नजाने स्थानमा हिउँदे वालीको रुपमा अकवरेको खेती गर्न सकिन्छ। राष्ट्रिय मसला वाली विकास कार्यक्रमका बरिष्ट मसला बिज्ञ अधिकारीका अनुसार हालसम्म सरकारले अकवरे खुर्सानीलाई सम्बोधन गरेर बिशेष कार्यक्रम बजेट पनि बिनियोजन गरेको छैन्।अहिलेसम्म समग्र तरकारी मसला वालीमा यसलाई सम्बोधन गरिएको ,’ उनले भने।

बजारको अवस्था
अकबरे खुर्सानी बजारमा अहिले न्युनतम दुईसय रुपैयाँदेखि सय रुपैयाँ प्रतिकिलोसम्म पाइन्छ। अकबरे खुर्सानी बिक्रि गर्ने व्यापारीको तथ्याँकलाई आधार मान्ने हो भने न्युनतम मूल्य अनुसार उपत्यकामा दैनिक तीन लाख मूल्यबराबरको डेढ हजार किलो कालिमाटी बजारमा दैनिक एक लाख ४० हजार मूल्यबराबरको सात सय किलो अकबरे खुर्सानीको कारोबार हुन्छ। धरानस्थित कृषि बजारबाट गत् ०६० देखि ०७१ सम्म एक हजार तीन सय ४५ मेट्रिक टन अकबरे खुर्सानी बिक्रि भएको थियो। अनौपचारिक रुपमा भारत, अमेरिका, बैंककमा अकबरे खुर्सानीको पाउडर, हरियो खुर्सानी अचार बनाएर निर्यात गरिएपनि यर्थात विवरण भने पाइदैंन्।

कालिमाटीस्थित अकबरे खुर्सानीका थोक बिक्रेता सन्तोष अधिकारीकाअनुसार कालिमाटीबजारमा मुख्य गरी धादिङ्ग, कुलेखानी, दक्षिणकाली, फर्पिङ्ग, झापा, काभ्रेप्लान्चोकलगायतका स्थानबाट अकबरे खुर्सानी आयात हुन्छ। सुरुआतको समयमा इलामबाट ल्याएर बिक्रि गरिएपनि ढुवानी खर्च बढी भएर बिक्रि मूल्य अत्याधिक भएर उपभोक्ताले लिन त्यति नरुचाउँदा अहिले नजिकैको स्थानबाट आयात गर्दैआएको अधिकारीले जानकारी दिए।  सुरुमा अकबरे खुर्सानीको पाँच किलोबाट व्यापार सुरु गरेका अधिकारीले अहिले दैनिक डेढसयदेखि पाँच सय किलोसम्म बिक्रि गर्दैआएका छन्। अकबरे खुर्सानीको कूल मागमध्ये ९० प्रतिशत कालिमाटी बजारबाट बिक्रि भइरहेको बताउदै अधिकारीले सातामा एक पटक १२ हजार मूल्यबराबरको ५० देखि ६० किलोसम्म हरियो अकबरे खुर्सानी अमेरिका बैंकक निर्यात भइरहेको जानकारी दिए।

यसको गुणका कारण पछिल्लो समयमा अकबरे खुर्सानीको बजार निक्कै फराकिलो भएको ,’ अधिकारीले भने।अकबरे खुर्सानीको अचार पनि त्यति नै बढी परिमाणमा विभिन्न मुलुक निर्यात हुने क्रम बढेको छ।  आमाको अचार, डुक, नवरशलगायतका नाम चलेका साना उद्योगहरुले पनि यसको विभिन्न स्वादमा अचार बनाएर स्वदेशी तथा बिदेशी बजारमा निर्यात गर्दैआएको छ। आमाको अचार भन्ने उद्योगका अध्यक्ष संगिता पाण्डेयका अनुसार बार्षिक करिब ९० लाख मूल्यबराबरको अचारको मात्रै कारोवार हुन्छ।

पाण्डेयले आफै बार्षिक रुपमा २२ लाख मूल्यबराबरको २० हजार बोतलसम्म विभिन्न प्रकारको अकबरे खुर्सानीको अचार युके, अष्ट्रेलिया युएसए निर्यात गर्दैआएकी छिन्। पाण्डेयले डल्लो पेस्ट अचार, डल्ले मसला अचार, तामा डल्ले अचार ब्राइन डल्ले अचार बनाएर स्वदेशी तथा बिदेशी बजारमा बिक्रि गर्दैआएकी छिन्।  यस्तो अचारको मूल्य दुई सय ३० देखि दुई सय ५५ रुपैंया तोकिएको छ। स्वदेशी बजारमा भने बार्षिक तीन लाख रुपैयाँसम्मको बिक्रि गर्छिन्।स्वास्थ्यप्रति बढी सचेत भएका वर्गले पछिल्लो समयमा निक्कै रुचाएका कारण यसको बजार प्रसस्त मात्रामा फैलिएको ,’ उनले भनिन्।

-अन्नपूर्ण पोष्ट

रचनात्मक प्रतिक्रिया दिनुहोस् :