स्याउको वगैचा स्थापना तथा व्यवस्थापन योजना

This post has already been read 343 times!

स्याउको वगैचा स्थापना गरेपछि लामो समय सम्म रहने भएकोले बगैचा स्थापना गर्दा दीर्घकालीन सोचका साथ योजना तयार गर्नुपर्ने हुन्छ । यसको बगैचा लगाउनको लागि जग्गाको छनौट गर्दा मुख्य गरि हावा पानी आवश्यक चिस्यानको मात्रा माटोको किसिम सिचाई र निकासको व्यवस्था तथा बजारको सुविधा आदि पक्षमा ध्यान दिनुपर्छ ।

स्याउको खेत गर्नको लागि जात अनुसार समुन्द्र सतहबाट १२ सय देखि ३ हजार मिटर सम्मको उचाई भएको, हिउदमा ४ सय देखि १६ सय घण्टा सम्म ७ डिग्री सेल्सीयस भन्दा कम तापक्रम हुने ४० देखि ५० से।मि। औषद वर्षा हुने, फुल फूल्ने मयमा वढि तुसारो र असिना नपर्ने स्थान उपयूक्त हुने भएकोले स्याउको बगैचा स्थापना गनृको लागिबाटोको नजिक र सिचाईका लागि पानीको स्थायी श्रोत भएको अनुकुल स्थान छनौट गर्नुपर्दछ ।

 

Apple 1

 

बगैचाको रेखाङकन गर्ने तथा विरुवा रोप्ने विधी
स्याउको बगैचा लगाउन जमीन रेखाङकन गर्नको लागि जग्गको अवस्था, रुटस्टकको प्रकार, लगाईने जात र बोटको स्वरुप कस्तो बनाउने भन्ने आधारमा कति दुरीमा बिरुवा लगाउने भन्ने निर्णय गर्नु पर्ने हुन्छ । साधरण तया स्याउको बिरुवा ६ देखि ८ मिटरको दुरीमा रोपिने भएपनि होचाबोट हुने जातहरुको बगैचा स्थापना गर्दा त्यस भन्दा कम दरीमा पनि बिरुवा रोप्न सकिन्छ ।

 

बिरुवा राप्ने दुरी
स्याउको जात अनुसार बिरुवा रोप्ने दुरी पनि फरक फरक हुन्छ । तसर्थ कुन कुन जातको बगैचा स्थापना गर्ने भन्ने निश्चित गरेपछि मात्र रेखाङकन गरेर बेर्ना रोप्न खाडल तयार गर्न उपयुक्त हुन्छ । होचो रुख हुने स्याउका जातहरु २।५ देखि ४ मिटरको फरकमा मध्यम खालको रुख हुने जातहरु ५ देखि ७ मिटरको फरकमा र अग्लो रुख हुने जातहरु ८ देखि ९ मिटरको फरकमा रोप्नु उपयूक्त हुन्छ । स्याउको वगैचा स्थापना गर्ने क्रममा बिरुवाहरु धेरै बाक्लो राप्दा सुर्यको प्रकाश छेकिने हुदाँ माटोमा खाद्य तत्वको कमी हुने अवस्था बढछ र उच्च गुणस्तरको फल उत्पादन हुन सक्दैन् । बोट बढि बाक्लो राप्दा बिरुवा अग्लो र पातलो भएर हावा हुरीबाट भाचिने डर बढ्ने, रोग किराको प्कोप बढि हुने तथा बगैचा भित्र विभिन्न कृषि कर्म गर्न, विषादी प्रयोग गर्न, काटछाड गर्न र फल टिप्न समेत असुविधा हुने गर्दछ ।

खाडलको प्रयोग तथा विरुवा रोप्ने तरिका
स्याउको बगैचा स्थापना गरिने जमीनको रेखाङकन गरिसकेपछि बिरुवा रोप्नको लागि खाडल खन्न सुरु गर्नुपर्छ । यसरी खाडल खन्दा पहिले गाडेको किलोलाई ठीक बीचमा पारेर प्लाटिङ बोड राखेर त्यसको छेउँमा अरु २ वटा किला गाडनु पर्दछ र बीचको किलो हटाई १—१ मिटर मिटर लम्वाई, चौडाई र गहिराईको खाडल बन्नु पर्छ । खाडल भन्दा माथिल्लो सतहको माटो एक तर्फ र तल्लो सतहकोमा टो अर्को तर्फ राख्नु पर्ने हुन्छ । अनि खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटो २० केजी कम्पोष्ट मल, बोनमिल, रसायनिक मल, र माटो उपचार गर्ने विषादीहरु राम्रो साग सिाएर त्यसैले खाडल पुर्नु पर्दछ ।

यसरी खाडल खन्ने र पुर्ने काम बिरुवा रोपनु भन्दा उक महिना अगाडी नै गरिसक्नु पर्छ । बिरुवा रोपिसकेपछि माटछो बसेर खाल्डो पर्ने र पानी जम्ने समस्या उत्पन्न हुन नदिन खाडल पुर्दा सोली घाप्टयाएको जस्तो पारेर जमीन बाट १ देखि १।५ फिट माथि सम्म उठाउनु पर्छ । बिरुवा रोप्दा खाडलका दुई छेउमा भएका किलाहरुमा पलान्टिङ बोर्ड अडयाएर खाडलको बीचमा बिरुवा पर्ने कलमी धभाग माटो भन्दा १५ देखि २० सेमि माथि पारेर रोप्नु पदृछ । स्याउको बिरुवा विशेष गरि पुष माघ महिनामा रोपिन्छ । फागुन महिनामा बिरुवा राप्ने हशो भने पालुवा पलाउनु भन्दा अगाडी नै रोपिसक्नु पर्दछ । यसरी रोपिएको बिरुवा राम्ररी नसरे सम्म पानी हाल्नु पनि आवश्यक हुन्छ ।

 

काटछाड तथा तालीम

 हिउदा स्याउको बोट काटछाड गर्दा निम्नअनुसार फाइदा हुन्छ ।
 काटछाड गरेर विरुवालाई चाहेअनुसारको आकार दिन सकिन्छ ।
 काटछाँड गर्दा बोटमा प्रकाश र हावा बढि खेल्न पाउँछ ।
 काटछाँड गरेपछि रुखका हागाँहरु बलिया हुन्छन् र
 काटछाँड गर्दा वर्ष बिराएर फल्ने बोटहरमा पनि हरेक वर्ष फल लाग्छ ।
 काटछाँड गरेपछि फल टिप्न र बगेचा भित्र अन्य कार्य गर्न सजिलो र कम खर्चिलो हुन्छ ।
 काटछाँड गरेपछि बगैचामा रोग र किराको प्रकोप घट्छ ।

 

तालीम

स्याउको बोटको आकार प्रकार र आफूले चाहेजस्तो बनाउन र बढि उतपादन लिनको लागि सुरुका केहि वर्ष सम्म हिउदमा गरिनेबिरुवाको काटछाँडलाई नै तालीम भनिन्छ । नयाँ बिरुवाका हाँगाहरु बलिया र सन्तुलित बनाउने किसिमले आकार दिन छिटो र स्तरीय फल उत्पादन गर्नका लागि तालीम गर्नु आवश्यक छ । यसरी तालीम गर्दा बोटको भित्री भाग सम्म प्रकाश र हावा सजिलै छिर्न सक्ने, विषादी छर्दा र मल प्रयोग गर्दा सजिलो हुने फुलरफल लाग्ने, कोपिलाको सन्तुलनमिलाउने, हागाँ हरुलाई वलिया पारेर तेज हावाबाट बचाउने पक्षहरुमहा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । स्याउमा तालमि गर्दा पमिार्जित केन्द्र अगुवा प्रणाली अपनाईन्छ भने तव्रि रुपमा हावा चल्ने क्षेत्रमा चाहि फल र बोटको सुरक्षाको लागि खुला केन्द्र प्रणाली प्रभावकारी हुन्छ ।

 

सिचाई र गोडमेल
स्याउको बिरुवा रोपेदेखि राम्रो सँग नसरेसम्म सिचाई गरिरहनु पर्दछ भने ठुला बिरुवाहरुका लागि पनि हिउदमा मल राखेपछि मल चुहावट नहुने किसिमले हल्का सिचाई दिनुपर्ने हुनछ । स्याउको फुल फुल्ने र फल लाग्ने समयमा जमीनमा चिस्यान नभएमा फल लाग्ना साथ झर्न सुरु गर्ने भउकाले सिचाई दिनु आवशयक छ । यसर्थ स्याउका बोटहरुमा चैतदेखि असार महिनाबीचको सुख्खा समयमा हप्तै पिच्छे सिचाई गर्नु राम्रो हुन्छ । अर्को वर्ष फुल लाग्ने मुनाहरुको विकास असार महिनामा हुने भएकोले त्यस बेला खडेरी परेमा अर्को वर्षको उत्पादनमा कमाी आउन सक्छ । सिचाइ गर्दा स्याउका बोट वपिरि कुलेसो बनाएर पानी हाल्नु पर्दछ भने वर्षा बढि भएको बेला बिरुवाको फेदमा पानी जम्न नदिन निकासको व्यवस्था गर्नु पर्दछ ।
स्याउको बिरुवाको वरिपरि बढि झारपात आउन दिनु हुदैन र समय समयमा गोडमेल गरेर झारपात हटाउनु पर्दछ । स्याउको बगैचामा बढेको झारपातले खाद्य तत्व, पानी, सुर्यको प्रकाश आदिमा बिरुवासँग प्रतिस्पर्धा गर्ने भएकोले उत्पादनमा असर पुग्छ । तसर्थ स्याउको बगैचामा झारपात फैलन दिनु हुदैन ।
साझा सबालबाट