अदुवा खेतिबाट वार्षिक ५ करोड आम्दानी

यो समाचार 274 पटक पढिएको

सिन्धुली, १७ भदौ / सिन्धुली भद्रकाली गाविस ८ की भवमाया गौतम खाद्यान्न बालीको सट्टा व्यवसायीक अदुवा खेति गरिरहेकी छन् । तीन वर्षदेखि अदुवा खेति गर्दै आएकी गौतम सफल कृषक पनि भइसकेकी छिन् । अदुवा खेतिबाट वार्षिक १ लाखभन्दा बढी आम्दानी हुने गरेको भौतमले बताइन् ।

GingerNews Agroभवमाया गौतम मात्र हैन भद्रकाली गाविसका प्राय सबै कृषकहरु व्यवसायीक रुपमा अदुवा खेतिमा लागेका छन् । भद्रकाली गाविसलाई सिन्धुलीको अदुवाको पकेट क्षेत्रको रुपमापनि चिनिन्छ । भद्रकाली ८ का अर्का किसान विष्णु कार्कीले अदुवा खेतिवाट वर्षमा १ लाख ५० हजार भन्दा बढी आम्दानी हुने गरेको बताए ।

भद्रकालीका कृषकहरु व्यवसायीक अदुवा खेति गरेर राम्रो आम्दानी लिन थालेका छन् । अदुवा खेतिवाट उनीहरु वर्षमा १ लाख देखि २ लाखसम्म आम्दानी गर्दछन् । व्यवसायीक अदुवा खेति गर्ने किसानहरुका लागि जिल्ला कृषि विकास कार्यालयले अदुवाको वीउ वितरण र प्राविधिक सहयोग गरेको छ भने प्लान नेपालको सहयोगमा सहमति सिन्धुलीले पनि परिवर्तन महिला बचत तथा ऋण सहकारी मार्फत अदुवा खेतिको लागि ऋण उपलब्ध गराएपछि कृषकहरुले अदुवा खेतिमा लगानी समेत बढाउन थालेका छन् ।

दुइ चार कट्ठामा अदुवा खेति गर्ने कृषकहरुले सहकारीबाट ऋण लिएर अहिले नौ दश कट्ठामा खेति गर्न थालेका छन् । लगानी बढेसँगै आम्दानी पनि बढ्ने कृषकहरुको भनाई छ । अहिले भद्रकाली गाविसमा मात्रै वार्षिक अदुवा बिक्रीबाट ५ करोड भित्रिने गरेको स्थानीयले बताएका छन् ।

भद्रकाली गाविसको अदुवा सिन्धुलीको माढीवजार, छिमेकी जिल्लाहरु र भारतमा पनि बिक्री हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले अदुवा खेति गर्ने किसानलाई यस सम्वन्धी तालिम समेत प्रदान गरेकाले खेति गर्न सजिलो भएको स्थानीय कृषकले बताएका छन् ।

सिन्धुलीमा अहिले ४५० हेक्टर क्षेत्रफलमा अदुवा खेति भइरहेको छ भने भद्रकाली, कमलामाई नगरपालिका, अरुणठाकुर, ककुरठाकुर र दुधौली गाविसमा व्यवसायीक अदुवा खेति गरेर किसानहरुले राम्रो आम्दानी गरिरहेका छन् । अहिले सिन्धुलीमा प्रति धार्नी १ सय देखि १२० रुपैयाँ सम्ममा अदुवा बिक्री भइरहेको छ । व्यापारिहरुले गाउँमा गएर ७० देखि १०० रुपैयाँसम्ममा ल्याउने गरेको छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :