वित्तीय क्षेत्रको कृषिमा रू. ६५ अर्ब लगानी

यो समाचार 242 पटक पढिएको

काठमाडौं, १६ भदौं / गत आर्थिक वर्ष २०७१र७२ मा कृषिमा बैङ्क तथा वित्तीय क्षेत्रको लगानी रू। ६५ अर्ब १५ करोड पुगेको छ ।

new-Nepal-Rastra-Bank_Panor_20130725084453

सो लगानी अघिल्लो आव २०७०/७१ को तुलनामा २८ प्रतिशत बढी हो । अघिल्लो आवमा बैङ्क तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा रू. ५० अर्ब ९० करोड कर्जा प्रवाह गरेका थिए । नेपाल राष्ट्र बैङ्कले २०७०/७१ को मौद्रिक नीतिमार्फत सोही आवको असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले कृषि र ऊर्जाक्षेत्रमा १२ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेपछि यस क्षेत्रको लगानी बढेको सम्बन्धित विज्ञहरूले बताएका छन् । लगानीका अन्य क्षेत्रहरूभन्दा तुलनात्मक रूपमा यो क्षेत्र कम जोखीमयुक्त हुनुका साथै समयमै कर्जा असुली हुने भएकाले बैङ्कको लगानी त्यसतर्पm केन्द्रित भएको हो ।

गत आवमा कृषिमा वित्तीय क्षेत्रको लगानी बढे पनि त्यसअन्तर्गतकै वन, माछापालन र मासुमा भने लगानी ६९ दशमलव ४५ प्रतिशतले घटेर रू. १ अर्ब ७६ करोडमा सीमित रहेको छ । अघिल्लो आवमा यस क्षेत्रमा रू. ५ अर्ब ७९ करोड लगानी भएको थियो । पछिल्लो समय यस क्षेत्रमा खासै लगानी बढ्न नसकेको राष्ट्र बैङ्कको तथ्याङ्मा उल्लेख छ । कृषि विकास मन्त्रालयले युवालाई स्वरोजगार बनाउने तथा देशकै स्रोत र साधनको परिचालनबाट रोजगारी सृजना गर्ने उद्देश्यसहित विभिन्न युवालक्षित कार्यक्रम अघि बढाए पनि यस क्षेत्रमा वित्तीय क्षेत्रको लगानी भने बढ्न नसकेको तथ्याङ्कले प्रमाणित गरेको छ ।

वित्तीय संस्थाहरूले पशुपालन व्यवसायमा भने लगानी बढाउँदै गएका छन् । अघिल्लो आवको भन्दा गत आवमा यस क्षेत्रको लगानी ३४ दशमलव २ प्रतिशतले बढेको छ । कृषिक्षेत्रअन्तर्गत पशुपालन क्षेत्रमा बैङ्क तथा वित्तीय क्षेत्रको लगानी सबैभन्दा बढी रहेको छ । अघिल्लो आवमा रू. १५ अर्ब ४४ करोड लगानी गरेका वित्तीय संस्थाहरूले गत आवको अन्त्यसम्म आइपुग्दा यस क्षेत्रमा रू. २० अर्ब ७३ करोड लगानी गरेका छन् ।


 

समग्र कृषितर्फ वित्तिय संस्थाको लगानीको अवस्था

पशुपालनतर्फ:             रू. २० अर्ब ७३ करोड लगानी
अण्डा र माछातर्फ :      रु. ३१ अर्ब १८ करोड लगानी
कृषि फार्मिंगतर्फ :        रू. ७ अर्ब ९९ करोड लगानी
चियातर्फ :                   रू. ३ अर्ब ४७ करोड लगानी
स्रोत नेपाल राष्ट्र बैंक


 

बैङ्क तथा वित्तीय क्षेत्रको लगानीमा भएको वृद्धिसहित दूध तथा मासुजन्य उत्पादन बढेको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आवमा नेपालमा गाई र भैंसीको गरी १७ लाख २४ हजार मेट्रिक टन दूध र ३ लाख मेट्रिक टन मासु उत्पादन भएको छ ।

सो उत्पादन अघिल्लो आवको भन्दा क्रमशः १ दशमलव ४६ र शून्य दशमलव ८९ प्रतिशत बढी हो । त्यसैगरी अण्डा र माछाको उत्पादन पनि बढेको मन्त्रालयका प्रवक्ता डा उदयचन्द्र ठाकुरले बताए । उनका अनुसार साना किसानको आकर्षण यसतर्पm बढ्नुका साथै देशभित्र मासुको खपत बढ्दै जाँदा यस क्षेत्रको लगानी वृद्धि गर्न सघाएको हो ।

सो अवधिमा भएको लगानीमध्ये कृषि सेवा तथा कृषिकै अन्यमा लगानीमा ५७ दशमलव ६ प्रतिशत वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा यस क्षेत्रमा वित्तीय क्षेत्रको लगानी रू. १९ अर्ब ७८ करोड रहेकोमा गत आवको अन्त्यसम्ममा सो लगानी बढेर रू. ३१ अर्ब १८ करोड पुगेको छ । तर, गत आवको अन्त्यसम्म आइपुग्दा यस क्षेत्रमा लगानी उल्लेख्य रूपमा बढेको छ । पछिल्लो समय बैङ्कबाट कर्जा लिएर यस्ता व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढ्दै गएकाले गत आवको तुलनामा लगानी बढेको हो ।

त्यसैगरी कृषि फार्मिङतर्फ पनि बैङ्क तथा वित्तीय क्षेत्रको लगानी १९ दशमलव ६ प्रतिशत बढेर रू. ७ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो आवमा यस्तो लगानी रू. ६ अर्ब ६८ करोड थियो । चियामा पनि वित्तीय क्षेत्रले लगानी विस्तार गरेर रू. ३ अर्ब ४७ करोड पु¥याएको छ । गत आवमा भएको लगानी अघिल्लो आवको तुलनामा साढे ८ प्रतिशत बढी हो । वित्तीय क्षेत्रबाट चियामा अघिल्लो आवमा रू. ३ अर्ब २० करोड लगानी भएको थियो । पहाडमा अर्थोडक्स चियाको उत्पादनमा साना किसान आकर्षित भएकाले यस क्षेत्रमा थोरै भए पनि लगानी बढेकोे हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :