४ महिनामै ७ अर्बको भटमासको तेल आयात

यो समाचार 188 पटक पढिएको

काठमाडौ, भटमासको तेल आयातमा मुलुकले ४ महिनामै ७ अर्ब रुपैयाँ खर्चेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा ७ अर्ब २६ लाख रुपैयाँको भटमास ९सोयाबिन० तेल आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९४ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिमा ३ अर्ब ६१ करोड १६ लाख रुपैयाँको आयात भएको थियो ।

सोयाबिन तेल ब्राजिल र अर्जेन्टिनाबाट आयात हुन्छ । तथ्यांकअनुसार बाज्रिलबाट करिब ४ अर्ब रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष करिब १ अर्ब ९२

Soyabean oil

करोड रुपैयाँको आयात भएको जनाइएको छ । उत्पादनमा कमँसूगै डलर पनि बलियो भएकाले आयात बढेको व्यवसायीहरू बतँउू्न् । ुसोयाबिन र सूर्यमुखी तेल झन्डै सत प्रतिशत आयात हुन्छ,ु दुगड समूहका प्रबन्ध निर्देशक विकास दुगडले भने, ुजसले गर्दा आयात बढेको हो ।ु उनले केही महिनाअघि डलर पनि बलियो भएकाले आयातमा थप असर परेको बताए । व्यवसायीका अनुसार नेपाली बजारमा सोयाबिन तेलको बजार हिस्सा करिब ६५ प्रतिशत छ । यसको माग वाषिर्क २० प्रतिशतले ब्ढ्दै गएको उनीहरू बताउँछन् ।

केन्द्रका कार्यकारी निर्देशक ईश्वरीप्रसाद घिमिरे तेलको बर्सेनि माग बढेकाले आयात बढेको बताए । ुअन्य तेलभन्दा करिब ३५ प्रतिशत सस्तो पनि भएकाले आयातमा निर्भर हुनुपरेको छ,ु उनले भने । केन्द्रका अनुसार सोयाबिन तराईका नवलपरासी, चितवनलगायत जिल्लामा सामान्य उत्पादन भए पनि अहिले घटेको छ । ुतराई जिल्लामा सामान्य उत्पादन भए पनि उत्पादनमा करिब १० प्रतिशतले गिरावट छ,ु उनले भने, ुजसले गर्दा आयात गर्नुपरेको छ ।ु सोयाबिन कुखुराको दाना बनाउनमा पनि प्रयोग हुन्छ । व्यवसायीका अनुसार दाना बनाउँदा तेल करिब २ प्रतिशत प्रयोग गरिन्छ । ुकुखुरालाई चाहिने दानामा करिब २ प्रतिशत प्रयोग गरेका छौं,ु नेपाल दाना उद्योग संघका अध्यक्ष तिलचन्दा भट्टराईले भने, ुजसले गर्दा आयात ्ढ्नमा सहयोग गरेको छ ।ु संघका अनुसार मुलुकमा दैनिक २१ टन दाना उत्पादन हुन्छ ।

कुखुरा पालनमा कृषक आकषिर्त हुन थालेपछि यसको उत्पादन पनि बर्सेनि ्ढ्दै गएको छ । ुतर नेपालको उत्पादनले मात्रै सम्भव छैन,ु उनले भने । खुद्रा व्यापार सघका अध्यक्ष पवित्र बज्राचार्यले तेलको माँसूगै व्यवसायीहरू नाफा गर्न स्टकमा राख्ने गरेकाले आयात बढेका बताए । ुअन्य तेलको मूल्यभन्दा सोयाबिन सस्तो छ । जसले गर्दा माग पनि बर्सेनि बढ्दो छ । फाइदा खानलाई व्यवसायीहरूले स्टकसमेत राख्ने गरेका छन्,ु उनले भने, ुजसले गर्दा आयात बढेको हो ।ु व्यवसायीका अनुसार पश्चिमाञ्चल र मध्यमाञ्चलमा सोयाबिनको सम्भावना छ । यस्तै पूर्वमा भने सूर्यमुखीको खेती गर्न सकिन्छ । ुयसका लागि सरकारले विशेष पहल गर्नुपर्छ,ु प्रबन्ध निर्देशक दुगडले भने । केन्द्रका अनुसार चालू आर्थिक वर्षको अघिल्लो ४ महिनामा मुलुकको व्यापार घाटा ६ दशमलव ३ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७०र७१ को अघिल्लो ४ महिनामा करिब २ खर्ब ९ अर्ब ८० करोड रुपैयाँको आयात भएको छ भने २९ अर्ब ६२ करोड रुपैयाँको निर्यात । डलरको भाउ बढेकाले पनि खर्च बढेको व्यवसायी बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :