प्याज आयात गर्न सरकारकै प्रोत्साहन

यो समाचार 223 पटक पढिएको

छुट्टयाइएको रकम पनि फ्रिज

काठमाडौं, १४ भदौं / बर्षेनी करिब दुई अर्बभन्दा बढी रूपैयाँको आयात हुने प्याजको आयात प्रतिस्थापन गर्न सरकारसँग कुनै बिशेष कार्यक्रम छैन् । प्याजको आयात दर घटाउन अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन योजना सरकारसँग नहुँदा बर्षेनी करौडौं रुपैयाँं भारत र चीन बिदेशिएको छ । अर्को तर्फ नेपाली उपभोक्ता बर्षेनी महँंगो मूल्यमा प्याज खरिद गरेर खानुपर्ने बाध्यता छ । यो समाचार पनि पढ्नुस् एक सय ५० रुपैयाँं घटीमा पाइदैंन प्याज

Onion. Newagro

कृषि विकास मन्त्रालयकाअनुसार प्याजको आयात दर रोक्नेसम्बन्धमा सरकारसँग हालसम्म प्रभावकारी कुनै पनि कार्यक्रम तथा योजना छैन् । ‘प्याजको उत्पादनमा बृद्धि गरेर आयात दर घटाउनेसम्बन्धमा हामीसँंग बिशेष कार्यक्रम केही छैन्,’ कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने,‘अभियानमुखि प्याज कार्यक्रमले असफलता व्यहोरेपछि मन्त्रालयले प्याजलाई नै सम्बोधन गरेर कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन् । ‘तर प्याजको आयातको डरलाग्दो आयात दर बढ्दै गएपछि आगामी बर्षदेखि बिशेष रुपमा सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा हो ।’

उनकाअनुसार प्याजको उत्पादनमा बृद्धि गरेर पनि सुरक्षित रुपमा प्याज मौज्दात गरेर राख्ने ‘भेण्टिलेटर’ तथा ‘कोल्डस्टोरेज’ निर्माण नगरेसम्म समस्या समाधान नहुने उनले बताए । मन्त्रालयले यसो बताइरहँंदा गत आर्थिक बर्षमा सरकारले प्याज भण्डारण गर्नका लागि भेण्टिलेटर र कोल्डस्टोरेजको कार्यक्रम पनि अघि नसारिएको होइन् । तर मन्त्रालयको उक्त कार्यक्रम पनि असफल बन्यो ।

ठाकुरकाअनुसार आन्तरिक क्षेत्रमा उत्पादन भएका प्याजलाई भण्डारण गर्न गत बर्ष मन्त्रालयको कृषि बिज्ञको टोलीले भारतको नासिकमा स्थलगत भ्रमणसम्म गरेको थियो । बिज्ञको टोलीले प्याजको लागि अन्य तरकारीको भन्दा छुट्टै प्रविधिभएको भण्डारण गृहको खाकाको अवलोकन गरेका थिए । अबलोकनमा सहभागी मन्त्रालयका पूर्व सहसचिब रामप्रसाद पुलामीकाअनुसार भारतको स्थलगत अध्ययनमा हेरेको खाकाअनुसार नै नेपालमा पनि त्यस्तै भेण्टिलेटर बनाउने योजना मन्त्रालयले तयार पा¥यो । ‘नाशिकमा निर्माण भएकोजस्तै नेपालको तीन स्थानमा बनाउने भनेर गत बर्ष करिब १२ अर्ब ५९ लाख रुपैयाँं पनि बिनियोजन गरिएको थियो,’ पुलामीले भने, ‘तर त्यो योजनाले पनि मूर्त रुप लिन नसकेपछि उक्त रकम फ्रिज भयो ।’

उनकाअनुसार कोहलपुर, बुटवल र पथलैयामा बिजुलीरहित खुल्ला ठाउँमा राख्ने गरी भेण्टिलेटर कार्यक्रम(भण्डारगृह) ल्याइएपनि जग्गा अभाव र आवश्यक प्रकृया नमिलेर बिनियोजित रकम फ्रिज भएको थियो । एउटा भेण्टिलेटर अढाई करोडको लागतमा निर्माण गर्ने योजना थियो । ‘सार्वजनिक नीजि साझेदारी अवधारणाअन्तर्गत सहकारी संस्थाको सहकार्यमा उक्त भेण्टिलेटर निर्माण गर्ने योजना मन्त्रालयले सार्वजनिक गरेको थियो,’ पुलामीले भने,‘तर कोलहपुर बाहेक अन्य स्थानमा जग्गासमेत उपलब्ध हुन सकेन् । परेको टेण्डरको आवश्यक प्रकृयासमेत नमिलेका कारण टेण्डर नै रद्द गरेर कार्यक्रम नै स्थगित भयो । त्यसपछि कुनै कार्यक्रम आउन सकेन् ।’

मन्त्रालयको अदुरदर्शीका कारण स्वदेशमै प्याजको उत्पादनमा बृद्धि गरेर आयात दर घटाउने उद्देश्यका साथ यसअघि सञ्चालनमा ल्याइएको अभियानमुखि प्याज कार्यक्रम (मिसन ओनियन) पनि असफलता प्राप्त गरेको थियो । उक्त कार्यक्रमले परिणाममुखि नतिजा दिन नसक्दा सरकारले गत ०७० श्राबणदेखि उक्त कार्यक्रम नै खारेज गरेको थियो । उक्त कार्यक्रमको नाममा सरकारको २० करोड रुपैयाँं बालुवामा लगानी गरेजस्तै खेर गएको छ ।

गत आर्थिक वर्ष ०६४।६५ देखि लागु भएको अभियानमुखि प्याज कार्यक्रमअन्तर्गत सरकारले तराईको १० जिल्लामा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको थियो । ‘तर नउत्पादन बढ्यो, नत् क्षेत्रफल नै बढ्यो । आयात दर घटाउन पनि सकिएन । जसका कारण कार्यक्रम नै खारेज गर्नुप¥यो,’ तरकारी विकास निर्देशनालयका पूर्व निर्देशक डा. गजेन्द्रसेन निरौंलाले भने । अभियानमुखि प्याज कार्यक्रम पनि भारतीय बीउ ‘एन पचास’ कै भरमा सञ्चालन गरिएको थियो ।

यो कार्यक्रम सुरूमा तराईको १० जिल्ला सप्तरी, सिराहा, सर्लाही, धनुषा, पर्सा, रौतहट, रूपन्देही, दाङ, बाँके र बर्दियामा अभियानकै रुपमा सञ्चालनमा ल्याइएपनि पछिल्लो समयमा सर्लाही, सप्तरी र बारामा व्यापक अनियमितता भेटिएपछि ७ जिल्लामा केन्द्रित गरिएको थियो । सात वटा जिल्लाको उत्पादनले पनि प्रतिफल दिन नसकेपछि गत बर्ष उक्त कार्यक्रम नै रद्द गरियो । स्रोतका अनुसार अभियान सञ्चालनअघि प्याजको गानो भण्डारण गर्ने कोल्ड स्टोरको स्थापना र अनुसन्धानका लागि दक्ष बैज्ञानिकलाई सहभागी नगराइएकाले उक्त अभियान असफल भएको थियो । सरकारको लापरवाही कतिसम्म भेटिएको छ भने अहिलेसम्म नेपालकै आफ्नो प्याजको कुनै पनि जात विकास गरिएको छैन् । गत २०३८ सालमा अमेरिकाबाट ल्याइएको ‘रेड क्रियोल’ नामको प्याजलाई सिफारिश गरेर हालसम्म सोही जातको प्याजको खेतीनेपाली किसानले गर्दैआएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :