गुणस्तरहीन खाद्य वेच्ने ३७ विरुद्ध मुद्दा

यो समाचार 242 पटक पढिएको

10792754-free-online-criminal-record-searchesकाठमाठौं,  दशैं, तिहार र छठ लगाएतका चाडवाडलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा

गुणस्तरहीन पदार्थ उत्पादन तथा विक्री गरेको पाइएपछि ३७ विरुद्ध मुद्दा दायर गरिएको छ । जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने पदार्थ विक्री गर्नेका विरुद्ध खाद्य ऐन २०२३ बमोजिम जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । खाद्य


“एक महिनाको अवधिमा गरिएको अनुगमनका क्रममा दोषी पाइएका ३४ विरुद्ध मुद्दा दायर गरिएको छ,” विभागका प्रवक्ता प्रमोद कोइरालाले भने, “चाडबाडमा खाद्य पदार्थको माग बढी हुने भएकाले गुणस्तरहीन खाद्य पदार्थ विक्री गरी उपभोक्ता ठग्ने प्रवृत्ति बढ्ने भएकाले अनुगमनलाई थप तिव्र बनाइएको छ ।” बजार अनुगमनका क्रममा खटिएका विभागको छुट्टै टोलीले पाएको कैफिएतका साथै जिल्ला प्रशासन कार्यालय र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको संयुक्त बजार अनुगमन टोलीले गरेको सिफारिसको आधारमा खाद्य ऐन अनुसार मुद्दा दायर गरिने उनले बताए ।
खाद्य ऐन २०२३ को दफा ३ ले ‘दूषित खाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थको उत्पादन तथा विक्री वितरण गर्न मनाही’ गरेको छ । ऐनको दफा ५ मा ‘न्युन गुणस्तरको खाद्य पदार्थ उत्पादन विक्री वितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई पहिलो पटक रु १ हजारदेखि २ हजार सम्म जरिवाना र दोस्रो पटकदेखि ५ हजार सम्म जरिवाना वा ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाए’ को ब्यवस्था गरिएको छ । हालसम्म दर्ता गरिएका मुद्दामा भने अधिकांस सामान्य जरिवाना मात्र तिरेर छुट्ने गरेको उपभोक्ता अधिकारकर्मीको गुनासो छ ।
चाडवाडलाई लक्षित गरी दशै अगाडि एक महिनामा मात्र विभागले १ सय १० अनुगमन गरेको विभागले जनाएको छ । यी मध्ये ७४ अनुगमन होटेल, रेष्टुरेन्ट तथा मिठाइ पसल रहेका छन् । गत भदौ १५ गतेदेखि असोज १५ गतेसम्म गरिएको अनुमगनका क्रममा मात्र १ सय ४० किसिममा गुणस्तरहीन खाद्य तथा पेय पदार्थ जफत र नष्ट गरिएको छ । चाडबाडको बेला गाडिको चाप वढ्ने भएकाले धादिङ र चितवन जिल्लामा पर्ने राजमार्ग वरपरको होटेल तथा रेष्टुरेन्टमा समेत अनुगमनलाई थप तिव्रता दिएको छ । चाडबाडको सार्वजनिक विदाको अवधिमा समेत बजार अनुगमन गर्ने र प्रयोगशाला विश्लेषणको व्यवस्था गरिएको विभागले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :