गड्यौला पालेर परिवार धान्दै

यो समाचार 303 पटक पढिएको

दशकअघिसम्म १ छाक खाएर प्राण धान्दै आएका थिए । सुत्केरीे भएको ३ दिनमा उनी ढुंगा बोक्न जान्थिन् । उनलाई ३ छोराछोरी र दम्पतीको पेट भर्न धौधौ थियो । अहिले उनको जीवन त्यस्तो कहालीलाग्दो छैन । जीवनमा गड्यौलाले परिवर्तन ल्याइएको छ ।

हेटौंडा(७ की जानुका राईका निम्ति गड्यौला वरदान सावित भए । जस्तापाताले छाएको थोत्रो घरभित्र गड्यौला, गड्यौलाको मल र घरवरिपरि राखिएका सिमेन्टका पाइपका रिङ, ड्रम, सिमेन्टको ब्लकभित्र र बट्टामा उनले गड्यौला पालेकी छन । कुहिएर खेर जाने वस्तुहरू गड्यौलालाई खुवाएर उनले मल बनाउँदै आएकी छन् । फोहोरबाट उनले मोहोर बनाउँदै आएकी छन् ।

Gadyaula

सुरुमा उनलाई सबैले फोहोर टिपेर हिँड्ने महिला भनेर घृणा गथ्र्यो । अहिले सबैले माया गर्छन् । उनीहरू राईले उत्पादन गरेको मल किन्न आउने गर्छन् । गड्यौला र मल बिक्री गरेर राई दम्पतीलाई भ्याइनभ्याई छ । प्रतिकेजी मल २५ रुपैयाँमा बिक्री गर्ने गरेकी छन् । गड्यौला प्रतिकेजी एक हजारमा रुपैयाँमा बिक्री गर्छिन् । प्रतिगोटा २ रुपैयाँमा बिक्री हुन्छ ।

 

ुगड्यौला र यसले बनाउने मलको माग धेरै छ,ु ४० वषर्ीया जानुकाले भनिन्, ुमागअनुसार पुर्‍याउन सकेको छैन ।ु पति धनबहादुर राई र उनी बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म गड्यौलाको स्याहारमा लाग्ने गर्छन् ।

राई जोडीले वाषिर्क करिब एक सय क्विन्टल मल बिक्री गर्छन । त्यस्तै २५ देखि ३५ केजीसम्म गड्यौला बिक्री गर्ने गरेका छन । ुगड्यौलाबाट मासिक २० देखि २५ हजार रुपैयाँसम्म आम्दानी हुन्छ,ु राईले गड्यौला देखाउँदै भनिन्, ुयही गड्यौलाले हाम्रो परिवारको जीवन धानेको छ ।ु

रचनात्मक प्रतिक्रिया दिनुहोस् :