बढी भात खाने बानीले आयात बढ्यो : सचिब

यो समाचार 268 पटक पढिएको

काठमाडौं, १२ भदौ/ कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टाराइले नेपालमा पर्याप्तमात्रमा खाद्यन्नको उत्पादन भएपनि उचित व्यवस्थापन गर्न नसक्दा खाद्यान्न आयात गर्नुपरेको बताएका छन् ।

Uttamkumar Vattaraiचामलकै भात खाने प्रचलनका कारण खाद्यन्न आयात बढेको भन्दै खानेवानीमा परिवर्तन गरी आयात प्रतिस्थापन गर्न सकिने पनि उनले बताएका छन् । साथै उनले सर्वाधिक चर्चामा रहेको दीर्घकालिन कृषि विकास रणनीति(एडीएस) आवश्यक संसोधनसहित नेपाली भाषा अनुवादको तयारी भइरहेको जानकारी पनि दिएका छन् । उनका अनुसार एडिएस केही दिन अघिमात्रै कृषि विकास मन्त्रालयलाई प्राप्त भएको हो ।

त्यस्तै विगत लामो समयदेखि माग हुँदै आएको राष्टिय किसान आयोग स्थापना अन्तिम तयारीमा रहेको पनि उनले जानकारी दिएका छन् । राष्ट्रिय कृषक समूह महासंघद्वारा शुक्रबार राजधानीमा आयोजित महासंघको दोस्रो वार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । कार्यक्रममा महासंघका हालसम्मका गतिविधि र भावी योजनाबारे जानकारी दिइएको थियो । सो अवसरमा कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारी, महासचिब नवराज वस्नेतलगायतले वोलेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :