माछापालनबाट वार्षिक बाइस लाख आम्दानी

यो समाचार 59 पटक पढिएको

दाङ, १२ भदौ/ दाङको लमही नगरपालिका–५ टिकुलीगढका अम्मरबहादुर तामाङले माछापालनबाट वार्षिक २२ लाख आम्दानी गर्न सफल भएका छन् ।

आठ बिगाहा जग्गा क्षेत्रफलमा आठवटा पोखरी निर्माण गरेर उनले व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् । अहिले बिहानैदेखि उनको घरमा माछा लिन आउनेको भीड लाग्ने गरेको छ । विगत आठ वर्षदेखि व्यावसायिक रुपमा माछापालन गर्दै आएका तामाङले अहिले माछा र माछाको भुरा उत्पादन गर्दै आएका छन् । उनले स्थानीयवासी सात जनालाई रोजगारीसमेत दिएका छन् ।

यस व्यवसायबाट आफू अत्यन्त सन्तुष्ट रहेको बताउने तामाङले आम्दानी पनि सोचेअनुसार गर्ने सकिने हुँदा यस्ता आयआर्जनका व्यवसायमा लाग्न बेरोजगारलाई सल्लाहसमेत दिएका छन् । आफ्नै गाउँघरमा मेहनत र लगशीलताका साथ काम गर्ने हो भने विदेशमा भन्दा बढी पैसा र मानसम्मान स्वदेशमै कमाउन सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र बन्न सफल भएका छन् उनी ।

धान, गहुँ, मकै र तरकारी सबै खेती गरिसकेका उनलाई सबैभन्दा बढी माछापालनबाटै दोब्बर आम्दानी हुने विश्वास लागेकै कारण यस पेसाप्रति आकर्षण बढेको हो । माछापालनमा लामो अनुभव सङ्गाल्नुभएका तामाङसँग माछापालनका बारेमा सरसल्लाह गर्न आउनेहरु पनि धेरै छन् ।
‘घरमा माछा लिन आएकाहरुले पनि कसरी, कहिलेदेखि यसो गर्नुभयो भन्दै सोध्छन्’ उनले भने । यहाँ आएको जोसुकैले पनि एक पटक माछा पाल्ने सपना देखेर फर्कन्छ । एक्लो प्रयासमा आठ बिगाहा क्षेत्रफलमा पोखरी निर्माण गरी माछापालन गरिएको छ ।

अहिले आफ्नो व्यवसायप्रति थप आत्मविश्वास बढाएको तामाङले बताए । वि।सं २०६३ मा तीन कट्ठाको पोखरीमा चार हजारको भुरा हाली व्यावसायिक माछापालन सुरु गरेका उनले अहिले माछा, भुरा बिक्री गरेर आम्दानी गरिरहेका छन् । त्यहाँ आठ जना स्थानीय युवाले रोजगारीसमेत पाएका छन् । सुरुमा धान, गहुँ राम्रोसँग उत्पादन हुने जग्गामा माछापालनका लागि पोखरी निर्माण गर्दा उनलाई गाह्रो भने नभएको होइन । गाउँ, समाज र घरपरिवारबाट खेतीयोग्य जमिनलाई खनेर खाल्टो पार्दा ‘बौलाउन थालिस्’ भन्नेहरु अहिले आफ्नो प्रशंसक भएको उनको भनाइ छ ।

आठ बिगाहा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रास, कमन, सिल्भर, विग हेड, रहु र नैनी जातका माछापालन गरिएको छ । त्यहाँ उत्पादन भएका माछा जिल्लाका विभिन्न बजारमा बिक्रीका लागि लगिने गरिन्छ । प्रतिकिलो २२० देखि २५० सम्मका दरले माछा बिक्री हुने गरेका छन् । अहिले त बजारमा मागअनुसारको माछा पु¥याउन सकिएको छैन, घरमै भीड लाग्छ, लाइन बस्नुपर्छ । हाल बढ्दो विद्युत् भार कटौती र पानीको समस्या हुने गरेको बताएको छ ।ा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :