वर्षासँगै च्याउको मूल्य घट्यो

यो समाचार 205 पटक पढिएको

काठमाडौं, ११ भदौं /उपत्यकाको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटिमा च्याउको मूल्य घटेको छ।

Masroomयो साता च्याउ केजीमा २० रुपैयाँले गिरावट आएको छ। अघिलो सातासम्म १ सय ६५ रुपैयाँ रहेको च्याउको मूल्य आज बिहिबार १ सय ४५ रुपैयाँमा झरेको छ। अघिलो साताको भन्दा यो साता मूल्य २० देखि ३० रुपैयाँले कमी हो। बजारमा माग भन्दा च्याउ बढी खपत हुँदा च्याउको मूल्यमा गिरावट आएको व्यपारीहरुले बताएका छन्।

अहिले पछिल्लो समय च्याउको व्यवसायिक खेतीमा कृषकहरु उत्साहित हुँदै गएका छन्। च्याउको माग बढ्दै जानु र राम्रो मूल्य पाउन थालेपछि किसानहरु च्याउ खेतीप्रति आकर्षित हुँदै गएका छन्। कृत्रिम तरिकाबाट उत्पादन गरिने च्याउको पहिचान नहुँदासम्म मानिसहरु सुरुमा च्याउ खान पनि डराउँथे। त्यसैले यो व्यवसाय राम्रोसँग फस्टाउन सकेको थिएन। जब मानिसले च्याउको फाइदा थाहा पाउन थाले त्यसपछि बजारमा यसको माग बढ्दो छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :