कृषि अध्ययन गर्न नायिका बिनिता अमेरिका जादै

यो समाचार 254 पटक पढिएको

काठमाडौ, ११ भदौं / चलचित्र ‘चपली हाइट’बाट सर्वा्धिक चर्चा र आलोचनामा घेरिएकी नायिका विनिता बराल अब अमेरिका जाने भएकीछिन । उनको यो अमेरिका यात्रा चलचित्र क्षेत्रले नभई कृषि कर्मको फल हो ।

Binita 2 baralnewsagro.comनायिका बरालले अभिनय गरेको चलचित्र ‘फुलस्टप’ असफल भएपछि उनी कृषी पेशामा लागिन् । काठमाण्डौको टोखामा जग्गा भाडामा लिएर विनिताले कृषी पेशा अपनाइन् । उनै विनितालाई कृषी पेशाले अमेरिका र्पुयाएको छ ।

विनिता अब कृषी सम्बन्धी अध्ययनका लागि छात्रावृत्तिमा अमेरिका जाने भएकी छिन् । विनिताले आफू अमेरिका जान लागेको र २ बर्ष अध्ययन गर्ने बताइन् । आफूलाई ५० प्रतिशत छात्रावृत्ती प्राप्त भएको भन्दै विनिताले अगष्ट ३० मा अमेरिका उड्न लागेको बताइन् । डिसेम्बर महिनामा आफ्नो कृषी सम्बन्धी पुस्तक विमोचनका लागि नेपाल आउने बताउँदै उनले फेरि अमेरिका फर्किने खुलाइन् ।

१६ महिना पढ्नुपर्ने र ६ महिना अमेरिकामा नै इन्टर्न्सिप गर्ने विनिताको भनाई छ । उनले पुस्तक प्रचारका लागि आफू मे महिनामा नेपाल आउने र ३ महिना बस्ने पनि खुलाइन् । उनले ३ महिना अगाडि अध्ययनका लागि प्रक्रिया अगाडि सारेकी थिइन् । आफूले २७ लाखको कोर्स १३ लाखमा गर्न पाएकोमा विनिताले खुशी साटिन् । विनिताले आफू अमेरिका नबस्ने र २ बर्षपछि नेपाल फर्किएर व्यवसायिक कृषी पेशा अंगाल्ने प्रतिबद्धता व्यक्त गरिन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :