मिल्क होलिडे हुन दिन्नौं : कृषि सचिव भटटराई

यो समाचार 344 पटक पढिएको

काठमाडौ, १० भदौं / कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भटटराईले कुनै पनि अवस्थामा मिल्क होलिडे हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

Milk Holiday 1

सचिब भट्टराईले भूकम्प तथा बन्द हडतालका कारण उत्पादन भएको दूधको खपतमा कमी आएकाले केही समस्या आएपनि मिल्क होलिडे भने हुन नदिने बताए । नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) ले बिहिवार अनामनगरस्थित कृषि उपभोक्ता डबली आयोजना गरेको मिल्क होली डे बिषयक बहस कार्यक्रममा बोल्दै सचिव भटटराईले यस्तो प्रतिबद्धता जनाएका हुन् । दूध र दुधजन्य पदार्थको खपतमा कमी आउनु पनि मिल्क होली डेको कारण भएको बताउदै उनले अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने गरि दुध जन्य पदार्थको उत्पादनमा जोड दिदै तीन खम्बे नितिलाई अलम्बन गरे अहिलेको मिल्क होली डेलाई रोक्न सकिने जानकारी दिए ।

उहाँले निजी क्षेत्र, सरकारी र सहकारी तीनै मिलेर अहिलेको मिल्क होली डे लाई समाधान गर्न सकिनेमा जोड दिदै सरकारी स्वामित्वको दुध विकास संस्थान ( डिडिसी ) लाई धाटा नलाग्ने गरि नाफा बिना पनि किसानको दुध खेर जान नदिई मिल्क होली डे लाई रोक्न विशेष पहल गर्न सचिव भटटराईले निर्देशन दिनुभयो । डिडिसीका उत्पादनहरु आम उपभोक्ताको पहँुचमा पुग्न नसकिने गुनासोलाई ध्यान दिदै दुध विकास संस्थानले आफना विक्रि कक्षलाई बढाएर भएपनि किसानको दुध खेर जान नदिन ध्यान दिन आग्रह गर्नुभयो ।

सचिव भटटराईले अन्तराष्टिय रुपमा दुधको मूल्य समायोजना गर्न आवश्यक भएपनि नेपाल दुधको मूल्य कम गर्दा आन्दोलन भइरहने भन्दै सरकार दुधको मूल्य समायोजन गरे भएपनि मिल्क होली डे लाई रोक्न तयार रहेको बताउनुभयो । उहाँले त्यसका लागि निजी क्षेत्र, सहकारी र सरकार तीन खम्बे नितिलाई अघि बढन तयार रहेको भन्दै भारतलाई दुधको मूल्य कम गरि बेच्न सक्ने भनाई थियो । कार्यक्रममा नेपाल डेरी एशोसियशनका अध्यक्ष सुमित केडियाले राज्यले ध्यान नदिए अब दुग्ध किसानहरुको दुध विक्री नभई मिल्क होली डे मात्र होइन घिउ होली डे पनि हुने सम्भावना बढदै गएको बताउनुभएको छ ।

दुग्ध क्षेत्रका कुल ६० प्रतिशत बजार ओगटेको काठमाडौमा भुइचालो र त्यसपछि लगातारको बन्दले किसानले उत्पादन गरेको दुध विक्रि नहुनुमा राज्य गम्भिर नभएको अध्यक्ष केडियाले आरोप लगाउनुभयो । उहाँले भारतका पटनामा माग भएपनि दुध विक्री गर्न राज्य उदासिन भएको भन्दै अब निजी डेरी उद्योगका घिउ विक्रि नभए घिउ होली डे पनि हुने अध्यक्ष केडियाको भनाई थियो । कार्यक्रममा नेपाली डरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले किसानको दुध खेर नजान राज्यले सममयै ध्यान दिन आवश्यको रहेकोमा जोड दिनुभयो । किसानको दुध संकलनमा बन्द हडताले असर गरेको भन्दै राज्यले त्ससलाई निराकरण गर्नु पर्ने भनाई थियो ।

कार्यक्रममा नेपाल दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले कुनै पनि वाहना र हालतमा किसानलाई मार्न नपाइने भन्दै मिल्क होली डेको हल्लालाई राज्यले समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भूकम्प र बन्दको बाहनामा मिल्क होली डेको हल्ला चलाएर किसान मार्ने काम भइरहेको प्रति आक्रोश व्यक्त गर्दे दुधमा मुलुकलाई आत्म निर्भर बनाउनु पर्नेमा जोड दिनुभयो ।

Milk Holiday 2

अध्यक्ष देवकोटाले मिल्क होली डेको हल्ला छोरी कुटेर सासु धर्काउने तवरले हल्ला चलाएको भन्दै राज्यले कुनै पनि हालतमा मिल्क होली डे नहुने प्रतिबद्धता जनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आम नेपाली उपभोक्ताले शुद्ध दुध खान नपाइरहेको बेला मिल्क होली डेको हल्ला बाघ कराउनु र बाँछो हराउनु उस्र्तै उस्तै भएको भन्दै त्यस तर्फ सबै पक्ष सहज हुनु पर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारको स्वामित्वमा रहेको एक मात्र डिडिसीको दुध बजारमा आम उपभोक्ताको पहँुचमा नभएको र उपभोक्ताले भूकम्पका कारण दुध विक्री नभएको हल्ला गरि मिल्क होली डे गरिनु दुःखद भएको भनाई छ । अध्यक्ष महर्जनले सरकारकै डिडिसीले उपभोक्ता समक्ष दुध पुयाउन नसक्ने र किसानको दुध नकिनी मिल्क होली डे गराउनेमा डिडिसीकै संलग्नता रहेको आशंका गर्नुभयो । उहाँले डिडिसीको दुधमा पाउडर मिसाउने काम समेत गरेको अरोप लगाउनुभयो ।

कार्यक्रममा  डिडिसीका महाप्रबन्धक गंगा प्रसाद तिम्लिसेनाले मिल्क होली डे रोक्न समय मै पहल नगरि मिल्क होली डेको सम्भावना बढेर जाने बताउनुभयो । किसानले उत्पादन गरेको दुध खपत गर्न दिर्घकालिन राणनिति नबनाए प्रत्यके वर्ष मिल्क होली डेको सम्भावना जस्ताको त्यस्तै रहने महाप्रबन्धक तिम्लिसेनाको भनाई छ ।

बजारमा दुधको खपत नहुने, बन्द हडतालले दुध संकलनमा बाधा हुने जस्ता कारणले किसानको दुध होली डे हुने सम्भावनालाई मध्यनजर गर्दे त्यसको निराकरण खोज्नु पर्नेमा जोड दिनुभयो । डिडिसीकारण मिल्क होली डे हुने हल्ला निराधर भएको भन्दै सरकारी स्वामित्वको डिडिसीले मिल्क होली डेको समाधान सबै उद्योगी व्यवासायीहरुले दिर्घकालिन समाधान खोज्नु पर्ने भनाई छ ।

त्यसैगरी दुग्ध विकास बोर्डका प्रमुख बाबुकाजी पन्तले निजी क्षेत्रको उद्योगीहरुलाई बचाउन पहल गर्नुपर्नेमा जोड दिदै भारतसँग दुध विक्री गर्न सके अहिलेको मिल्क होली डे रोक्न सकिने धारना राख्नुभयो । सरकारले अनुदान दिएर भएर पनि भारतलाई दुध बेच्न सके मिल्क होली डे कम गर्न सकिने भनाइ थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :