चितवनमा एक वर्षमा दुई हजार गाई थपिए

यो समाचार 260 पटक पढिएको

रत्ननगर ९(चितवन), १० भदौ / चितवनमा विगत तीन वर्षदेखि दूध उत्पादन क्रमिक रुपमा बढ्दै गएको पाइएको छ ।

cowव्यावसायिक गाईपालनमा किसान सक्रिय भएकाले दूध उत्पादनमा समेत वृद्धि हुँदै गएको हो । जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीका अनुसार आव २०६९/७० मा दैनिक दुई लाख २१ हजार लिटर दूध उत्पादन भएको थियो । आव २०७०/७१ मा दूध उत्पादन बढेर दैनिक दुई लाख ३० हजार लिटर पुगेकामा गएको आवमा दुई लाख ४१ हजार लिटर दूध दैनिक उत्पादन भएको छ ।

तीन वर्षअघि ७९ हजार पाँच सय १५ मेट्रिक टन दूध वार्षिक उत्पादन भएकामा अहिले दूध उत्पादन बढेर ८७ हजार मेट्रिक टन पुगेको डा कार्कीले जानकारी दिनुभयो । जिल्लामा गाईपालनको सङ्ख्या पनि अघिल्लो वर्ष ७३ हजार रहेकामा अहिले ७५ हजार बढी रहेको पशुसेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

उन्नत गाईपालन समेत जिल्लामा बढ्दो छ । कार्यालयका प्रमखु डा कार्की चितवन गाई स्रोत केन्द्रका रुपमा समेत विकास भइरहेको बताउनुहुन्छ । जिल्लाको कुमरोजमा नेपालकै ठूलो लगानीमा लालीगुराँस गाई फार्म तथा अनुसन्धान केन्द्रसमेत स्थापना भइसकेको छ । जिल्लामा अहिलेसम्म व्यावसायिक गाई फार्म दुई सयभन्दा बढी रहेका छन् । पछिल्लो समयमा विभिन्न दुग्ध उद्योगले दूधको भाउ घटाउने र लिनसमेत नमान्ने समस्या आएको किसानको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :