कफी खेती बुझ्न कोरियाका विद्यार्थी पर्वतमा

यो समाचार 256 पटक पढिएको

पर्वत, कफी खेतीको अध्ययन गर्न कोरियाली बिद्यार्थीको एक टोली पर्वतको थामार्जुङ गाउँ आइपुगेको छ ।कफी उत्पादनको पकेट क्षेत्र मानिने यस गाउँमा कफीबारे अध्ययन गर्न कोरियाको सियोलमा रहेको ग्युम्सान गान्धी विद्यालयका २५ जना विद्यार्थीको टोली आएको हो । पर्वतमा उत्पादन हुने जैबिक कफी र यसको उत्पादन सम्बन्धि समग्र प्रक्रियाको बारेमा अध्ययन गर्न उनीहरु यहाँ आएका हुन् । पर्वतमा उत्पादन हुने धेरै कफी कोरियामा निर्यात हुन्छ । कफी खेतीसंगै नेपाली कला संस्कृति, रहनसहन, रितिरिवाज र नेपाली जीवनशैलीका वारेमा बुझ्नका लागि नेपाल आएको ग्युम्सान गान्धी विद्यालयका शिक्षक गोनीले बताउनुभयो । टोलीले एक हप्तासम्म थामर्जुङमा नै रहने र कफी प्रशोधन, उत्पादन र बजारीकरणका वारेमा अध्ययन गर्ने भएका छन् । त्यसैगरी भर्खरै मात्र शुरु भएको गाउँको होमस्टेको प्रवद्र्धनमा पनि उनीहरुको भ्रमणले सहयोग पुर्‍याएको छ ।

Coffe maकफीको प्रचार, कृषिजन्य बस्तुको उत्पादन तथा प्रबद्र्धन, स्थानीय कला र संस्कृतिको जगेर्ना गर्दै स्थानीय स्तरमै रोजगार सिर्जना गर्ने उद्देश्यले थामर्जुङमा होमस्टे सञ्चालन गरिएको हो । जिल्ला कफी व्यवसायी संघको सहयोगमा स्थानीय हिमाल कफी सहकारी संस्था लिमिटेडले होमस्टे संचालन गरेको हो । अहिले उक्त गाउँका ११ घरमा होमस्टे संचालन भएको छ । विद्यार्थीहरुको टोलीलाई स्थानीय हिमाल कफी सहकारी तथा होमस्टे संचालक समितिले बाजागाजा सहित स्वागत गरेको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :