आपसी विवादले जाजरकोटमा चामल पुगेन

यो समाचार 163 पटक पढिएको

जाजरकोट, १० भदौैं / खाद्य सस्थानको जिल्ला कार्यालय र अन्चल कार्यालयबीचको विवादका कारण खाद्य संकट भएका दुर्गम गाउँमा चामल पुर्याउन ढिलाइ भएको छ। चरम खाद्य अभाव भएका जाजरकोटका दुर्गम गाउँका लागि सदरमुकाममा भएको चामल ढुवानी गर्न आवश्यक रकम नभएपछि समस्या आएको हो।

WFP RIceसदरमुकामको गोदामवाट गाउँमा चामल पुर्याउने बारेमा दुई कार्यालयबीच विवाद सुरु भएको छ । नेपाल खाद्य संस्थानको जाजरकोट कार्यालयले अंचल कार्यालय नेपालगन्जलाई गाउँसम्म चामल ढुवानीको लागि विशेष व्यवस्था गरिदिन आग्रह गरेको तर त्यसको सुनुवाइ नभएको जनाएको छ। उता अंचल कार्यालय नेपालगन्जले भने जिल्लाबाट चामल ढुवानीका लागि खोलिएको टेन्डर आफुकहाँ नपुर्याएकोले चामल ढुवानीका लागि कुनै पहल हुन नसकेको जनाएको छ ।

जिल्लाका उत्तरी भेगका गाउँहरुमा चरम खाद्यन्न अभाव भए पछि स्थानीय प्रशासन र खाद्य सस्थानको जिल्ला कार्यालयको समुन्वयमा सदरमुकाममा भएको चामललाई ती गाउँमा विशेष ढुवानी रकमको व्यवस्था गरेर पठाउने व्यवस्थाका लागि गत साउन ११ गते हुलाक र फयाक्सबाट अंचल कार्यालय नेपालगन्जलाई पत्र पठाइएको नेपाल खाद्य संस्थानको जाजरकोट कार्यालयका प्रमुख धरमबहादुर वस्नेतले बताए । उनले चालु वर्षको चामल ढुवानीका लागि टेन्डर भए पनि बन्द र हडतालका कारण अंचल कार्यालयमा टेन्डर पुरयाउन नसकिएको बताए ।

उता खाद्य सस्थानको अंचल कार्यालय नेपालगन्जका प्रमुख शंकर सापकोटाले भने खाद्य ढुवानीको कागजात सबै जिल्लामै राखिएकोले ढुवानीको प्रक्रिया अघि नबढेको बताए । सदरमुकाम खलंगाको चामल गाउँ पुर्यउन पनि स्वीकृत ढुवानी भाडा दरसहितको टेन्डर आवश्यक पर्ने र सो बारेका कुनै पनि कागजात आफूकहाँ नआएको सापकोटाले बताए । साउन २५ गते अन्तिम मिति दिएर खोलिएको टेन्डर तत्कालै अंचल कार्यालयमा आएको भए अहिलेसम्म गाउँमा चामल पुग्ने व्यवस्था भइसक्ने अंचल प्रमुख सापकोटाको भनाइ छ । अन्य सबै जिल्लाको कागजात आएपनि जाजरकोटवाट टेन्डर प्रक्रियाका कुनै पनि कागजात नआएको उनको भनाइ छ । गाउँमा चामल अभाव भएको डेढ महिना पुगेपछि सोमबार जिल्ला खाद्य सुरक्षा समितिको वैठकले सदरमुकाममा रहेको गोदामवाट नायकवाडाको घाट र रग्दाको चौखा डिपोका लागि क्रमश ५ सय र ४ सय क्वीन्टल चामल पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए

। उनले गाउँमा चामल पठाउने निर्णय गरिएपनि ढुवानीका लागि लाग्ने रकम भने नभएकोले अंचल कार्यालय र केन्द्रसंग आग्रह गरिएको बताए । जिल्लाका नायकवाडा , रोकायगाँऊ , सक्ला ,रामीडाँडा, दह , मजकोट , कोर्ताङ्ग ,गर्खाकोट लगायतका गाविसहरुमा खाद्य अभाव भएको छ । स्थानीय स्तरमा उत्पादित अन्न सकिएको , गाँउमा खाद्य बजार नभएको र सरकारले स्थापना गरेका खाद्य डिपोमा पनि खाद्यन्न नभएपछि ति क्षेत्रमा खाद्य संकट परेको हो ।

सडक यातायातले छुन नसकेका आधा दर्जन बढी गाविसमा जिल्ला सदरमुकामबाट पुग्न दुई देखि तीन दिनको पैदल हिड्न स्थानीय बाध्य छन् । सदरमुकाममा ५० रुपैया प्रतिकेजीमा पाईने चामल गाउँमा ९० रुपैयामा पनि पाउन गाह्रो भएको स्थानीयको गुनासो छ ।

गत वर्ष सरकारले जिल्ला सदरमुकाम स्थित खाद्य संस्थानको शाखा कार्यालयको लागि ४ हजार र प्रत्येक डिपोका लागि ८ सय क्विन्टलका दरले ढवानी अनुदानको कोटा निर्धारण गरेको थियो । डिपोको सवै चामल तीन महिना अघि नै सकिएको र नयाँ चामल ढुवानीका लागी भर्खर टेण्डर आब्हान भएकाले खाद्यान्नको समस्या परेको नेपाल खाद्य सस्थानको जाजरकोटस्थित कार्यालयले जनाएको छ।

जिल्लाको पश्चिमी क्षेत्रका दसेरा र घोगीका खाद्य डिपोमा ८ सय क्विन्टलका दरले पुर्याउनु पर्ने चामल ठेकेदारले २५ क्विन्टलका दरले दुइ डिपोमा ५० क्विन्टल मात्र पुर्याए भने अरु फ्रिज भएको थियो । त्यस्तै नायकवाडामा ८ सय क्विन्टल चाल कोटा भए पनि नपुगेर फेरि दुई सय क्विन्टल थप गरेर पठाइएको खाद्य सस्थानले जनाएको छ ।

गत वर्ष चार डिपोका लागि ४ सयका दरले १६सय र सदरमुकामका लागि ४ हजार क्विन्टल चामलको कोटा तोकिएको थियो । संस्थानले जिल्ला सदरमुकामबाट नायकवाडा सम्म ढुवानी गर्न प्रतिकेजी २६ रुपैया अनुदान दिने गरेको छ । खाद्य ढुवानीका जिम्मा लिएका ठेकेदारहरुले डिपोसम्म चाम नपुर्याएरबीच बाटोमै बिक्री गरिदिने गरेका कारण दुर्गम गाउँमा वर्षेनी खाद्य अभावको समस्या हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :