डिडिसीले दूध खरिद नगर्दा कृषकले सडकमा दूध पोखे

यो समाचार 197 पटक पढिएको

काभ्रे, ९ भदौ /मिल्क होलिडे अर्थात् उत्पादन भएको दूध बिक्री नहुने निर्णयको विरुद्धमा आन्दोलन गर्दै काभ्रेका कृषकले सडमा दूध पोखेका छन् । केही कृषकले कृषिमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

Milkसरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले आइतबार र सोमबार मिल्क होलिडे गरेपछि देशभरका दुग्ध उत्पादक कृषक आन्दोलित भएका छन् । दूध बिक्री नहुने भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । दूध उत्पादन हुने मुख्य सिजनमा मिल्क होलिडे हुन थालेपछि कृषक मारमा परेका छन् । कुशादेवी–२ का भिमसेन घिमिरेले सरकारले दूध नकिनिदिएपछि उत्पादन गरेको सामान कसलाई जिम्मा लाउने समस्या भएको गुनासो गरे ।

जिल्लाबाट उत्पादन हुने दैनिक ३ लाख लिटरमध्ये यो मौसममा दैनिक लाख लिटर र बेमौसममा ८० हजार लिटर दूध दुग्ध विकास संस्थान (डीडीसी) ले किन्ने गरेको छ । “बन्दको कारण देखाउँदै दूध लिन गाडी नआएपछि निकै समस्यामा परियो,” कुशादेवी–१ का मनोज सापकोटाले भने । निजी क्षेत्रले बन्दको बेला पनि दूध लिएको भए पनि सरकारी निकायबाट खरिद नहुँदा सडकमा फाल्न बाध्य भएको उनको भनाइ छ । “दूधमा नेपाल आत्मनिर्भर छैन । तर पनि कृषकले उत्पादन गरेको दूध सरकारले किनिदिँदैन्,” उनले भने, “बन्द, हड्ताल र डीडीसीले दूध नलिने हो भने पेसाबाटै पलायन हुने अवस्था आउँछ ।”

सरकारले कमिसनको खेलमा विदेशमा उत्पादन हुने पाउडर दूधको आयात बढाएको आरोप कृषकको छ । पात्लेखेतका अगुवा कृषक वासुदेव उपाध्याय डीडीसीले विदेशी दूध किनेर आफ्ना कृषकलाई जिउँदै मारेको आरोप लगाउँछन् । बजारमा पाउडर दूधको मूल्य गत वर्षको तुलनामा धेरै कम छ । यसले गर्दा उपभोक्ताले पाउडर दूध किन्न थालेको दुग्ध विकास संस्थानले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :