किसान मार्दै डिडिसीले

यो समाचार 213 पटक पढिएको

स्वदेशी दूधभन्दा आयातित पाउडर दूध प्यारो

काठमाडौ । किसानहरुले उत्पादन गरेको दुध खपत नहुने र राज्यले त्यसको व्यवस्थापन नगर्दा अबको एक महिनाभित्र मिल्क होलीडे हुने सम्भावना बढदै गइरहेको छ । असोजताका दूध उत्पादन बढ्ने तर निजी क्षेत्रका डेरी उद्योगहरुसँग त्यो किन्ने क्षमता नभएकाले सरकारी स्वामित्वको नेपाल दुग्द्य विकास संस्थान डिडिसीले पनि दुध नलिदा मिल्क होली डे को सम्भावना बढदै गएको हो ।

DDC Milk,Newsagroदुग्ध विकास संस्थान आफै मिल्क होलिडेको अवस्था सृजना गर्न तर्फ उत्प्रेरित भएको देखिन्छ । यतिखेर प्रदेश तथा सिमांकनका विवादलाई लिएर मुलुकका विभिन्न ठाउँमा बन्द भएपछि किसानले उत्पादन गरेको दूध निजी क्षेत्रले संकलन गरिरहेको भएपनि सरकारी स्वामित्वको डिडिसीले दूध लिन छाडेको छ । बन्दको समस्या देखाएर निजी क्षेत्रले दूध संकलन नगरेपनि सरकारी संस्थानले किसानको दूध संकलन गर्नु पर्ने ठाउँमा उल्टै बन्दको समस्या देखाएर दूध नउठाउनु मिल्क होलिडे गराउन अग्रसर देखिन्छ ।

चितवनमा मात्र मात्र दैनिक डेढ लाख लिटर दूध उत्पादन हुँदै आईरहेको छ । त्यति ठूलो परिणाममा दुध उत्पादन हुने ठाउँबाट दूध विकास संस्थानले दूध नउठाएपछि यो वा त्यो नाममा संस्थानले मिल्क होलडे शुरु गरेको किसानहरुको आरोप छ । यो कार्यमा दुग्ध विकास सस्थानका महाप्रवन्धक गंगा तिमल्सेना आफै लागिरहेको चितवनका दुग्ध उत्पादक किसानहरुले आरोप लगाएका छन् ।

चितवनमा रहेको नेपालको सवैभन्दा ठूलो दूध प्रशोधन कारखाना चितवन मिल्कलाई बन्द गराएर भारतबाट धूलो दूध आयात गर्न महाप्रवन्धक गंगा प्रसाद तिमल्सेना यही मौकामा कमाउ धन्दा तर्फ लागेका कारण किसान मारमा परेका हुन ।

केही समय पछाडि सरकार परिवर्तन हुने करीव पक्का पक्की भएपछि महाप्रवन्ध पद धरापमा पर्ने भएकाले कमाउ धन्दामा लागेको दुग्द्य किसानहरुको भनाइ छ । आगामी महिनाबाट दैनिक करिब २ लाख लिटर दूध खेर जाने बताइएको छ । डिडिसीले दूध खरिद नगर्दा काभ्रेमा मात्रै अहिले दैनिक करिब एक करोडभन्दा बढी मूल्यको दूध नष्ट हुन लागेको छ ।

ठूलो मात्रामा उत्पादित घ्यू स्टक रहेकाले थप दूध किन्न सक्ने अवस्था नरहेको डेरी उद्योगीहरुको भनाइ छ । यतिबेला करिब सवा अर्ब रुपैयाँको स्वदेशी घ्यू डेरीको गोदाममा थन्किएको छ । त्यो बेच्न नपाए थप दूध किन्न नसक्ने डेरी उद्योगहरु बताउँछन । विदेशबाट आयात हुने सस्तो घ्यूका कारण स्वदेशी घ्यू नबिकेको उद्योगी बताउँछन् । स्वदेशी उत्पादन बिक्री हुने वातावरण बनाउन सरकारले आयातित घ्यूमा लाग्ने भन्सार महशुल बढाउनुपर्ने उनीहरुको माग छ ।

विदेशबाट आयात हुने घ्यूमा कम भन्सार लाग्ने भएकाले त्यो स्वदेशीभन्दा सस्तो परेको र सस्तोसँग महंगोले प्रतिष्पर्धा गर्न नसकेको डेरी उद्योगीको भनाइ छ । डेरी उद्योगीले कृषि मन्त्रालयलाई आयात हुने घ्यूको भन्सार महशुल नबढाए किसानबाट दूध किन्न नसकिने जानकारी गराइसकेका छन् । उद्योगीको भनाइसँग मन्त्रालय पनि सहमत छ ।

असोजबाट दूध उत्पादन बढ्छ । यस्तो बेला राज्यले दूध किन्ने वातावरण नबनाए मिल्क होलिडे हुने सम्भावना छ । गाईपालनमा किसान र राज्यको गरी १० अर्बभन्दा बढी लगानी छ । राज्यले गाईपालनमा लगानी बढाउने तर दुग्ध पदार्थ आयातमा भन्सार महशुल नबढाउने हो भने उक्त लगानी बालुवामा पानी सरह हुने सरकारी अधिकारी पनि स्वीकार गर्छन् ।

नेपाल डेरीले ६ सय टन घ्यू स्टक रहेको जनाएको छ । यसको मूल्य ५० करोड रुपैयाँ पर्छ । दुग्ध विकास संस्थानसँग ४० करोड रुपैयाँ बराबरको ५ सय टन घ्यू स्टक छ । नेपाल डेरी एशोशियसनले सदस्य उद्योगसँग २ सय ५५ टन घ्यू स्टक रहेको जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :