बाख्राको दुध बेचेर स्वदेशमै डलर कमाउदै सिंह

यो समाचार 226 पटक पढिएको

-राजाराम कार्की
काठमाडौँ / गाईभैँसीको दूध बिक्री हुन्छ र गरिन्छ भन्ने जो कोहीलाई पनि थाहा छ । तर बाख्राको दूध पनि बिक्री हुन्छ भन्ने विषय सबैको जानकारीमा नहुन सक्छ तर बाख्राको दूध र चिज बिक्री गरेर अशोककुमार सिंह ठकुरी लखपति भएका छन् ।

Ashokkumar singh Thakuri
अशोककुमार सिंह ठकुरी

पहिले पहिले धार्मिक आवश्यकता पूरा गर्नका लागि मात्र बाख्रा पालिने प्रचलन थियो । तर हिजोआज आर्थिक उपार्जनको प्रमुख मेरुदण्ड बनेको बाख्रापालन व्यावसायिक बन्दै गएको छ । ठकुरी मकवानपुर, चित्लाङ निवासी हुन् । २०५९ सालमा फ्रान्समा पुगी बाख्रापालन तालिम लिनुभएको थियो उनले । रु दुई लाख ५० हजारको जागिर पेरिसमा तिरस्कार गरी स्वदेश फर्केका ठकुरीको चित्लाङमा बाख्रा फार्म छ । उनको बाख्रा फार्ममा अहिले लगभग १५० विभिन्न जातका बाख्रा छन् ।

बेल्जियममा लामो समय बसेका ठकुरी बेल्जियमबाट फर्केपछि मात्र फ्रान्स पुगेका हुन् । लामो समय बेल्जियममा काम गर्नुभएका ठकुरीले अन्ततः चित्लाङमा नेपालकै पहिलो निजीस्तरबाट बाख्राको दूधबाट बनाइने चिज कारखाना स्थापना गरे । फलस्वरुप उनले फ्रान्स र बेल्जियममा चिज आपूर्ति गरी नेपालको इज्जत र गौरवलाई चिनाएका छन् । बेल्जियमकै साथीहरूबाट बाख्राको चिज धेरै माग भएको छ ।
बाख्राको दूधबाट निर्माण गरिने चिज मागअनुसार आपूर्ति गर्न नसकिएकामा उनी दुःखी छन् । उनले चिज काठमाडौँका ठूला–ठूला होटलमा बिक्री वितरण गर्ने गर्नुहुन्छ । त्यसका अलावा पोखराबाट समेत माग आएको तर पूरा गर्न नसकेको प्रति उनी दुःखी छन् ।

चार लिटर दूधबाट एक किलो चिज बनाउन सकिन्छ । उनले दूध प्रतिलिटर रु २०० मा र कडा चिज प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री गर्ने गरेका छन् । उनले आफ्नो चिज कारखानामा नरम चिजसमेत उत्पादन गर्नुहुन्छ । नरम चिज भने प्रतिकिलो रु एक हजार ५०० देखि रु दुई हजार किलोमा बिक्री गर्ने गरेका छन् ।

cheej goatबाख्रापालन व्यवसायमा सातजना व्यक्तिलाई रोजगार दिएका छन् ठकुरीले । प्रतिमहिना लगभग रु तीन लाख आम्दानी गर्ने गर्नुभएका ठकुरीका छोरा नाथम कलेजमा होटल व्यवस्थापन विषय अध्ययन गरिरहेका छन् । ठकुरीले चित्लाङमा सामुदायिक होमस्टेसमेत सञ्चालनमा ल्याएका छन् ।

ठकुरीको नेतृत्वमा सञ्चालनमा आएको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकलाई बाख्राको दूध, चिज र आलुबखडाको वाइन खुवाएर स्वागत गर्ने प्रचलन छ । मकवानपुर जिल्लाको आकर्षित पर्यटकीयस्थल चित्लाङ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको जिविस मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए । हाल जिविस मकवानपुरले चित्लाङको आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिक क्षेत्र तोकेको छ ।

होमस्टे सञ्चालन गर्ने चाहना ठकुरीको रहर थिएन । बाध्यता हो भन्छन्–बाख्रा विकास फार्म चित्लाङ, मकवानपुरका प्रमुख मेघराज ढकाल । कर्म गर्दै गएपछि क्रमशः फल विस्तारै लाग्दै जाँदोरहेछ भन्ने उदाहरणको प्रतिमूर्ति बन्नुभएको छ अहिले ठकुरी । बेल्जियम, फ्रान्स, अस्ट्रेलियालगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज औधी मनपराइदिएकाले आफू लखपति बनेको उनले सुनाए ।

Chesee chitlangबाख्राको चिज नियमित खानाले पायल्स आजीवन नहुने र क्यान्सर रोगसँग लड्न सक्ने क्षमता ९० प्रतिशतमाथि हुने भएकाले स्वास्थ्यका लागि श्रेयस्कर मानिएको हो । ठकुरीले सानन जातको बाख्राको दूध र चिज बनाई बिक्री वितरण गरेका छन् । युरोपमा सानन जातका बाख्राको चिज खोजी खोजी खाने प्रचलन रहेको बुझिन्छ । नेपालमा भारतको हरियाणा हँुदै सानन जातको बाख्रा भित्रिएको इतिहास पाइन्छ । सानन जातको बाख्राले लामो समयसम्म दूध दिने र दूधको पोषक तत्व थप गुणस्तरीय भएको विज्ञहरूको दाबी छ ।

दूधमा औसत ३ दशमलव ५५ प्रतिशत चिल्लो पदार्थ पाइन्छ । साथै साननको मासु नरम र पोषिलो भएको अनुमान छ । यस जातको बाख्राको शारीरिक तौल औसत ६५ किलो र बोकाको शारीरिक तौल ९५ किलोसम्म हुने गरेको छ । हालको आँकडामा पाठापाठीलाई पु¥याएर प्रतिदिन एक बाख्राले ४०० एमएलदेखि एक हजार ५०० एमएलसम्म दूध दिने गरेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :