भूकम्प पीडित किसानका लागि हेफरको परियोजना

यो समाचार 307 पटक पढिएको

काठमाडौं, ४ भदौ / भूकम्पप्रभावित साना किसानको जीविकोपार्जनमा सहयोग पुरयाउन उद्देश्यका साथ एक परियोजना सञ्चालनमा आएको छ ।

heiferrrr oभूकम्पप्रभावित साना किसानका लागि पशुधन र जीविकोपार्जनको सुरक्षामा टेवा पुरयाउन हेफर इन्टरनेशनल नेपालले पशु सेवा विभागसँगको साझेदारीमा परियोजना सुरु गरेको हो । हेल्पिङ अर्थक्वीक एफेक्टेड लाइभस्टक इन नेपाल (हिल–नेपाल) नामक उक्त परियोजनका लागि युएसएआडी र हेफर इन्टरनेशनलले कुल ८ लाख ८५ हजार अमेरिकी डलर खर्च गर्नेछन् ।

भूकम्पप्रभावित ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलाप र बजारीकरण र आर्थिक शशक्तिकरण गर्दै १२ हजार घरधुरीलाई सहयोग गर्नु नै परियोजनाको प्रमुख उद्देश्य रहेको बताइएको छ । परियोजनाले भूकम्पप्रभावित गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रे गरी पाँचवटा जिल्लाका सबैभन्दा प्रभावित ९० वटा गाविसमा काम गर्नेछ ।

परियोजनाले किसानलाई परिवारलाई पशुसम्वन्धि सामग्री र सेवा, गोरु र प्रजननका लागि राँगो तथा साँढे उपलव्ध गराउनुका साथै सुधारिएको खोर तथा गोठ बनाउने तालिम, दाना, घाँस रोपाई र विउ संकलन, प्रसोधन तथा भण्डारणलगायतमा सहयोग गर्ने बताइएको छ । हिल नेपाल परियोजनाले जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला पशु सेवा कार्यालय तथा अन्य गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिएको छ । शुक्रबार राजधानीमा आयोजित परियोजना सुभारम्भ कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा. भारतेन्द्र मिश्र, कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराई र हेफर नेपालका कन्ट्री डाइरेक्टर शुभक महतोले परियोजनाका बारेमा चर्चा गरेका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :