हायलकायल गर्ने उपद्रो मुसा

यो समाचार 349 पटक पढिएको

1055x260 final 1111

घरमा मुसा, घरमा उपद्रव मच्चाउने सानो र छरितो चौपाया । भान्सादेखि बैठक, बुइगल अनि चोटचोटा र कोठाकोठामा दिनरात दौडेर, अन्न खाएर अनि कपडा काटेर उपद्रव मच्चाउने जीव । कृषि क्षेत्रमा लाग्नेको घरबारी त यसैको म्याराथुन दौडने ट्रयाक नै हुन्छ । मानिससँंग धेरै नजिक रहेको यो जीवको हानिका बारेमा त अड्कल काटिएको छ तर यसले गर्ने फाइदाबारे भने सोच्न कमैलाई फुर्सद छ । पौराणिक कथामा विश्वास गर्ने हो भने गणेशको वाहन हो । बालकथा ‘पाइड पाइपर अफ हेमलिन’ मा ‘पाइपर’ को पछाडि लागेको हो जीव वैज्ञानिक प्रयोगको लागि सबैभन्दा उपयोगी र प्रिय जीव हो । यसैबीच, राष्ट्रिय कृषि अनुसन्धान परिषद(नार्क) ले मुसा बन्ध्याकरणको अनौठो निरोध उपाय निकालेको छ । त्यही निदान पद्धतीका बारेमा राजेश बर्मा लेख्छन्, ‘बन्ध्याकरण मुसाको’

अफिस जाने बेलामा सर्ट निकाल्दा ढाड पर्ने भागमा भ्वाङ परेको अवस्था कसै न कसैले भोग्नुभएको होला । सिमेन्टको भित्तो प्वाल पार्न नसके पनि घरको भान्छा, भण्डार, बैठक वा सुत्ने कोठामा लामो पुच्छर भएको चौपाया प्राणीले छचन्नाएर तपाई हामी सबैलाई अत्याएको छ । कहिले भान्छाका चामल तरकारी ओसारेर त कहिले कपडा काटेर, कागजपत्र मासेर यसले अचाक्ली मच्चाउने गर्छ । बिष राख्दा पनि नखाने र लिसो नै टिपेर हिँड्ने जन्तुले दिएको अनेकानेक बिगार सहेर पनि त्यसैलाई भगवान्को वाहन मानेर पुज्नुपर्ने अवस्थामा हामी छौ ।


भयंकर संकट नबने पनि मुसाले हल्का अत्याएको भने पक्कै छ । कुनै बेला हेमलिनको कथाजस्तो नहोस् भनेर यसको नियोजनका बारेमा पनि सोच्न थालिएको छ बिश्वभर । त्यसैक्रममा सुरु भएको छ मुसाको बन्ध्याकरण । धेरै सन्तान पाउने मानिसलाई ‘मुसा’ उपनाम दिने समाजलाई अभिभावकका सातौं पुत्ररत्न जन्तरेले प्रधानमन्त्री भएर हाँंकिरहेका छन् । ‘दुई सन्तान ईश्वरको वरदान’ भन्न थालिएको समयमा जन्तरेले शासन चलाएको देशमा सुन्दा अपत्यारिलो लाग्ला, मुसाको बन्ध्याकरण गर्ने अभ्यासमा लागिरहेको छ कृषि बिज्ञान ।


हो, त्यही जीव हो, लामो पुच्छर भएको मुसा । रिसाएर मुसो भने पनि सनातन वैदिक समाजले ८४ लाख जुनीमध्येको एक मानेको त्यसलाई धार्मिक विश्वासले अजंगको शरीर भएका भगवान् गणेश बोक्नुपर्ने जिम्मेबारी दिएको छ । आफूभन्दा हजार गुणा ठूलो देवताको वाहन भएपनि फुर्सद निकालेर तिनै भगवान्का भक्तलाई हायलकायल पार्छ मुसाले । त्यसो त कथाका रुपमा करिब पाँंच शताब्दीअगाडि जर्मनको हेमलिन सहरका बासीलाई यसले दिएको दुःखको कुरा गरिसाध्य छैन् । त्यसलाई लिएर रोबर्ट ब्रोनिङले लेखेको कविता, ज्याकव र विल्हेम ग्रिमले लेखेको कथासँंगै ‘फेरी टेल’ को दुनियाँंमा मुसा सिर्जित संकट र निवारणको किस्सा लेखिएको पुस्तक मुसाले नै काटेर नसक्ने भइसकेका छन् । ‘द पाइड पाइपर अफ हेमलिन’ को जस्तै नभए पनि मुसा सिर्जित उपद्रवको संकटको सामना घरदेखि अफिस हामीले दैनिक गरिरहेका छौं । यो हाम्रो सिकुटे प्रजातन्त्रमा मात्र सिमित छैन् ठूलो प्रजातन्त्रदेखि प्रजातन्त्र जननीसम्म मुसा संकट एउटा रमाइलो प्रसंगका रुपमा छ ।

भयंकर संकन नबने पनि मुसाले हल्का अत्याएको छ । कुनै बेला हेमलिनको कथा जस्तो नहोस् भनेर यसको नियोजनका बारेमा पनि सोच्न थालिएको छ विश्वभर । त्यसै क्रममा सुरु भएको छ मुसाको बन्ध्याकरण । धेरै सन्तान पाउने मानिसलााई ‘मुसा’ उपनाम दिने समाजलाई अभिभावकका सातौं पुत्ररत्न जन्तरेले प्रधानमन्त्री भएर हाँंकिरहेका छन । ‘दुई सन्तान ईश्वरको वरदान’ भन्न थालिएको समयमा जन्तरेले शासन चलाएको देशमा सुन्दा अपत्यारिलो लाग्ला, मुसाको बन्ध्याकरण गर्ने अभ्यासमा लागिरहेको कृषिबिज्ञान ।

हो, मुसाको प्रकोप बढ्दै गएको अवस्थामा नियन्त्रण गर्न राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) ले मुसा बन्ध्याकरणको अभ्यास चलाइरहेको छ । आफैंले तयार पारेको ‘वनस्पति औषधी’ खुवाएर नियोजनको परीक्षण सफल भइसकेको छ । नार्कमा मुसा नियोजनको अभ्यासमा लागिरहेका छन, मुसा बैज्ञानिक तथा कीट बिज्ञान महाशाखाका अधिकृत शिवराज चौहान । भन्छन्,‘अहिले नार्कले विकास गरेको बन्ध्याकरणको औषधि, वनस्पतिबाट निर्मित सस्तो, सजिलो र मानवलाई हानिरहित छ ।’

Rat 2खेतमा लगाइएको धान, गहुँंलगायतका बालीमात्र होइन भण्डारमा राखिएका अनाजसमेत ध्वस्त पार्ने प्रणाली भएकाले कृषिको उत्पादकत्व बढाउने हिसाबले नार्कले मुसा नियन्त्रणको नयाँ प्रयोग गरेको हो । नेपालमा पहिलोमात्र होइन, सुन्ता अनौठो लाग्ने खालको पनि छ यो प्रविधि । यो निरोध प्रविधिको परीक्षण सफल भएर विकसित हुन सकेपनि कृषकले उपयोग गर्न भने कम्तीमा पनि थप एक बर्ष कुर्नुपर्ने नार्कका मुसा बैज्ञानिक चौहान बताउँंछन् ।

विदेशी र आफूभन्दा अगाडिको अध्ययनमा आधारित रहेर मुसा अनुसन्धानमा अगाडि बढिरहेका उनले नार्कमै मुसा पालेर प्रभाव हेरिरहेका छन् । उनको प्रयोगले मुसालाई बन्ध्याकरण गरिदिएको छ । भन्छन, ‘अहिले पालेका मुसाले सन्तानोत्पादन गर्न छाडेका छन् ।’ सदर चिडियाखानादेखि तराईका विभिन्न जिल्लामा मुसा र मुसा खाने जातिका बारेमा अध्ययन, अनुसन्धान गरेका चौहान यसलाई महामारी परेको बेलामा नियन्त्रण गर्ने ‘बोटानिकल’ उपाय बताउँंछन् ।

त्यसो त ‘आरोग्य बिज्ञान’ मा खप्तड बाबाले मुसा निरोधको उपाय सुझाएका थिए । चौहानका साथै पूर्णदास धौवजी श्रेष्ठलगायतको टिमले गरेको मुसा निरोधको उपायलाई कृषकसम्म पु¥याउन नार्क लागेको छ । नीम र सरिफाको बीउको पाउडरमा गहुँं, चना, चामल र नुन मिसाएर सानासाना केक बनाएर खेतमै परीक्षणका लागि गृहकार्य भइरहेको छ । ल्यावमा भने यो विधि सफल भइसकेको छ । कीट बिज्ञान महाशाखाका मुसाविद् चौहान भन्छन, ‘आगामी आर्थिक बर्षमा भैरहवास्थित राष्ट्रिय गहुँंवाली अनुसन्धान केन्द्रको खेतमा यसको अर्को परीक्षणपछि कृषकका लागि सिफारिस गरिनेछ ।’

बन्ध्याकरपणको काइदा
समात्नै नसकिने मुसाको बन्ध्याकरण चिरफारबाट होइन, औषधि सेवन गराएर गराइन्छ । नार्कको बैज्ञानिक टोलीले गरेको अनुसन्धानले नीम र सरिफाको वीउको पाउडरबाट निर्मित एक प्रकारको औषधि खाद्य पदार्थमा मिसाएर मुसालाई खुवाएपछि उनीहरुले थप बच्चा जन्माउन नसक्ने पत्ता लगाएको छ । मुसाविद् शिवराज चौहान भन्छन, ‘यो औषधि खाएपछि भाले र पोथी सँंगसँगै बसे पनि सन्तान जन्माउन सक्दैनन् । भाले र पोथी दुवै जातका मुसालाई खुवाएर नियोजन गर्न सकिन्छ ।’ मुसा लाग्ने स्थानमा यो औषधि मिसाएर तयार पारिएको केक प्रयोग गरी सदाका लागि मुसाको संख्या नियन्त्रण गर्न सकिने उनको दाबी छ । बैज्ञानिक अनुसन्धानकर्ताकाअनुसार विश्वभर ६ सय जातिका मुसा पाइन्छ । ति मध्ये नेपालमा ४५ जातिका मुसा पाइन्छन् । तीमध्ये हानिनोक्सानी पु¥याउने मुसा सात जातिका छन् ।

खतरनाक पनि
कुनै समय प्लेग रोगका कारण मुसासँग डराए पनि मानिस खासै मुसासँंग डराएको पाइँदैंन । तर, मुसाको मलमुत्र, वीर्य, नंग्राको चिथोराइ मानिसका लागि खतरनाक छ । मुसाको मलमुत्र, वीर्य र खाद्यान्नको सम्पर्कमा विषम ज्वरो, कमलपित्त, शीत ज्वरो, प्लेगलगायतका रोगको खतरा रहन्छ ।

विचित्र प्रजनन्
मुसाले खानेबस्ने बासस्थान र वातावरण अनुकूल रहे वर्षमा एक जोडी मुसाले दुई हजारभन्दा बढी सन्तान जन्माउँछ । सन्तान जन्माउँदा प्रायः भाले, पोथीको संख्या बराबरी हुन्छ । डुकुरे मुसा र सानो खेत मुसाले सन्तान जन्माउँदा एक पटकमा चारदेखि आठवटासम्म जन्माउँछ । अन्य जातका मुसाले एक पटकमा आठदेखि १३ वटासम्म सन्तान जन्माउँछ । भाले मुसा जन्मेको ११ हप्ता र पोथी मुसा जन्मेको १३ हप्ता पुगेपछि सन्तानोत्पादनका लागि तयार हुन्छन् । भाले र पोथी मुसाले यौन सम्पर्क भएको २१ दिनसम्ममा सन्तान जन्माउँछन् । मुसा एक दिनमा पाँचसय मिटर टाढासम्म हिँडडुल गर्नसक्छ भने सन्तान जन्माएको चारदेखि ९६ घण्टाभित्र पोथी मुसाले भाले खोजी पुनः सन्तान जन्माउन गर्भधारण गर्न सक्छे । बर्षमा पोथी मुसाले सातदेखि आठपटकसम्म सन्तान जन्माउन सक्छे ।

आनीबानी
देख्ने शक्ति त्यति राम्रो नहुने भएकाले यसले रङ छुट्याउन सक्दैन । यसले सबै चीजको रङ एउटै देख्छ । सुन्ने, सुँघ्ने, स्पर्श गर्ने र स्वाद लिने शक्ति धेरै हुन्छ । आपत् नपर्दासम्म मुसा एउटै बाटोबाट हिडडुल गर्छ । यसको दाँत दैनिक ०.४ मिमिका दरले बढ्छ । यसरी दाँत बढ्दा मुख खोल्न नमिल्ने हुनाले त्यसलाई खियाउन कडा चीज ढोका, झयाल, काठ, प्लास्टिक र धातुका सरसामान काट्छ । विपत्को बेलामा मुसाले ८० सेमिसम्म माथि उफ्रन र ६० सेमिसम्मको उचाइ नाघ्न सक्छ ।

नेपालमा पाइने मुसा
१. घर मुसा
२. खेत मुसा
३. डुकुरे मुसा
४. ठूलो खेत मुसा
५. सडक नाली मुसा(खैरौ मुसा)
६. सानो खेत मुसा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :