बन्दले थन्कियो साढे ७ अर्बको मल गोदाममा

यो समाचार 301 पटक पढिएको

किसानलाई अभाव

वीरगन्ज, ४ भदौ / खडेरीको मारमा परेका तराईका किसानलाई लगातारको बन्दले थप पीडित बनाएको छ । एक साता देखिको बन्दका कारण तराइका किसानले धानबालिमा मल छर्न नपाएपछि झन पीडित भएका हुन् ।

Urea small Fertilizerबन्दका कारण ढुवानी रोकिएपछि ग्रामीण भेगमा मलको हाहाकार भएपछि किसान चिन्तित भएका छन् । यसवर्षको धानबाली प्राकृतिक र राजनैतिक प्रकोपका कारण संकटका परेको सेढवा ८ का किसान ओमप्रकाश चौधरीले बताए । असारमा नपरेको र अहिले देश भित्रै मलको प्रर्याप्त भण्डारण भएपनि राजनैतिक प्रकोपका कारण वीरगन्जबाट ग्रामीण क्षेत्रमा मल आउन नसकेको कारण किसान समस्यामा परेको चौधरीले बताए ।

पर्सा, बारा रौतहटलगायत तराईका अधिकांश जिल्लामा वीरगन्जबाट मल जाने गर्दछ । पर्सा सिर्सिया सुख्खा बन्दरगाह, साल्ट ट्रेडिङ्ग, नेशनल ट्रेडिङ्ग र कृषी सामाग्री संस्थानका गोदामहरु रसायनिक मलले भरि भराउ छन् । बजारमा गइसकेको मल सिकएको र बाँकी बन्दका कारण बजारमा पुगन नसकेको व्यवसायीहरुले बताएका छन् ।

सुख्खा बन्दरगाह नाका हुँदै गत आर्थिक वर्षमा ७ अर्ब ५५ करोड ६६ लाख बराबरको १६ करोड ७८ लाख ७६ हजार किलो मल आयात भएको छ । जसमा साल्ट टे«डि¨ कर्पोरेशन लिमिटेडले २ अर्ब ७१ करोड ४८ लाख रुपैयाँ बराबरको ५ करोड ३६ लाख १९ हजार किलो युरिया मल, देवकी टे«डि¨ कन्सर्नले २ करोड ८८ लाख रुपैयाँ बराबरको ९ लाख ९६ हजार किलो अमोनियम सल्फेट, कृषि सामग्री कम्पनी लिमिटेडले ४ अर्ब ८० करोड ६४ लाख रुपैयाँ बराबरको ११ करोड ३० लाख किलो युरिया मल, राजन इन्टरप्राइजेजले १७ लाख २५ हजार रुपैयाँ बराबरको २५ हजार किलो सोडियम र न्यु लक्की इन्टरप्राइजेजले ४६ लाख ८३ हजार रुपैयाँ बराबरको १ लाख ९० हजार किलो जैविक मल आयात गरेको सुख्खा बन्दरगाह भंसार प्रवक्ता हरिहर पौडेलले बताए । बन्दले ढुवानी प्रभावित हुँदा अधिकांश मल गोदामै रहेको पौडेलले बताए ।

आयात कर्ताहरुको गोदामा मल थन्किनु र किसानले मलकालागि छटपटाउनु दुर्भाग्यपुर्ण भएको व्यवसायीहरुले बताएका छन् । साउनको पहिलो सातामा धानमा मल छर्ने उपयुक्त समय भएको र यो समयमा नै हडताल भएको कारण किसान समस्यामा परेको जानकी टोलामा मलको खुद्रा व्यवसाय गर्ने भाग्यनारायण साहले बताए । विहार सरकारले कडाई गरेपछि यसवर्ष सीमावर्र्ती बजार रक्सौल, भंगहा, ईनरवा , मैनाटा, सिकटा, भेलाहीमा समेत मल पाइरहेको छैन् ,साहले भने । अभाव भएपछि गमिण भेगका कतिपय व्यवसायीले मलको कलोबजारी समेत गरिरहेको किसानहरुले बताएका छन् । अधिकतम रु ९ सय प्रति बोरा पर्ने युरिया मल १२ सयमा किन्नु परेको बीरन्ची वर्वाका किसान बागड राउतले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :