इजरायलबाट तालिम लिएर फर्किए पाँच सय १५ जना

यो समाचार 320 पटक पढिएको

काठमाडौं, ३ भदौ / इजरायलमा १० महिने कृषि तालिम लिएर पाँच सय १५ जना युवायुवती स्वदेश फक्रिएका छन् ।

Israil-Final-newsagrocom

मुलुकमा कृषि क्षेत्रमा काम गर्ने उदेश्यका साथ सन् २०१४ मा गएका पाँच सय १५ जना युवायुवती कृषिमा नयाँ ज्ञान र सिपका साथ नेपाल आएका हुन । नेपाल स्थित इजरायली दुतावास र अर्थमन्त्रालयको सहमतिमा साना किसान बैंकमार्फत इजरायलमा गएका युवायुवतीले १० देखि ११ महिना कृषि फार्ममा काम गरेर फक्रिएका छन् ।  नेपालबाट गएका प्रशिक्षार्थीहरुले विभिन्न कलेजमा सातामा एक हप्ता अध्ययन गर्ने र पाँच दिन कृषिफार्ममा प्रयोगात्मक काम गरेका थिए ।

अहिले कृषि सहकारी संस्थामा आवद्ध साना किसान परिवारका सात सय २० जना युवायुवतीले इजरायलमा गएर सिप सिकेर आइसकेका छन् । इजरायलबाट सिप सिकेर आएकाले नेपालमा कृषि क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था छ । सोही अनुरुप धेरै युवायुवती सिप सिकेर नेपालमा आई व्यवसाय सुरु गरिसकेका छन् ।  १० महिना कृषि फार्ममा तालिम लिएर आएकी मञ्जु ढुङ्गाना इजरायलमा सिकेर आएको सिपलाई स्वदेशमै कृषि क्षेत्रमा प्रयोग गरिने बताईन । नेपालमा प्रयाप्त स्रोत साधन भएपनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै उनले समुहमा मिलेर कृषिफार्म सञ्चालन गर्ने तयारी गरेको बताइन । पढेलेखेकाले कृषिमा काम गर्न हुन्न भन्ने विचारलाई युवाको माध्ययमबाट परिवर्तन गर्नु अति आवश्यक रहेको उनको भनाई छ ।

इजरायलबाट सिप सिकेर आएका विकास सुवेदी उच्च प्रविधिको अभावले व्यवसायिक रुपमा कृषि क्षेत्रको विकास हुन नसकेको बताए । आगामी अक्टोबारमा सम्ममा ४५ जिल्लाबाट थप ४ सय ३० प्रशिक्षार्थीलाई इजरायलका विभिन्न पाँच वटा तालिम केन्द्र र कलेजरुमा कृषि सम्बन्धी तालिममा पठाइने भएको छ । व्यवसायिक सिमान्तकृत र साना किसानको आर्थिक एंव सामाजिक विकास कृषिमा युवाको आकर्षण बढाउनको लागि वर्षेनी युवालाई इजरायलमा पठाइदै आएको छ । सन् २०१३ देखि ‘साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम’ अन्र्तगत कृषिमा काम गदै आएका युवायुवतीलाई कृषिमा तालिम लिन इजरायल पठाउने गरिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :