इजरायली डेरीबाट नेपालले के सिक्ने

यो समाचार 259 पटक पढिएको

  • प्रभात खनाल,  डेनमार्क

आफ्नो स्थापनाको छ दशक मात्र पुरा गरेको मध्यपुर्बी देश इजरायल पेलिस्टाइनसँगको लगातार द्वन्दको कारण अन्तरराष्ट्रिय मिडियाहरुमा नियमितजसो छाउने गर्छ। तर उमेरको हिसाबले तुलानात्मकरुपमा विश्वमाझ कान्छो र लगातार युद्दको बाब्जुद पनि यो देशले छोटो समयमा नै निक्कै प्रगती गरेको छ। बिशेष गरी इजरायलको कृषि प्रनाली संसारभर प्रशिद्द छ। कृषिका सबै जसो क्षेत्रहरु बिशेष गरी बागबानी तथा सिन्चाइ प्रणाली, डेरी उध्योग आदीमा इजरायलले धेरै फड्को मारिसकेको छ। प्रस्तुत लेखमा इजरायली डेरी उध्योगका आधारभुत बिशेषताहरुलाई केलाउदै त्यसबाट नेपालले सिक्ने सक्ने पाठहरुको बारेमा प्रकाश पार्न खोजिएको छ।


इजरायलमा कुल जनसंख्याको करिब ५५ जनताहरु कृषि क्षेत्रमा आबद्द छन र कृषि क्षेत्रले राष्ट्रिय आम्दानीको करिब छ ६५ हिस्सा ओगट्छ। इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी जमिन मरुभुमी छ। अर्को तर्फ कृषि क्षेत्रको लागि आबस्यक पर्ने महत्त्वपूर्ण स्रोत पानीको पनि निक्कै अभाब छ। तरपनी सिमित साधन र स्रोतको अधिकतम फाईदा लिन्दै उच्छ कृषि उत्पादन लिन सक्ने त्यहाको कृषि प्रबिधी सच्चिकै आस्चर्यजनक र चमत्कारीक छ। हाम्रो नेपाल जहाँ हामी प्राकृतिक स्रोत र साधनमा धनी देश भनेर गर्ब गर्छौ तर पनि ति स्रोत र साधनको उचित प्रयोग तथा ब्यबस्थापन हुन नसक्दा कृषि क्षेत्रले आज धेरै समस्या भोगीरहेको छ। त्यसैले इजरायल र नेपाललाई मात्र तुलना गर्यौ भने पनि प्राकृतिक स्रोत साधनको मात्रा भन्दा पनि कुनै पनि देशको मानब स्रोत कती सक्षम, सबल र प्रभाबकारी छ त्यसले नै कृषि क्षेत्रको बिकासको लागि मुख्य भूमिका खेल्छ भन्ने निस्कर्श निकाल्न गार्हो पर्दैन।

Isra

 
इजरायलमा मुख्य रुपमा गाईको दुध उत्पादन गरिन्छ। इजरायलले वार्षिक रुपमा करिब १२१७ मिलिअन लिटर दुध उत्पादन गर्छ र दुघ्द उत्पादनले कुल कृषि उत्पादनको बजार मुल्यको ९५ हिस्सा ओगट्छ। इजरायलले आफ्नो हावापानी सुहाउदो इजरायली(होलिस्टिन गाईको नश्ल बिकास गरेको छ जसले उच्च मात्रामा दुध उत्पादन गर्न सक्छ। नेपालमा पनि जलबायु बिबिधतालाई ध्यान राख्दै बिभिन्न भौगोलिक क्षेत्रको पहिचान गरी त्यहीको हावापानी सुहाउदो गाई, भैंसी आदीको नश्ल बिकास गर्न जरुरी छ जसले कमजोर उत्पादकत्व लाई धेरै हद सम्म माथि उठाउनसक्छ।

डेरी उध्योगको अर्को महत्वपूर्ण पाटो भनेको बर्ष भरी नै कसरी दुध उत्पादन कायम गर्न सकिन्छ भन्ने हो। इजरायलमा जस्तै नेपालमा पनि बिशेस गरी जाडो तथा गर्मी महिना हरुमा उचित दानपानी तथा घाँसको अभाबमा दुग्द उत्पादन कम हुन्छ। अर्को तर्फ बर्षायाममा आवश्यकता भन्दा पनि घास उत्पादन हुन्छ। यस्तो अवस्थामा बर्षायाममा बढी भएको घासलाई उचित प्रबिधीद्वारा हे वा साइलेज बनाइ प्रयोग गर्न सकिन्छ जसले गर्दा राम्रो उत्पादन गर्न सकिन्छ।
इजरायलको डेरी उध्योगको अर्को प्रमुख बिशेसता भनेको ब्यबस्थापनमा प्रयोग भएको उच्च प्रबिधी हो। इजरायलको सबै डेरी फार्महरुमा दुध दुहुँदा मेशिनको प्रयोग गरिन्छ जस्ले छोटो समयमै धेरै गाईहरु एकैचोटी दुहुनसकिन्छ। दुध दुहुँदादुहुँदै त्यो पाईप मार्फत चिस्यान केन्द्रमा सन्कलित हुन्छ, त्यहाबाट दुध बिभिन्न दुग्ध उघ्योगहरुमा पठाइन्छ। इजरायलमा इजरायली क्याटल ब्रिडर एशोशियसनले एउटा यस्तो सफ्टवेर को निर्माण गरेको छ जस्को माध्यमबाट देशको बिभिन्न डेरी फार्महरुको उत्पादनको सुपरिबेक्षण ९तथा रेकर्ड राखिन्छ र आब्स्यकता अनुसार फार्म म्यानेजरलाई ब्यबस्थापन तथा उत्पादनको बारेमा सुझाब तथा सल्लाह दिइन्छ। कुनै पनि एउटा फार्म भित्रै त्यस्तो सफ्टवेरको निर्माण गरिएको छ जसले फार्म भित्रको हरेक गाईको उत्पादन, रोग ब्याधी तथा अन्य कृयाकलापहरुको बारेमा रेकर्ड राख्छ जस्ले गर्दा फार्मको उचित ब्यबस्थापनमा सहयोग पुग्छ।
अन्त्यमा, हाम्रो जस्तो कृषिप्रधान देशमा पनि परिस्थिती सुहाउदो उपयुक्त नश्लहरुको बिकास, बर्षभरी नै उचित घासपात तथा दानापानी ब्यबस्था तथा बिभिन्न ठाउँमा ब्यबसायिक डेरी फार्महरुको स्थापना तथा उच्च प्रबिधीद्वारा तीनको उचित ब्यबस्थापन गरी डेरी उध्योगको बिकास गर्नसकिन्छ। डेरी क्षेत्रको बिकासलागी यस क्षेत्रसँग सम्बन्धीत दक्ष जनशक्तीहरु तथा किसानहरु एउटै टेबलमा आई प्रयाप्त अन्तर्कृयामार्फत उचित डेरी निती बनाउन आबस्यक छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :