बाख्राको नश्ल सुधार गर्दै चित्लाङ फार्म

यो समाचार 283 पटक पढिएको

काठमाडौं, ३१ साउन / मकवानपुरको चित्लाङमा रहेको बाख्रा विकास फार्मले अमेरिकाबाट आयात गरिएका सानन् जातका बोका तथा पाठीका माध्यमबाट स्थानिय जातका बाख्राको नश्ल सुधार थालेको छ । सरकारी स्वामित्वको नमूना फार्ममा धेरै दुध दिने क्षमताका सानन् जातका पा“च बोका र आठ पाठीबाट नश्ल सुधार थालिएको फार्मका पशु विकास अधिकृत मेघराज ढकालले जानकारी दिए । सानन्का बोका, पाठी प्रतिगोटा करिब दुई लाख रुपैया“मा खरिद गरी ल्याइएको हो ।

Goatफार्ममा हाल २ सय ३३ बाख्रा रहेको र प्रजनन योग्य सानन्का पाच बोका र ८ माउ रहेको ढकालले बताए । ‘माउबाट एउटा पाठा र दुइ पाठी जन्मिएका छन्’ उनले भने । त्यस्तै सानन्का बोकाबाट स्थानिय खरी जातका बाख्रामा गर्भाधान गराई प्रजजनयोग्य चार बोका र ६२ माउ तयार गरिएको उनले जानकारी दिए । माउबाट ३६ पाठा र २२ पाठी जन्मिएका छन् । उन्नत जातको सानन् बोकाबाट गर्भाधान भएका स्थानिय खरी जातको बाख्राबाट जन्मिएका बोका र पाठीमा पनि सानन्को गुण रहेको उनले बताए । ‘हामीले नश्ल सुधारका लागि सानन्का सिमित बोका र पाठी ल्याई स्थानिय बाख्रामा गर्भाधान गराएका छौं’ उनले भने, ‘हाम्रो उदेश्य अनुसार स्थानिय जातबाट जन्मिएका बोका र पाठीमा पनि सानन्को गुण देखिएको छ ।’

सानन्का बाख्राले दैनिक चार लिटर भन्दा बढी दुध दिने क्षमता राख्छन् । सरकारले खाद्य संकट भएका क्षेत्रमा यस्ता दुधालू बाख्राबाट ‘क्रस बिडिङ’ गराई जन्मिएका पाठी स्थानिय किसानलाई दिने र पोष्टिकताको कमीलाई पुरा गर्ने उदेश्य राखेको छ । यद्यपी चित्लाङ फार्मबाट हालसम्म किसानलाई सानन्का बोका/पाठी किसानलाई नदिएको उनले बताए । ‘हामीले गत पुस महिनादेखी सानन्को बोका र पाठीलाई फार्ममा ल्याई हेरचाह गरिरहेका छौं । यो अवधिमा सानन्का एक पाठा र दुई पाठी मात्रै छन’ उनले भने, ‘पाठा, पाठीको उमेर सानै भएकाले किसानलाई दिन सकेका छैनौं ।’ उनले कस्ता किसानलाई पाठा/पाठी उपलब्ध गराउने भन्ने निर्णय नभइसकेकाले पनि बितरण नगरिएको बताए ।

त्यस्तै सानन्का बोकाबाट स्थानिय खरी जातका बाख्रामा गर्भाधान गराइ जन्मिएका बोका÷पाठी पनि किसानलाई नदिएको उनले बताए । शुरुमा फार्ममै प्रयाप्त पाठा/पाठी र बोका÷बाख्रा उत्पादन गर्ने र त्यसपछि मात्रै किसानलाई दिइने उनले बताए ।
स्थानिय खरी जातका बाख्राको तुलनामा सानन्को प्रजननयोग्य उमेर बढी रहेको उनले बताए । ‘स्थानिय बाख्राहरु ७–८ महिनामा प्रजनन योग्य हुन्छन् तर सानन् भने १० भन्दा बढी उमेर भएपछि मात्रै प्रजनन्योग्य हुने देखिएको छ’ उनले भने । डेढ बर्ष पुगिसक्दा फार्ममा रहेका ४ वटा सानन्मा बाली नै नलागेको उनले बताए ।

गर्मी मौसममा सानन् जातका बाख्रा दुब्लाएको उनले बताए । ‘गत पुसमा पmार्ममा सानन् बाख्रा ल्याउ“दा समस्या थिएन । घा“स, दाना,पानी राम्रोस“ग खाएका थिजए र जिउ पनि राम्रो लागेको थियो’ उनले भने, ‘गर्मीमा भने खानेकुरा राम्रैस“ग खाएपनि दुब्लाएका छन्, पातलो दिसा गर्ने गर्ने गरेका छन् । हामी बाख्राको उपचारमा क्रियाशील छौं ।’ फार्म ३०५ रोपनीमा फैलिएको छ । फार्ममा रहेका बाख्रालाई आहार खुवाउन ५७ रोपनीमा घा“स लगाएको, ११५ रोपनीमा डाले घा“स लगाइएको र ११५ रोपनीमा चरन क्षेत्रका लागि छुट्याइएको उनले बताए ।  कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले नेपालीलाई बाख्राको दुध खुवाउनकै लागि मह“गोमा अमेरिकाबाट सानन् जातका बाख्रा ल्याएको जानकारी दिए । उनका अनुसार सानन्का ३० पाठीर २० पाठा ल्याइएको थियो र चित्लाङलगायतका विभिन्न सरकारी फार्ममा वितरण गरिएको थियो ।

साना किसानले दुधका लागि गाई, भैंसी पाल्न नसक्ने देखेर सरकारले दुधालू सानन् बाख्रा आयात गरी किसानलाई वितरण गर्ने योजना बनाएको छ । अहिलेसम्म डडेलधुराका चार किसानलाई सानन् पाठी हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ । ‘साना किसानले दुधका लागि गाई किनेर पाल्न सक्दैनन्’ मन्त्रालयका प्रवक्ता ठाकुरले भने, ‘तर, बाख्रा पाल्न गाह्रो छैन । त्यसैले साना किसानलाई दुध खुवाउनकै लागि अमेरिकाबाट पाठापाठी ल्याएका हौं ।’  धेरै दुध दिने ती बाख्राको दुध पोषणयुक्त खानेकुरा कम भएका गाविसका बालबच्चा, गर्भवति महिला वा सामान्य महिलालाई उपभोगका लागि उपलब्ध गराउने उदेश्यले आयात गरिएको मन्त्रालयका उपसचिव शंकर सापकोटाले बताए । ‘बाख्राको दुध धेरै पोसिलो हुन्छ’ सापकोटाले भने, ‘अझ भर्खरै जन्मिएको बच्चा र आमालाई खुवाउ“दा धेरै राम्रो हुने पाइएको छ ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :