रंगविरंगी फलफुल र तरकारीमा कस्तो पोषण

यो समाचार 327 पटक पढिएको

हामीले खाने फलफुल तरकारीहरु विभिन्न रंगहरुका हुन्छन्। ती सबैले आफ्नो आफ्नो विशेषता बोकेका हुन्छन्। र‌ंगका आधारमा यी फलफुल तरकारीहरुको पनि विशेष गुणहरु रहेका हुन्छन्।  केही फलफुल तरकारीका र‌ंगका आधारमा पाइने पोषण तत्वहरुका बारेमा विस्तृत जानकारी यसप्रकार रहेको छ।

रातो फलफुल तरकारीः
रातो रंगका फलफुल तरकारीमा लाइकोपेन, इलाजिक एसिड, क्वेरसेटिन र थोरै मात्रामा हेस्पेरेडिन पाइन्छ। यस्ता तत्वहरुले प्रोस्टेट क्यान्सर, कम रक्तचाप, ट्यूमर पलाउने जस्ता सम्भावना कम गर्नुका साथै एलडीएल कोलस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छन्।

सुन्तला र पहेँलोः
सुन्तला र पहेँलो रंगका फलफुल तरकारीमा जेजानथिन, फ्लाभोनोइड्स, लाइकोपेन, पोटासियम र भिटामिन सी पाइन्छन्। यस्ता पौष्टिक तत्वहरुले प्रोस्टेट क्यान्सर, एलडीएल कोलेस्ट्रोल र रक्तचापलाई पनि कम गर्छन्।

हरियो तरकारी र फलफुलः
हरियो रंगका तरकारी र फलफुलमा क्लोरोफील, फाइबर, ल्युटेन, जेजानथिन, क्यालसियम, भिटामिन सी र बिटा क्यारेटिन पाइन्छन्। यस्ता तत्वहरुले रक्तचाप, एलडीएल कोलेस्ट्रोल, क्यान्सरको खतरालाई पनि कम गर्नुका साथै पाचन प्रक्रिया, आँखाको दृष्टि पनि ठीक राख्छ। यसले रोगसँग लड्ने क्षमता पनि बढाउँछ।

निलो र बैजनीः
निलो र बैजनी रंगका तरकारी र फलफुलमा ल्युटेन, जेजानथिन, रेस्भीरेट्रोल , भिटामीन सी, फाइबर, फ्लाभोनोइड्स, एलाजीक एसिड र कर्सेटिन पाइन्छन्। यी तत्वहरुले पनि रक्तचाप, एलडीएल कोलेस्ट्रोल, ट्युमरको खतरालाई कम गर्छन्। पाचन प्रक्रिया, आँखाको दृष्टि ठीक राख्नुका साथै क्यान्सर कोशीकाको गतिविधिहरुलाई पनि नियन्त्रण गर्छ।

सेतो तरकारी र फलफुलः
सेतो रंगका तरकारी र फलफुलमा बिटा–ग्लुक्यान्स, इजीसीजी, एसडिजी र लिगन्यान्स जस्ता तत्वहरु पाइन्छन्। यी तत्वहरुले कोलोन, स्तन र प्रोस्टेट क्यान्सरको खतरालाई कम गर्छ र क्यान्सरसँग सम्बन्धीत हर्मोनहरुलाई पनि नियन्त्रण गर्छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :