डाबर नेपालको मौरीपालन कार्यक्रम

यो समाचार 257 पटक पढिएको

काठमाडौं, २८ साउन /डाबर नेपालको बनेपा, काभ्रेस्थित ग्रिनहाउस नर्सरीमा एकदिने मौरीपालन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

डाबर नेपालको मौरीपालन कार्यक्रमकार्यक्रममा स्थानीय कृषक तथा अन्य सरोकारवालाले सहभागिता जनाएका थिए । नेपालमा ग्रामीण कृषकको वैकल्पिक आय स्रोत सिर्जना गर्ने प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिँदै आएको कम्पनीको भनाइ छ । कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकाल, स्थानीय विकास अधिकारी चिरञ्जीवी तिमिल्सिना, जिल्ला वन अधिकारी गणेश राय, जिल्ला कृषि विकास अधिकारी दीपक पौडेललगायत कम्पनीको अनुसन्धान तथा विकास विभागमा कार्यरत भारतका र नेपालका स्थानीय वैज्ञानिक सहभागी थिए ।

डाबर नेपालका मौरीविज्ञ कृष्णराज कार्कीद्वारा सञ्चालित प्रवद्र्धनात्मक कार्यक्रमको उद्देश्य स्थानीय कृषकलाई उत्प्रेरित गरी त्यस क्षेत्रमा मौरीपालनजस्तो वातावरणमैत्री क्रियाकलापमा संलग्न गराउनु रहेको छ । बनेपा नर्सरीबाट सञ्चालित जडिबुटी संरक्षण र खेतीका अलवा डाबर नेपालको सामाजिक उत्तरदायित्व योजनाअन्तर्गत कार्यक्रम भएको हो । डाबरको बनेपा नर्सरीले स्थानीय महिलालाई बृहत् रूपमा रोजगारी प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत काभ्रेका कृषकलाई २०० मौरीका घार वितरण गरिएको थियो । घार प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला वन अधिकारी, जिल्ला कृषि विकास अधिकारी तथा डाबरका पदाधिकारीबाट हस्तान्तरण गरिएको हो । कार्यक्रममा डाबर नेपाल र स्थानीय कृषक समूहबीच हस्ताक्षर भएको सम्झौतापत्र आदान–प्रदान गरिएको छ । डाबर नेपालका निर्देशक हरकिरत सिंह वेदी र कृषक समूहका तर्फबाट खेलकृष्ण थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि मौरीपालनअन्तर्गत घार बनाउने, मौरीको रेखदेख, घार विस्तार, मैनको प्रयोगलगायत गुणस्तरीय मह उत्पादनको लागि आवश्यक तालिम तथा प्रदर्शनी लगातार रूपमा कृषकलाई उपलब्ध गराइनेछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :