कृषिको विकास गर्न युवा पलायन रोक : कृषिमन्त्री

यो समाचार 382 पटक पढिएको

ललितपुर, २८ साउन / उपप्रधानमन्त्री तथा कृषि विकासमन्त्री वामदेव गौतमले कृषि क्षेत्रका व्यवसायीकरणका साथै नेपालको समग्र आर्थिक विकासका युवा पलायन रोक्नुपर्ने बताएका छन् । अन्तराष्टिय युवा दिवसको सन्दर्भमा युवा किसान संघ नेपालद्धारा बुधबार ललितपुरमा आयोजित धान बचाउ अभियान कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री गौतमले यस्तो बताएका हुन् । बढ्दो युवा पलायनका कृषिमा परनिर्भरता बढ्दै गएकोले भोकमरी खतरा बढेको यनको भनाइ थियो ।

Bamdev-Gautam
नेपालीहरुमा आवश्यकताभन्दा बढी खाना खाने वानीका कारण पनि खाद्यन्नको आयात बढेको भन्दै उनले खानेवानीमा परिवर्तन आवश्यक रहेको बताए । उनले भने– प्रतिव्यक्ति ३ सयग्राम चामल भए पर्याप्त हुन्छ तर नेपालीहरुलाई एकमाना चामलको भातले पनि पुग्दैन, एक केजी मासु एउटैले सिध्याइदिन्छ । तन्दुरुस्तीका लागि सन्तुलित भोजन आवश्यक रहेको भन्दै मासुभातमा मात्र बल गर्नु नहुने उनको भनाइ छ । नेपालीको भात खाने संस्कृतिका कारण चामल आयात बढ्दै गएको भन्दै उनले गहुँ, मकै, कोदोलगायतका अन्य खाद्यन्नको उपयोग बढाउनसके धान बचाउन सकिने बताए । साथै कृषि क्षेत्रको विकासका लागि भूमिको रक्षामा जोड दिँदै खेतीयोग्य भूमिमा हाउजिङ कम्पनीको अतिक्रमण रोकिनुपर्ने पनि उनले बताए ।

उनले भने‘अब भूउपयोग नीति कडाईका साथ लागि गरिन्छ, कृषिपपछि मात्रै अन्य उद्योग प्राथमिकतामा दिनुपर्ने हुन्छ ।  एमालेका सचिव एंव प्रचार विभाग प्रमुख योगेश भट्टराईले आर्थिक क्रान्तिको जग कृषि नै भएको बताए । श्रम बजारमा आउने साढे ४ लाख युवालाई परिचालन अहिलेको प्रमुख चुनौति भएको उनको भनाइ थियो । अबको शिक्षा कस्तो हुने र युवालाई आर्थिक विकासमा कसरी लगाउने भन्नेबारे बहस आवश्यक रहेको बताउँदै युवाशक्ति उर्जाशील भएकाले युवालाई कृषि क्रान्तिमा परिचालनमा उनले जोड दिए ।

एमाले केन्द्रिय सदस्य साबित्रा भुषालले बेरोजगार युवा व्यवस्थान गर्न सकेमात्र मुलुकले उन्नति गर्नसक्ने बताए । कृषिमा बिचौलिया बढेको चर्चा गर्दै भुषालले कृषि सहकारीमार्फत कृषिको बजारीकरण गर्नुपर्नेमा जोड दिइन् । पूर्वमन्त्री केशवलाल श्रेष्ठले कृषिप्रधान देश भए पनि एक खर्ब बढी आयात हुनु दुःखद भएको बताए । युवा किसान संघका उपमहासचिव बलराम बास्कोटाले अबको संबिधानमा संबैधानिधक किसान आयोग बनाएर किसानका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । कार्यक्रम युवा किसान संंघका अध्यक्ष वाबुराम थापाको सभापतित्व भएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :