भुकम्पले पुष्प व्यवसायमा ३० करोडको क्षति

यो समाचार 237 पटक पढिएको

काठमाडौं, २६ साउन / भूकम्पका कारण कृषिजन्य उत्पादनमध्ये उत्पादित पुष्पले आन्तरिक बजार नपाउदा यो क्षेत्र धरासायी भएको छ । महाभुकम्प गएको तेश्रो महिना बित्न लाग्दासमेत पुष्प व्यवसाय तग्रिन सकेको छैन् । यो क्षेत्रमा निर्भर रहेका सयौं किसान र व्यवसायीको आर्थिक उपार्जन गर्ने साधन पनि खोसिएको छ ।

भुकम्पले गर्दा तहस नहस भएको पुष्पको उत्पादन तथा व्यवसायमा ८५ प्रतिशतले कमी आएको छ । भुकम्पको प्रत्यक्ष असरका कारण गत बैशाख र जेठ महिनामा पूर्ण रुपमा ठप्प भएको पुष्प व्यवसाय साउन बित्न लाग्दा पनि तग्रिन नसकेको नेपाल फलोरिकल्चर एशोसिएसन(फ्यान) ले जनाएको छ । खुशी र आनन्दको अवस्थामा पुष्प किन्ने, रोप्ने, गमलामा सजाउने र प्रयोग गर्ने चलन भएपनि भुकम्पका कारण सर्वसाधारणमा परेको मानसिक असुरक्षाका कारण यसको बजार हवात्तै घटेको हो ।

फ्यानका अध्यक्ष लोकनाथ गैरेकाअनुसार भुकम्पका कारण सर्वसाधारणको घर ध्वस्त हुनुका साथै पर्यटकीय क्षेत्र, होटेल तथा रेष्टुँंरा व्यवसाय, बैंक तथा कर्पोरेटका कार्यक्रममा आएको गिरावटका कारण पुष्प व्यवसाय धरासायी भएको हो । यसवाहेक पुष्पको सबैभन्दा बढी खपत हुने विवाहोत्सवसमेत अहिले भडकिलोभन्दा सामान्य रुपमा हुन थालेपछि उत्पादन भएका पुष्प पनि बजार पाउन सकेको छैन् । विवाहोत्सवको अवसरमा सबैभन्दा बढी दुलहा दुलही बस्ने सबारी साधन, विवाह मण्डप, पार्टी प्यालेस र स्वागत गर्न पुष्पको प्रयोग हुने गथ्र्यो ।

‘भुकम्पले पुष्पको उत्पादन र व्यवसाय क्षेत्रमा प्रत्यक्ष असर पा¥यो,’ अध्यक्ष गैरेले भने, ‘भुकम्पले गर्दा यो क्षेत्रका किसान तथा व्यवसायीले करौडौं मूल्यको क्षति व्यहोर्न बाध्य भए ।’ फ्यानकाअनुसार गत् बैशाखदेखि असारसम्म ३० करोड मूल्य बराबरको पुष्प क्षेत्रमा क्षति भएको छ । विवाहोत्सव समय मानिएको बैशाखदेखि असारसम्मको अवधीमा पनि पुष्पको व्यवसाय पूर्ण रुपमा ठप्प रहेका कारण झन ठूलो घाटा व्यहोर्नु परेको किसान तथा व्यवसायीहरुले बताएका छन् ।

गैरेका अनुसार भुकम्पका कारण घर भत्केका घरधनीले नयाँं घर बनाउन व्यस्त भएको र कुनै असर नगरेका घरका धनीले समेत अहिले पुष्पभन्दा सुरक्षालाई पहिलो प्राथमिकता दिएकाले उत्पादित पुष्प बजारमा बिक्रि हुन छाडेको छ । घरधनीले अहिले कुनै पनि प्रकारका पुष्प र गमलासहितको पुष्प खरिद गर्न नसकेको फयानले जनाएको छ । ‘बैशाखदेखि असारसम्म सतप्रतिशत घाटा व्यहोरेको यो क्षेत्रले साउन पहिलो सातादेखि बल्ल १० देखि १५ प्रतिशतले बजार पाउन थालेको छ । कात्तिससम्म अवस्था सामान्य नभए झन ठूलो क्षति व्यहोर्नुपर्छ ।’

बढी पुष्प खपत हुने तारे होटेल, ठूला रेष्टुरेन्ट र पर्यटकीय ट्राभल एजेन्सीले समेत पर्यटनको अभावमा अहिले पुष्पको खरिद नगर्दा पुष्पको ठूलो हिस्साले बजार पाउन छाडेको छ । यो क्षेत्रमा साउनदेखि दुईदेखि पाँंच प्रतिशतका दरले पुष्पको प्रयोग हुन थालेको छ । यसैगरी नियमित बैठक तथा कार्यक्रमका लागि पर्याप्त मात्रामा पुष्पको प्रयोग गर्ने बैंक तथा कर्पोरेट हाउसमा पनि नियमित कार्यक्रम नहुँंदा पुष्पको बजार घटेको हो । पछिल्लो समयमा यो क्षेत्रले पनि १५ देखि २० प्रतिशतको हाराहारीमा मात्र पुष्प खरिद गर्दैआएको छ ।

उत्पादित मौसमी फुलले बजार पाउन छाडेपछि कतिपय किसानले खेतमै त्यस्ता पुष्प टिपेर मिलकाउदैं आएका छन् । ‘सर्वसाधारणको मानसिक, समाजिक र पारिवारिक अवस्थामा बिस्तारै सुधार आएपनि पुष्प क्षेत्रमा कुनै सुधार आउन सकेन,’ अध्यक्ष गैरेले शनिबार अन्नपूर्ण पोष्टसँंग भने । फयानकाअनुसार बजार नपाउदा मौसमी पुष्प तथा कटफ्लावर तर्फ ठूलो क्षति पुगेको हो । उपत्यकावाहेक पुष्पको पकेट क्षेत्र सिन्धुपाल्चोक, काभ्रे, दोलखा र धादिङ्ग जिल्लाका किसान र पुष्पको क्षेत्रफलमा पनि भुकम्पले प्रत्यक्ष असर पु¥याएको छ । जसका कारण उपत्यकामा रहेका कटफ्लावरतर्फ ८६ बिक्रि केन्द्रमध्ये अहिले ४० वटा बन्द भएका छन् । यसैगरी मौसमी पुष्पतर्फ अढाईसय बिक्रि केन्द्रमध्ये एक सय ५० वटा बन्द भएका छन् ।

बार्षिक करिब एक अर्ब २५ करोडको कारोबार गर्ने पुष्प क्षेत्रमध्ये कटफ्लावरको मात्रै बार्षिक ३० करोडको कारोवार हुन्छ । बाँंकी मौसमी पुष्प, अर्नामेन्टललगायतको कारोबार हुन्छ । नेपालबाट बार्षिक ४ करोडको कट फलावरको विभिन्न मुलुकमा निर्यात हुँंदैआएको छ । सोही परिमाणमा उक्त पुष्पको आयात पनि हुन्छ । सन् १९५० बाट सुरू भएको पुष्प व्यवसायमा ६ सय ७५ वटा व्यवसायिक फर्म र नर्सरीले पुष्प उत्पादन गर्दैआएको छ । फ्यानका अनुसार काठमाडौं उपत्यका, धादिङ, दोलखा, सिन्धुपाल्चोक, धनुषा, नुवाकोट, चितवन, काभ्रे, कास्की, बुटवटलसहित ३८ जिल्लामा एक सय ४१ हेक्टर क्षेत्रफलमा पुष्पको व्यवसायिक उत्पादन हुन्छ । नेपालमा बर्षेनी १२ देखि १५ प्रतिशतका दरले पुष्पको माग बढ्दै गएको छ । यो व्यवसायबाट ४० हजारभन्दा बढी परिबारले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :