सिराहामा पहिलोपटक मेसिनले धान काटियो

यो समाचार 206 पटक पढिएको

सिराहा, ७ पुस । सम्पैत बीउ उत्पादन तथा बिक्री केन्द्र सन्हैठा सिराहाले जिल्लामा शनिबार पहिलोपटक मेसिनको प्रयोग गरी धान काटिएको छ । सिराहा सदरमुकामस्थित थाना चौकमा केन्द्रले लिजमा लिएको जग्गामा लगाइएको धान पहिलोपटक मेसिनबाट काटिएको हो ।Paddy Cutting Machine

मेसिन प्रयोग गरेर धान काट्दा हेर्नेहरुको घुइँचो लागेको थियो । हेर्नका लागि खेतमा पुगेका सिरहा नगरपालिकाका दिनेश यादवले वैदेशिक रोजगारीका कारण कामदारको अभावमा धान काट्न हम्मेहम्मे भइरहेको बेला जिल्लामा भित्रिएको मेसिनले किसानलाई सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सोना, मन्सुली, सोना मन्सुली, कान्छी, हर्दिनाथ लगायतका धानबाली गहुँ, मकै घाँस काट्नुका साथै रूख, बिरुवा काटछाँट गर्न यो मेसिनको प्रयोग गर्न सकिने केन्द्रका अध्यक्ष रामेन्द्र यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– “कामदारको अभाव भइरहेको समयमा यो मेसिनले किसानलाई ठूलो राहत दिने भएको छ ।” धान काट्ने उक्त मेसिनमा चार किसिमको प्लेट लाग्ने गरेको र प्लेटअनुसार नै कटान हुने गरेको केन्द्रका अध्यक्ष यादवको भनाइ छ । उहाँका अनुसार उक्त मेसिनले प्रतिघण्टा दुईदेखि तीन कट्ठाको धान काट्न सकिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :