नेपाली बजारमा अन्तर्राष्ट्रिय जैविक मल र बिषादी

यो समाचार 383 पटक पढिएको

काठमाडौं, २३ साउन / ग्रीन क्लिन अर्गानिक नेपाल ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टिङ्ग प्राइभेट लिमिटेडले थाइल्याण्डस्थित जरुपव म्यानुफयाक्चरिङ्ग कम्पनीद्वारा उत्पादित विश्व विख्यात कृषि क्षेत्रमा प्रयोग हुने अर्गानिक जैविक मल, जैविक विषादी तथा औषधी, झोल मल तथा जनावरलाई खुवाइने जैविक खाना बजारमा भित्र्याएको छ ।
Jurupabzerग्रीन क्लिन अर्गानिक नेपालका कार्यकारी अध्यक्ष दीपेन्द्र शाहीका अनुसार उत्पादक कम्पनी जोरुपवले मुख्यगरी समुद्री माछाको बाहिरी खोल तथा प्राकृतिक जडिबुटीको समिश्रणबाट निर्माण भएको जैविक मल, बिषादी तथा खाना शत प्रतिशत शुद्ध र रसायनिक बिषादी रहित भएको दावी गरे । “यसमा कुनै पनि प्रकारको रसायनिक तत्व मिसाइएको छैन,” अध्यक्ष शाहीले भने,“यो शत प्रतिशत बिषादीबाट मुक्त अर्गानिक उत्पादन हो ।”

ग्रीन क्लिनले राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर जैविक झोल मल, जैविक विषादी, जैविक फुड सप्लिमेन्ट्री, जैविक दाना भित्र्याएको हो ।  म्यानमार, बर्मा, दक्षिण कोरिया, नाइजेरिया, चीन, भियतनाम, जापान, मलेसियालगायतका दर्जनौं मुलुकका किसानले सफलता पूर्वक प्रयोग गरिरहेका यस्ता उत्पादनको एउटा सेटको दुईहजार एकसय मूल्य तोकिएको छ । नेपाली बजारमा उपलब्ध रसायनिक अन्य मल र बिषादीको तुलनामा जोरुपव अर्गानिक उत्पादन निक्कै सस्तो रहेको ग्रीन क्लिनले दाबी गरेको छ ।
थाइल्याण्डबाट नेपालमा भित्रिएको अन्तर्राष्ट्रिय जैविक मल, बिषादी र फुड सप्लिमेन्ट्री काठमाडौ, धाधिङ्ग, ललितपुर, भक्तपुर,इलाम, हेटौडा, चितवन, बनेपाका विभिन्न सहकारी तथा एगो भेटहरुबाट सहजरुपमा विक्रि वितरण भइरहेको जनाएको छ ।  जैविक झोल मल, जैविक विषादी, जैविक फुड सप्लिमेन्ट्री, जैविक दाना नेपाली माटोमा सफल परिक्षण गरिएको र यसले नेपाली किसानको अर्गानिक खेतीमा सार्थकता तुल्याउने दाबी पनि गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :