बल्खु तरकारी बजार विस्तार

यो समाचार 295 पटक पढिएको

काठमाडौं, २१ साउन / बल्खु तरकारी बजार विस्तार गरिएको छ । शुभश्री एग्रो प्रालिले बल्खु तरकारी बजारलाई विस्तार गरेको हो ।

Balkhu tarkari bajarकरिब दुई करोडको लागतमा निर्माण सम्पन्न विस्तारित बजारबाट थप तीनसयले रोजगारी पाउने वल्खु तरकारी बजारका कार्यकारी निर्देशक रामकृष्ण कुँवरले बताए । विभिन्न चार चरणमा विस्तार गरिएको तरकारी बजारमा यसअघिसम्म ७ सयभन्दा बढीले रोजगारी पाउँदै आएका थिए । विस्तारित तरकारी बजारको बिहीबार उद्घाटन गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंहले कृषि क्षेत्रको विकासले कृषकको मात्र नभई समग्र देशको आर्थिक उन्नति तथा सामाजिक परिवर्तन सम्भव हुने बताए ।केही वर्षअघि धान तथा चामल निर्यात गर्ने नेपाल अहिले अधिकांस खाद्यन्न आयात गर्ने अवस्थामा पुग्नु लाजमर्दो भएको उनको भनाइ थियो ।

कृषि विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्कीले अर्थतन्त्रको सम्वाहक निजी क्षेत्र नै भएकोले अन्य क्षेत्रमा पनि बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताए । तरकारी बजारका अध्यक्ष मोहनकुमार बस्नेतले सरकारले कृषि क्षेत्र लगानी बढाएर रोजगारीका लागि विदेसिने युवा शक्तिलाई स्वदेशमै परिचालन गर्नुपर्ने बताए । उक्त तरकारी बजारबाट विभिन्न २३ जिल्लाका कृषक लाभान्वित हुने बताइएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :