भूमि विधेयकसम्बन्धी प्रतिवेदन पेस

यो समाचार 173 पटक पढिएको

काठमाडौँ, १८ साउन/ व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा भूमिसम्बन्धी (छैटौँ संशोधन)  विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२ पेस भएको छ ।

gagan thapaकृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाले सो प्रतिवेदन पेस गर्नुभएको हो । बैठकमा विधायन समितिको प्रतिवेदन सहितको केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने विधेयक २०७१ माथिको छलफल तथा सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव भने एकीकृत नेकपा (माओवादी) को बहिष्कारका कारण पारित हुन सकेन ।

यस अघि अर्थमन्त्री डा. रामशरण महतले विनियोजन विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि भएको भएको सैद्धान्तिक छलफलमा केही सांसदले बोलिसकेपछि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बजेट निर्माण प्रक्रियामा शान्ति प्रक्रियाको पाटोलाई बिर्सिएको, भूकम्पपछिको अवस्थालाई सामना गर्न एकताबद्ध हुनुपर्नेमा बेवास्ता गरिएको र जिल्लास्तरबाट सिफारिस भएका आयोजनालाई पन्छाइएको आरोप लगाउनुभएको थियो । सो दलका सदस्य बाहिरिएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गर्नुभएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :