उपप्रधान तथा कृषिमन्त्रीलाई थाहा छैन, कुल व्यापार घाटा !

यो समाचार 206 पटक पढिएको

‘रक्सी बढी सेवन गर्छन् नेपाली’

काठमाडौं, १८ साउन /
उपप्रधान गृह तथा कृषिमन्त्री वामदेव गौतम : नेपाल खाद्यान्न र अन्य उत्पादनमा आत्मनिर्भर नहुँदा गत आर्थिक वर्षको तथ्यांक अनुसार मुलुकको कुल व्यापार घाटा १९ देखि २० खर्ब पुगेको छ।त्यसैले व्यापार घाटा दर कम गर्न कम्तिमा पनि खाद्यान्न उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्छ।

चियाविज्ञ बद्री वास्ताकोटी : हैन हजुर १ व्यापार घाटा करिब आठ खर्ब मात्रै हो।
गौतम : होइन, १९ देखि २० खर्ब नै हो।
बास्ताकोटी : हजुर १ हैन हैन, करिब आठ खर्ब मात्रै हो।
गौतम : केरे, आठ खर्ब हो रे रु होइन तपाइँले गल्ती सुन्नु भएछ। १९ देखि २० खर्ब नै हो।

coffeeeeचिया तथा कफी विकास बोर्डले आईतबार राजधानीमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा मुलुकका उपप्रधान, गृह तथा कृषिमन्त्री वामदेव गौतम र बोर्ड अन्तर्गत ट्रेड एन्ड प्राइभेट सेक्टर डेभलपमेन्ट प्रोजेक्ट (टीपीएसपी) मा चिया विज्ञको रूपमा काम गर्दै आएका बास्ताकोटीबीचको वार्तालाप हो यो।

सार्वजनिक स्थानमा महिलामाथि दुव्र्यवहार गरेको आरोपमा हरिप्रसाद पराजुली कृषिमन्त्रीबाट निकालिएपछि कृषि मन्त्रालयको जिम्मेवारी समेत गौतमले सम्हालेका छन्। उनलाई मुलुकको कुल व्यापार घाटा कति होरु भनेर जानकारी नहुँदा कार्यक्रममा सहभागी सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरू मुखामुख गरे। केहीले खासखुस गरे। एकैछिनमा नथामिने हाँसो चल्यो। तर, उपप्रधानमन्त्री गौतमभन्दा चिया विज्ञ बास्ताकोटी नै सही थिए।

सरकारको तथ्यांक अनुसार आर्थिक वर्ष २०७1/७२ मा कुल आठ खर्बको आयात भएको थियो। जसमध्ये ७ अर्ब १७ अर्ब व्यापार घाटा भएको थियो। गत वर्ष ३५ अर्ब २५ करोड मूल्य बराबरको खाद्य सामग्री आयात भएको छ।

तयारीबिना कार्यक्रममा पुगेका गौतमले भाषण गर्दा गलत तथ्यांकमा अड्डी कसेपछि हाँसोको पात्र बन्नुपरेको थियो। मन्त्री गौतम अन्य औपचारिक कार्यक्रममा पनि अतिथि भएर भाषण गर्न तयारी नगरी पुग्ने गरेको पाइएको छ।सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आयोजना गरेको औपचारिक कार्यक्रममा पनि उनले तयारीबिनै भाषण गर्दा आलोचना खेप्दै आएका छन्।

पछिल्लो उदाहरण रानीबारी हत्याकाण्डमा अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुखसहित तीन जनालाई गृह मन्त्रालयमा पुरस्कृत गर्दा भाषण गर्ने क्रममा मन्त्री गौतम आलोचित बनेका थिए।कफी विकास बोर्डले वार्षिक समीक्षामा प्रमुख अतिथिको रूपमा निम्त्याइएका गौतमले रक्सीको कुरा समेत गरेका थिए । उनले भन्सार कार्यालयले रक्सीमा मात्रै वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने गरेको तथ्य खुलाए।

गौतमले नेपालीहरूलाई अर्को आरोप लगाउँदै भने, ‘अब नेपालीहरू दूध, चिया र कफीभन्दा रक्सी बढी सेवन गर्न थालेछन् । नपत्याए भन्सारमा रक्सीको आयात राजस्व हेर्नुस्। तथ्यांकले नै पुष्टि गर्छ, नेपालीहरू कति रक्सी खान्छन् भनेर । नेपालीको रक्सी सेवन गरेको देख्दा अन्तर्राष्ट्रिय जगत पनि तीनछक्क परेका छन्।’

करिब आधा घण्टा भाषण गरेका गौतमले २०६५ सालमा रक्सी आयातबाट वार्षिक २५ अर्ब राजस्व उठाएको भन्सार कार्यालयले अहिले एक खर्ब उठाएको जानकारी गराए। मन्त्री गौतमले अर्गानिक(बिषादीरहित) चिया तथा कफी उत्पादन नगरेसम्म अन्तर्राष्ट्रिय बजार विस्तार नहुने बताए। अत्‍याधिक विषादी प्रयोगका कारण काठमाडौं,धादिङ र काभ्रेको प्रत्‍येक १० घरमध्‍ये एक घरमा क‍यान्सर रोगी भेटिएको दाबी।

रक्सीको आयात दर घटाउन चिया र कफीको उत्पादन तथा खपतमा बोर्डले ध्यान दिनुपर्ने सुझाव उनले दिए। अत्याधिक बिषादी प्रयोगका कारण काठमाडौं, धादिङ र काभ्रेको प्रत्येक १० घरमध्ये एक घरमा क्यान्सर रोगी भेटिएको उनले दाबी गरे। कृषिमन्त्रीको हैसियतमा गौतमले विषादीको बारेमा केही लामो भाषण गरेका थिए। भारतको पञ्जावमा अत्याधिक बिषादी प्रयोग गरिएका कारण उक्त राज्यमा अत्याधिक क्यान्सर रोगी भेटिएको बताउँदै उनले भने, ‘क्यान्सर रोगीको संख्या यति धेरै बढ्यो कि पञ्जावबाट क्यान्सर रोगी बोकेर दिल्ली गुड्ने एउटा ट्रेनको नाम नै पञ्जाव क्यान्सर ट्रेन राखिएको थियो। भविष्यमा नेपालमा पनि यस्तो अवस्था आउन नदिन अहिलेदेखि नै सचेत हुन आवश्यक छ।’

कार्यक्रम अवधिभर हाँसको पात्र बनेका गौतमले चियाकफी सेवनलाई चाँदीसँग जोड्न पुगे। उनले भने, ुअब त मान्छे कति सौखिन भए भने चाँदीको कपमा पनि चियाकफी पिउन थाले।ु कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले चिया तथा कफी विकासको लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने जानकारी दिए’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :