चिया तथा कफि विकासका लागि दोब्बर बजेट

यो समाचार 208 पटक पढिएको

काठमाडौं, १७ साउन /सरकारले चालु आर्थिक वर्ष चिया तथा कफीको प्रवद्र्धनका लागि ११ करोड बजेट विनियोजन गरेको छ । जुन गतवर्षभन्दा दोव्वर बजेट हो ।

coffeeeeगतवर्ष ६ करोड २५ लाख ३० हजार रुपैंया बिनियोजन गरेको थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्धारा आइतबार राजधानीमा आयोजित समिक्षा गोष्ठीमा बोर्डका योजना अधिकृत गौरव लुईटेलले उक्त जानकारी दिएका हुन् । बोर्डले उक्त रकमको अख्तियारीसमेत पाइसकेको खर्चका लागि राष्ट्रिय योजना आयोगमा छाप लगाउन पठाइएको उनले बताए । बोर्डले चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गर्दै चालु आवमा ६० हेक्टर जमिनमा चिया र १६० हेक्टर जमिनमा कफी खेती विस्तार गर्ने जनाएको छ । त्यस्तै प्युठान र सोलुखुम्बुमा बोर्डका शाखा कार्यालयहरु विस्तार गर्ने तथा चिया र कफीका २०–२० जना प्रमाणिकरण इन्सपेक्टरहरु तयार गर्ने योजनासमेत अघि सारेको छ ।

बोर्डले गत आबमा दुई लाख ४६ हजार थान ५० प्रतिशत अनुदानका विरुवा तथा २२५ किलो बिउ शतप्रतिशत अनुदानमा वितरण गरेकोमा उक्त सहयोगबाट १२५ हेक्टरमा कफी खेति विस्तार भएको जनाएको छ । युरोपियन युनियन, स्विडेन, नर्वे, स्विजरल्याण्ड दÔिण कोरिया, जापानलगायतका मुलुकमा नेपाली कफीको ट्रेडमार्क दर्ता भइसकेको छ । दुईदिनसम्म सञ्चालन हुने समिक्षा गोष्ठीको उद्घाटन गर्दै उपप्रधान तथा कृषि विकासमन्त्री वामदेब गौतमले बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि चिया कफीको उत्पादन र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । निर्यात व्यापारमा चिया तथा कफीले पुरयाएको योगदानअनुसार सरकारले यसको विकासमा ध्यान दिन नसकेको उनको स्वकारोक्ती थियो । निर्यात प्रवद्र्धनका लागि अर्गानिक उत्पादनमा जोड दिनुपर्ने पनि उनले बताएका छन् ।

बोर्डले बजेट खर्चको प्रगति सन्तोषजनक रहेकोमा खुशी हुनुभन्दा परिमाण तथा कफीको विकास र विस्तारमा लाग्नुपर्ने उनको निर्देशन थियो । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराइले कुल गार्हथ्य उत्पादनमा चिया तथा कफीको योगदान नगन्य देखिएपछि व्यापारघाटा न्युनीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले गतवर्ष सरकारको निर्णयअनुसार कृषि क्षेत्रमा ६ प्रतिशत व्याजदरमा कर्जा कार्यान्वयन हुन नसकेको भएपनि चालु आर्थिक वर्षमा कार्यान्वयनका लागि वातावरण तयार भएको जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :