प्रधानमन्त्रीलाई किसानको ज्ञापन

यो समाचार 250 पटक पढिएको

वीरगन्ज, १६ साउन / धानखेतीमा पानीको चरम अभाव भएपछि अत्तालिएका पर्साका किसानहरुको एक समूहले शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै जिल्लालाई सुक्खाग्रस्त घोषणा गर्न माग गरेका छन्। उनीहरुले यहाँका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्।


Paddyपानी अभावले धानबाली संकटमा परेको बताउँदै किसानहरुले खडेरी लागेको कुरा प्रधानमन्त्रीसमक्ष पुर्या इदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे। जिल्ला किसान संघका अध्यक्ष किशोरीप्रसाद साहले ज्ञापन दिएका थिए। जिल्ला कृषि कार्यालय पर्साका अनुसार जिल्लामा धान खेती हुने ४७ हजार हेक्टरमध्ये एक तिहाई खेतमा एक झार पनि रोपाइँ हुन पाएको छैन। रोपाइँ भइसकेका खेतहरुमा पनि सुक्खाका कारण धाँजा फाटिसकेको आफूहरुले स्थलगत अध्ययनमा फेला पारेको कृषि कार्यालय प्रमुख कमलराज गैह्रेले बताए।

जिल्ला सुक्खाग्रस्त भइसकेको निष्कर्षमा पुगेका उनले यसपालि धान उत्पादनमा निकै कमी आउने अनुमान गरे। यता खेतीका समस्याहरुका एकिकृत पहलका निम्ति किसानहरुको बृहद भेला गर्ने तयारीमा रहेका अगुवाले विभिन्न राजनीतिक दलका भातृसंगठनका रुपमा रहेका किसानहरुका संस्थालाई संकटको घडीमा एकत्रित पारेर अघि बढ्ने बताएका छन्। उनीहरुले सुक्खाग्रस्त क्षेत्र पर्साका लागि मालपोत कर मिनाहा, कृषि ऋण मिनाहा, राहतको माग गरेसँगै मुख्य समस्या बनेको सिचाइँका लागि ुडिप ट्युबेलु र त्यसलाई चलाउन कृषि प्रयोजनका लागि विद्युत आपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। प्रजिअ घिमिरेले किसानको ज्ञापन प्रधानमन्त्रीको कार्यालयलाई पठाइने बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :