बंगुरको मासु ढुवानी गर्न ‘घूस’

यो समाचार 276 पटक पढिएको

काठमाडौं, कोरिया र जापानमा सात वर्ष अनुभव सँगालेर नेपाल फर्केका बाँकेका दीपेन्द्रकुमार जोशीले १ करोड हाराहारी लगानी गरेर नेपालगन्जमा व्यावसायिक बंगुरपालन थालेको ५ वर्ष बित्दै छ । भारत, बर्दिया, बाँके, सुर्खेतलगायत क्षेत्रबाट जिउँदो बंगुर संकलन गरी उनी मासु मात्र राजधानीमा आपूर्ति गर्दै आएका छन् । तर मासु उत्पादनमा ७ प्रतिशत योगदान पुर्‍याइरहेको व्यवसायमा सरकारी निकायबाट भइरहेको असहयोगले भने उनी दुःखी छन् ।Bangoor

ुबंगुरको मासु ढुवानी गर्दा ट्राफिकले गाडी भएन भन्दै रोकिदिन्छ, २र४ सय घूस नखुवाई नेपालगन्जदेखि काठमाडौं पुग्न सकिँदैन,ु कृषि विकास मन्त्रालय मातहतको केन्द्रीय बंगुर तथा कुखुरा प्रवर्द्धन कार्यालयले आयोजना गरेको पहिलो राष्ट्रिय बंगुर कार्यशालामा उनले गुनासो पोखे । थुप्रै पटक कृषिमन्त्री, कृषि सचिव, पशुपक्षी बजार प्रवर्द्धन निर्देशनालय, उद्योग वाणिज्य महासंघलाई ढुवानीमा ट्राफिक प्रहरीले दिँदै आएको सास्तीबारे जानकारी गराउँदा पनि अन्याय भइरहेको जोशीले कार्याशालामै बताए ।

नात्थुप्रसाद चौधरी कृषि सचिव हुँदादेखि गुनासो गर्दै आएका व्यवसायी जोशीले तीन वटा सचिव फेरिँदासम्म सुनुवाइ नभएको बताए । ुयसपटक पनि कार्याशालामा यस विषयका सरकारी अधिकारीहरूलाई भने, निर्देशिकामा समावेश गर्छौं भन्ने आश्वासन मात्रै पाइयो पहल होला जस्तो लागेन । बंगुरको मासुमा आत्मनिर्भर रहेको मुलुकमा सरकारले उद्यमीका समस्या समाधानमा ध्यान दिँदैन,ु उनले भने, ुहामीलाई ट्राफिक प्रहरीले मात्रै दुःख दिइरहेको छैन, विद्युत् प्राधिकरण, घरेलु, वाणिज्य कार्यालयबाट पनि सहयोग भइरहेको छैन ।ु सुदूर र मध्यपश्चिम क्षेत्रबाट बंगुरको मासु राजधानी आपूर्ति गर्ने आफूसहित बिके कोल्ड स्टोरले पाउँदै आएको ढुवानी सास्तीबारे सुनाउँदा त्यहाँ सहभागी अरू व्यवसायीहरूले पनि मासु आयातरनिर्यात गर्दा ट्राफिक प्रहरीले दिने हैरानीबारे गुनासो गरेका थिए ।

जोशी सातामा १ देखि २ हजार किलो हाराहारी मासु सफ्ट टप भएको गाडीमा नेपालगन्जदेखि काठमाडौंसम्म ढुवानी गर्छन् । बंगुर काट्ने सलटर हाउसको समेत सुविधा नभएको बताउने उनले राजधानीका होटल, पार्टी प्यालेस, मासु पसललाई उत्पादन बिक्री गर्छन् । उनी जस्तै व्यवसायीले प्रयोग गर्ने सफ्ट टप गाडीमा झ्याल, भेन्टिलेटर हुन्छन् । यातायात विभागले मासु बोक्ने हार्ड टप गाडी उपलब्ध गराउने नीति नभएको बताउँदै सफ्ट टप गाडी मात्रै उपलब्ध गराएको छ । तर ट्राफिकले मासु बोक्न प्रयोग हुने गाडी झ्याल, भेन्टिलेटर खुला भएको कारण देखाउँदै निगरानी गर्छ । ुट्राफिकसँग कति बाझ्नु भनेर म त सवारी ऐनै बोकेर हिँड्ने गरेको छु,ु झापाको शरणामतीमा फार्म सञ्चालन गर्दै आएका भीमप्रसाद राईले भने । पछिल्लोपटक साना किसानहरूको आयस्रोतको राम्रो माध्यम भएको बंगुरपालन व्यवसायमा संलग्न ३९ व्यवसायीले चीन र भारतमा निर्यातको समेत सम्भावना रहेको जनाउँदै सरकारले गर्दै आएको असहयोगलाई तत्कालन सुधार्न कार्यशालामा बताएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :