तरकारी बेचेरै मासिक १५ हजार आम्दानी

यो समाचार 220 पटक पढिएको

सल्यान, ४ साउन / रोजगारीका लागि दिनहुँ जसो नेपालीहरु विदेशिई रहेको अवस्थामा सल्यान शारदा नगरपालिका वडा न ६ पुुस्कर खत्रीले तरकारी खेतीबाट वर्षमा लाखौको आम्दानी गर्दै आइरहेका छन् ।तबचपबचष्ज्ञ

Vegetable seed

शारदा नगरपालिका वडान ६ भट्टाचौरका ४० वर्षिय पुस्कर खत्रीेले विगत १२ वर्षदेखि तरकारी खेती गर्दै आइरहेका छन् । उनले तरकारी खेतीबाट वार्षिक १ लाख ५० हजार भन्दा बढि आम्दानी गर्दै आइरहेका हुन् । झन्डै ३ रोपनी जग्गामा तरकारी खेती गरी घर खर्च र तरकारीको औषधि देखि अन्य खर्च कटाएर वार्षिक १ लाख ५० हजार भन्दा बढि आम्दानी हुदै आइरहेको कृषक खत्रीले बताए ।

उहाँले भन्नुभयो मेरो बारीमा अहिले काउली, गोपी, टमाटर, सिमि, बोडि लगायतका तरकारीहरु रहेका छन् । ती तरकारी बेच्न जानै पदैन घरमै आएर उपभोक्ताहरुले तरकारी किनेरै लैजान्छन् । युुवाहरु विदेशमा गएर भौतारिनु भन्दा यस्ता आय आर्जन हुने ठाउमा लाग्न सके देश र आफैले फाइदा हुने उनले बताए ।

तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि प्रत्येक वर्ष तरकारी खेती विस्तार गर्दै लाने योजना रहेको खत्रीले बताए । उनले भने– तरकारी खेतीबाट राम्रो आम्दानी हुदै आइरहेको छ प्रत्येक वर्ष तरकारीको क्षेत्र विस्तार गर्दै आइरहेको छु आगामी दिनमा पनि यसलाई निरन्तरता दिने छु ।

काम गर्न सक्ने इच्छाशक्ति हुने हो भने आफ्नै बारीमा सुन फलाउन सकिने रहेछ भन्ने उनको अनुभव रहेको छ । कुनै पनि कामलाई सानो ठुलो नछुट्याएर काम गर्ने हो भने बेरोजगार भएर विदेशमा गएर दुख गर्नु नपर्ने बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :