२ अर्बको चिया निर्यात, १ लाखलाई रोजगारी

यो समाचार 294 पटक पढिएको

काठमाडौं, ४ साउन / वार्षिक २ अरबभन्दा बढी मूल्यको चिया निर्यात गर्ने नेपालले चिया उद्योगमा १ लाख बढीलाई रोजगारी दिने गरेको छ । २० हजार टनभन्दा बढी चिया उत्पादन गर्दै आएको नेपालले चिया निर्यात गरेर २ अर्व बढी आम्दानी गर्दै आएको हो । १ लाख जनाले प्रत्यक्ष रोजगारी पाएको चिया खेतीबाट १८ हजार परीवार चियामा आश्रीत रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

jhapa tea

विश्वभरि उत्पादन हुने मध्ये नेपालमा शुन्य दशमलव ०४ प्रतिशत चिया उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने चिया मध्ये ५० लाख किलो अर्थोडक्स र बाँकी ४० प्रतिशत सिटीसि चिया उत्पादन हुने गर्दछ । देशमा उच्पादन हुने ५० लाख किलो अर्थोडक्स चिया मध्ये ८५ प्रतिशत जर्मनीमा र बाँकी अन्य मुलुकमा निर्यात हुने गरेको बोर्डले जनाएको छ । हिमालयन अर्थोडक्स टि प्रोड्यूसर्स एसोसिएसनमार्फ नेपालबाट अर्थोडक्स चिया निर्यात हुने गरको छ । ‘९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेकोमा ८५ प्रतिशत जर्मनीमा जान्छ’ एसोसिएसनका सल्लाहकार तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माले बताए । नेपालमा यसअघिसम्म अर्थोडक्स चियाको लागि आधिकारीक ट्रेडमार्क नहुँदा त्यसमध्ये ९० प्रतिशत अर्थोडक्स चिया कलकत्ता हुँदै निर्यात हुने गरेको र जम्मा १० प्रतिशतमात्रै सिधै नेपालबाट निर्यात हुने गरेको उनको भनाई छ ।

चिया प्रबद्र्धनमा सहयोगका लागि हालैमात्र बोर्डले छुट्टै ट्रेडमार्क दर्ता गरी सञ्चालनमा ल्याएको छ । ट्रेडमार्क दर्ता गरेर हिमालय अर्थोडक्सलाई प्रयोगका लागि दिईएको बोर्डले जनाएको छ । अर्थोडक्स उत्पादकले आफ्नो फरक पहिचान आवश्यक परेको भन्दै ७ वर्षअघिदेखि बोर्डसँग माग गर्दै आएका थिए । ‘अर्थोडक्स फरक पहिचान भएको र विदेशमा माग बढी हुने चिया भएकाले फरक ट्रेडमार्क हुनुपर्ने माग उत्पादकको थियो,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने, ‘ट्रेडमार्कको स्वामित्व बोर्डमै रहने गरी नयाँ ट्रेडमार्क दर्ता गरी नेपाल अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसनलाई प्रयोगका लागि दिएका छौं ।’ बोर्डले यसअघि नै ‘नेपाल टी’ नामक सबै प्रकारका चियाको लागि ट्रेडमार्क दर्ता गरिसकेको छ । उत्पादक वा निर्यातकर्ताले अनुरोध गरे ट्रेडमार्क उपलब्ध गराउने सकिने गौतमले बताए । नेपालमा चिया उद्योग स्थापना भएको १ सय ५२ वर्षपछि मात्रै आफ्नै ट्रेडमार्क प्रयोगमा आएको हो । १९२० मा ईलाममा चिया प्रशोधन केन्द्रको स्थापना भएको थियो ।

नेपालमा चिया खेतीको शुरुवात १०२० मा भएको हो । तत्कालीन प्रधानमन्त्री जंग बहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको विउ उपहार स्वारुपमा चिनीया सम्राटबाट ल्याएपछि उनकै आदोशमा ईलाममा चिया कमानको स्थापना गरी खेती शुरु गरीएको हो । हाल नेपालमा २४ वटा अर्थोडक्स र २८ सिटीसि गरी ५६ ठूला चिया उद्योग छन भने ४६ वटा साना अर्थोडक्स चिया उद्योग सञ्चालनमा छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :