युवा लक्षित कार्यक्रमको अनुदान वितरण

यो समाचार 341 पटक पढिएको

सुरेन कुंवर
चितवन, ३१ असार / युवा लक्षित कार्यक्रम अन्तगर जिल्ला पशु सेवा कार्यालय चितवनले यस बर्ष ५७ लाख ५० हजार अनुदान रकम वितरण गरेको छ । यस बर्ष जिल्लाका साना र ठुला गरी ३४ वटा फर्मलाई सो रकम वितरण गरिएको छ ।

Goatअनुदान प्राप्त गर्ने कृषकहरुलाई शुक्रबार एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको छ । जसमध्ये २३ वटा गाई भैसी फर्म ,६ वटा बाख्रँ र ५वटा बंगुर फर्म रहेका छन । २३ वटा गाई भैसी फर्म मध्यबाट २ वटा ठुला फर्मले ४ लाख ,१२ वटा मझौला फर्मले २ लाख र सना फर्मले १ लाखका दरले रकम प्राप्त गरेका हुन । अनुदान प्राप्त गर्ने गाई फर्ममा २ वटा ठुला ,१२ वटा मझौला र ९ वटा साना गरी २३ वटा गाई फर्म रहेका छन । त्यसतै ६ वटा बाख्रा फर्मले २ लाख हजार ४ वटा २ वटाले १ लाख ५० हजार रुपैया अनुदान पँएका छन । ५ वटा बङगुर फर्म मध्ये ३ वटा फर्मले १ लाख ,१ फर्मले १ लाख २५ हजार र अर्को फर्मले १ लाख ५० हजार रुपैया प्राप्त गरेको छ ।

त्यसतै १० देखि २० वटा गाई पाल्ने फर्मलाई साना ,२० देखि ३० वटा गाई पाल्नेलाई मझौला र ३० देखि माथि गाई पाल्ने फार्मलाई ठुलो फर्म भनी वर्गीकरण गरिएको छ । जिल्लाका ४ सय ३२ वटा फर्मले अनुदानका लागि प्रस्ताव राखेका जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले जानकारी दिनुभयो । त्यस मध्ये बाट ३४ वटा फर्मलाई छनोट गरि अनुदान वितरण गरिएकोे उहाले जानकारी दिनुभयो । कार्यालयका अनुसार अनुदान प्रस्ताव आएका फर्महरुमा विषेश टोलीले निरिक्षण गरि फर्महरु छनोट गरिएको हो । ती फर्महरुमा ३ चरणमा निरिक्ष्ँण तथा अवलोकन गरिएको थियो ।

पहिलो चरणमा पशु सेवा कार्यालयका पशु विकास अधिकृतको संयोजकत्वमा  योजना र सेवा केन्द्रका अधिकृतबाट अनुगमन भएको थियो । त्यसतै दोस्रो चरणमा पशु सेवा कार्यालयका केन्द्रिय प्रतिनिधी सहितको टोलीले मुल्याङकन गरेको थियो र अन्तिम चरणमा पशु विकास केन्द्रिय कार्यालयको विषेश टोलीले फर्महरुको निरिक्षण गरेको थियो । कार्यलयका प्रमुख कार्कीले अनुदान रकमले कृषकहरुलाई थप हौसला प्रदान गर्ने र साना फर्मलाई ठुलोमा परिणत गर्न सहयोग पुराउने बताउनुभयो । युवा लक्ष्ँित कार्यक्रम मार्फत निवार्ह मुखी व्यावसायलाई व्ययावसाहिक तर्फ लैजान यो कार्यक्रम लागु गरिएको उहाको भनाई छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :