कसरी गर्ने गाई पालन

This post has already been read 1238 times!

नेपालमा गाई पालन ब्यबसाय शुरू भएको धेरै भएको छैन निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ ।

नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ । सामान्यतया व्यबसायिक रुपमा गाई पाल्नेले १० वटाबाट सुरु गर्नु राम्रो हुने गाईभैंसी अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत डाक्टर विनय श्रेष्ठ बताउनुहुन्छ । बैज्ञानिकहरुले नेपालको हावापानी सुहाउँने जर्सि र होलस्टेन जातका गाई पाल्नु राम्रो हुने सिफारिस गरेका छन् । १० वटा गाई भएको एउटा गोठमा सात वटा जर्सि तथा तीन वटा होलस्टेन राखियो भने किसानलाई व्यबस्थापनमा सजिलो हुन्छ ।

थोरै लगानीमा गाई पालन सुरु गर्नेले बाच्छा बाच्छी भन्दा दुहुना गाई पाल्नु राम्रो हुन्छ । अहिले जर्सी गाई ७० देखि ८० हजार रुपैयाँ पर्छ भने होलस्टेनको एक लाखदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तराई र पहाडका ३–३ जिल्लामा गरेको एक अनुसन्धानले घाँसमा आधारित भएर गाई पाल्दा दिनहुँ दुई लिटर दुध उत्पादन बढेको पाईएको छ । यता दाना, पराल, नल, मकैको ढोड खुवाएर पालिएका गाईको भन्दा हरियो घाँस खुवाएर पालिने गाईभैंसीबाट उत्पादित दुधको लागत खर्च एक लिटरमा पाँच रुपैंया कम देखिएको छ ।

Cowप्लान्ट एण्ड फुड रिसर्च न्युजिल्याण्डको सहयोगमा तराईका बाँके, सर्लाही र सुनसरी तथा पहाडका काश्कि धादिङ र काभ्रेमा तीन सय कृषकहरुमाझ गरिएको दिगो पशु आहारा अनुसन्धान कार्यक्रमबाट उक्त तथ्य पत्ता लागेको हो । त्यसैकारण गाई पाल्दा घाँसको व्यबस्थापन महत्वपुर्ण हुन्छ । कृषि बैज्ञानिकहरुका अनुसार एक वटा गाई पाल्न एक रोपनी जग्गामा घाँस खेती गर्ने योजना सँगसँगै बनाउनुपर्छ । अर्को महत्वपुर्ण बिषय गोठ व्यबस्थापनको हो । एउटा गाईले अर्को गाईलाई सामान्य अबस्थामा नछुने तरिकाले राख्नुपर्छ । बैज्ञानिक ढंगले बनाउँदा लम्बाई छ फिट र चौडाई चार फिट छुट्याईन्छ । घाँस तथा आहारा दिने ठाउँमा मल वा गोबर नलाग्ने हुनुपर्छ