केरामा उच्च रक्तचापलाई सामान्य राख्ने तत्व

This post has already been read 253 times!

काठमाडौं, आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ ।Banana

केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केराको सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ । दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । आमाशयमा खानेकुरा रहने समय समेत कम गर्छ ।

केराको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । एक अध्ययन अनुसार दिनको एउटा शुद्ध केरा खानाले मृगौला क्यान्सरमा कमी आउँछ । शरीरमा आवश्यक पोटासियमको कमीको परिपुर्ती गर्छ । पिसाब बढी भैरहने समस्या ठिक हुँदै जान्छ । डाक्टरका अनुसार दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको खाँचो पुरा गर्छ ।

केरा चिसो प्रकृतिको हुनाले जाडोयाममा बेलुकीपख खान हुँदैन । ज्वरो रुघा, खोकी र टन्सिल भएको बेला पनि यसको प्रयोगले नकारात्मक असर पार्न सक्छ । १०० ग्राम केरामा पाइने पोषक तत्व प्रोटिन – १ दशमलव २ ग्राम, खनिज – ० दशमलव ८ ग्राम, कार्बोहाइड्रेड – २७ दशमलव २ ग्राम, फसफोरस – ३६ मिग्रा,  भिटामिन ‘ए’ – १३० मिग्रा, भिटामिन ‘सी’ – ७ मिग्रा, चिल्लो पदार्थ – ० दशमलव ३ ग्राम, रेसा – ० दशमलव ४ ग्राम ,क्याल्सियम – १८ मिग्रा, फलाम – ० दशमलव ९ मिग्रा, भिटामिन ‘बि’ – ० दशमलव ०५ मिग्रा, क्यालोरी – ११६ मिग्रा