मिल्क होलिडे हुन सक्ने चेतावनी

यो समाचार 293 पटक पढिएको

काठमाडौं, २३ असार /माग भन्दा बढी उत्पादन भएको दूधलाई भारत निर्यात गर्ने प्रवद्र्धन नगरे आगामी दिनमा ‘मिल्क होलिडे’ हुने भएको छ । नेपाल दूग्ध विकास बोर्डले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो चेतावनी नीजि क्षेत्रका डेरी उद्योगसम्बन्धित संघसंस्थाले दिएका हुन् ।

Milkभूकम्पपछि डेरी उद्योगमा रहेको दूध तथा दुग्ध जन्य पदार्थ बिक्री नहुनु, भारतबाट सस्तो मूल्यमा दुग्ध जन्य पदार्थ नेपाल भित्रिनुलगायत कारणले गर्दा अहिले दैनिक ४० हजार लिटर दूध खपत हुन नसक्दा मिल्क होलिडेको सम्भावना बढेको हो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाका अनुसार अहिले निजी र सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)सँग डेढ अर्ब रुपैयाँ बराबरको घ्यू तथा बटर थन्किएको छ । सोही पदार्थ बिक्री गर्न व्यवसायीलाई मर्का परेको उनको भनाइ छ । ‘उद्योगको क्षमता भन्दा बढी दूध उत्पादन भइरहेको छ,’ अध्यक्ष केडियाले भने, ‘किसानबाट उत्पादित दूधलाइ सरकारले व्यवस्थापन गर्न नसके आगामी दिनमा मिल्क होलिडे हुने सम्भावना बढेको छ ।’

सरकारले घ्यू आयात गर्दा लाग्ने भन्सार दरलाई संसोधन गरे अवस्थामा पनि केही समस्या समाधान हुने व्यवसायीले बताएका छन् । भारतबाट घ्यू आयात गर्दा २ सय ५० रुपैयाँ भारु पर्छ । त्यसलाई वृद्धि गरेर ४ सय रुपैयाँ पु¥याउँदा राज्यको राजस्व पनि वृद्धि हुने र स्वदेशी उद्योग पनि बाच्न सक्ने कोडियाले जानकारी दिए ।

केही दिन अघि एसोसिएसनका पदाधिकारीले अर्थमन्त्री रामशरण महतलाई भेट गरी यस विषयमा जानकारी गएका पनि थिए । भेटघाटका क्रममा अर्थमन्त्री महतले भन्सार दर बढाउन कुनै समस्या नभएको बताएका थिए । ‘अर्थमन्त्री घ्यूमा लाग्दै आएको भन्सार दरलाई बढाउने विषयमा पोजेटिभ हुनुभएको छ,’ भेटपछि एसोसिएसनका अध्यक्ष केडियाले भने, ‘यदि भन्सार दर वृद्धि हुने हो भने, अहिलेको समस्या समाधान हुन्छ र मिल्क होलिडे पनि हुँदैन ।’

त्यसैगरी, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) आपूmसँग पर्याप्त मात्रामा दूध भएको भन्दै पश्चिमका जिल्लाबाट दूध लिन छाडेको किसानहरुले बताएका छन् । पशुपालन केन्द्रीय सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले डिडिसीले अहिले नै पश्चिमाञ्चलमा उत्पादन भएको दूध लिन छाडेको बताए ।

दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिमल्सेनाले दूध उत्पादन धेरै र खपत थोरै भएकाले दूध लिन नसकिएको स्वीकारे । त्यसैगरी, अन्य जिल्लाबाट पनि दूध लिन अप्ठेरो भएइरहेको उनको भनाइ छ ।

बैशाखदेखि उत्पादन भएको दुग्ध जन्य पदार्थ (घ्यू, बटर) बिक्री नभएको र ठूलो रकम स्टोरमा थन्किएकाले किसानसँगबाट दूध खरिद गर्न कठिन भएको बताए । नेपाल डेरी उद्योग संघका अध्यक्ष प्रदीप महर्जनले अहिले भएको भन्सार दरलाई वृद्धि गर्नपर्ने बताए । सरकारले अहिले भएको समस्या समाधान गर्न भन्सार दर बढाउनु बाहेक अन्य तरिकाबाट समाधान हुँदैन ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधमा आत्मनिर्भर हुन नेपाललाई कुनै समस्या नभएको बताए । ‘अहिले नै आत्मनिर्भर नजिक छौं, उनले भने, ‘सबै क्षेत्रबाट केही सहयोग पाइए केही वर्षमा आत्मनिर्भर हुन सकिन्छ, ।’  कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा दुग्ध उत्पादन क्षेत्रलाई उत्पादन वृद्धि र दूधमा आत्मनिर्भर कार्यक्रमलाई बढी केन्द्रमा राखेको छ । तर, एकातर्फ भन्सार दरलाई हेरफेर नगर्ने र अर्को तर्फ दूधमा आत्मनिर्भर बनाउन पैसा लगानी गर्ने । यसले गर्दा सरकारी लगानी बालुवा पनि सरह हुने निजीक्षेत्रको भनाइ छ ।

विकास बोर्डका अनुसार डिडिसीसँग ८ सय ५० टन एस एम पी, बटर ६ सय ५० टन, डेरी उद्योग संघमा आबद्ध उद्योगसँग एस एम पी ३ सय टन, र बटर ५ सय टन रहेको छ । त्यसैगरी नेपाल डेरी उद्योग एसोसिएसनसँग हालसम्म बटर ४ सय टन रहेको छ । यसरी दुग्ध पदार्थ स्टक रहदै जाने हो भने मिल्क होलिडे हुने सम्भावना भएको बोर्डले निश्कर्ष निकालेको छ ।

उत्पादनको करिब १५ प्रतिशत दूध मात्र प्रसोधित हुँदा पनि हाल दैनिक ४० हजार लिटरसम्म दूध बढी हुने गरेको छ । सो दूध डेरी उद्योगले खरिद गर्न सकेन भने, मिल्क होलिडे हुने र किसानले सडकमा दूध फाल्नुपर्ने अवस्था आउने उद्योगीको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :