अज्ञान रोगबाट बाख्रा मर्न थाल्यो

यो समाचार 168 पटक पढिएको

भीमदत्तनगर, २१ असार/  अज्ञात रोगका कारण बाख्रा मर्न थालेपछि बैतडीको देउलेक गाविसका स्थानीय किसान चिन्तित भएका छन् ।

Goatएक सातायता स्थानीय किसानले पालेका करिब आधा दर्जन बाख्रा मरेका छन् । बाख्रामा टाउको फुल्ने, झोक्राउने, तन्किने, छेर्नेलगायतका लक्षण देखिएको दुई÷तीन घन्टाभित्रै मर्ने गरेको स्थानीयले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय बैतडीका प्रमुख हरिदत्त भट्टले यसबारेमा आफूलाई केही थाहा नभएको बताए ।

श्रीकोट सेवा केन्द्रमा आफ्नो समस्या राखी पशुसेवा केन्द्रको सल्लाहअनुसार पशुहरूको उपचार गर्न पनि उनले किसानलाई आग्रह गरे । यसैबीच बैतडीको रिम गाविस– ९ गौडेधारमा रहेको पशुसेवा केन्द्रमा कर्मचारी नबस्दा सेवाग्राही मर्कामा परेका छन् । गाउँमा समय समयमा पशु बिरामी पर्ने गरेको भए पनि कार्यालय प्रमुख नहुँदा सेवा लिन नसकिएको स्थानीयले गुनासो गरेका छन् ।

रिम सेवा केन्द्रअन्तर्गत गोकुलेश्वर, रिम, सित्तड, विजयपुर, कटौजपानीलगायत सात गाविस पर्ने गरेका छन् । पशुसेवा कार्यालयले सेवा केन्द्रका प्रमुखले कर्मचारी बिरामी बिदामा बसेकाले छिट्टै प्राविधिकलाई पठाउने तयारी भइरहेको जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :