डिजलबाट कषिजन्य स मिल स्थापना

यो समाचार 321 पटक पढिएको

बनेपा, २१ असार । काभ्रेपलाञ्चोकको दुर्गम गाविस कोसीपारिको चौबासमा उपभोक्ताहरुले कृषि उद्यमका रुपमा डिजेलबाट सःमिल सञ्चालन गरेका छन् ।

विद्युत् आपूर्तिको कुनै पहँुच नभएको सो ठाउँमा चारवटा सामुदायिक वन उपभोक्ता समूह मिलेर करिब रु एक लाख ५० हजारको लागतमा सःमिल सञ्चालन भएको चौबास भुम्लु सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनुभयो ।

विसं २०५३ मा सामुदायिक वन उपभोक्ताको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ सुरु भएको सःमिल द्वन्द्वकालमा झन्डै चार वर्ष बन्द भएको र विसं २०७० सालबाट पुनः सःमिल सञ्चालन भएको पूर्व अध्यक्ष कुँवरको भनाइ छ । समिलमा निजी लगानी ५१ प्रतिशत र सामुदायिक वन उपभोक्ता समूहको ४९ प्रतिशत रहेको छ । अहिले सःमिल राम्रोसँग सञ्चालन भएको छ, अहिले उपभोक्ताले नै सःमिलमा काठको प्रतिक्युफिट रु ७० तिरेर चिरान गर्छन् र त्यो नै सामुदायिक वनको सम्पत्ति भएको छ ।

दुई सय रोपनी जमिनमा रहेको सो सःमिलमा करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यसबाट झन्डै मासिक रु ६० हजार सामुदायिक वनले आम्दानी गरेका छन् । सो क्षेत्रमा केहीदिनयता सुरु भएको दिगो वन व्यवस्थापनको कार्यक्रम र भूकम्पपीडितलाई घर बनाउनका लागि काठ चिरान गर्न सःमिल झन प्रभावकारी देखिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :